युरोपस्तरीय क्षेत्रीय महिला सम्मेलन सम्पन्न


         तेज नेपाली आन्त्वारपेन बेल्जियम ६ मार्च २०१० –  अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रम अन्र्तगत आयोजित तथा ूशान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शानू भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन आज ६ मार्च २०१० का दिन बेल्जियमस्थित आन्त्वारपेन शहरमा भव्यता साथ सम्पन्न भएको छ । 

सम्मेलनमा नेपाल सरकारका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला प्रमुख अतिथि हुनुहन्थ्यो । उप-प्रधानमन्त्री सुजता कोइराला नेपाल सरकारको तर्फबाट जेनेभास्थित मानवअधिकार सम्वन्धी कार्यक्रम ऋयलखभलतष्यल यल तजभ भ्षिषष्लबतष्यल या ब्िि ँयचुक या म्ष्कअचषषष्लबतष्यल बनबष्लकत ध्युभल ९ऋभ्म्ब्ध्० मा कार्यपत्र प्रस्तुत् गरी यूरोपियन देशहरुको भ्रमण गर्नेक्रममा बेल्जियम आईपुग्नु भएको हो । सम्मेलनमा उप-प्रधानमन्त्री सुजताकोइरालासँगै भ्रमणदलमा आउनुभएका लेखा समितिका सभापति तथा सभासद रामकृष्ण यादव नेपाली दूतावासका राजदूत महामहिम श्री प्रमेशकुमार हमाल एन।आर।एन। आई।आई।सी। सदस्य तथा महिला संयोजक श्रीमती उषा शर्मा एन।आर।एन। संस्थापक अध्यक्ष तथा एन।आर।एन। प्रमुख संरक्षक डा। उपेन्द्र महतो एन।आर।एन। संरक्षक श्री रामप्रताप थापा यूरोपियन रिजनका संयोजक क्या। हितमान गुरुङ्ग यूरोपियन रिजनका सह-संयोजक रविन्द्रमान श्रेष्ठ प्रुान्सका आई।सी।सी। हरिहर अर्याल विशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलनको आयोजक देश बेल्जियमकी कार्यक्रम व्यवस्थापक संयोजक तथा महिला प्रतिनिधि यमुना रोका मगरले गर्नुभएको थियो

कार्यक्रममा पोल्याण्ड प्रुान्स जर्मनी पोर्चुगल अमेरिका बेलायत लगायत अन्य देशहरुबाट अतिथिहरु सहभागी रहेका थिए भने आमन्त्रण गरिएका बेल्जियमस्थित विभिन्न राजनैतिक सामाजिक सुस्कृतिक क्षेत्रीय धार्मिक संघ संस्थाका प्रतिनिधिहरु पत्रकारहरु अतिथिको रुपमा सहभागी रहेका थिए ।

कार्यक्रमको संचालन एन।आर।एन। महिला प्रतिनिधि अनुजा प्रधानले गर्नु भएको थियो । सम्मेलनका प्रमुख अतिथि उप-प्रधानमन्त्री सुजता कोइराला एवं महिला संयोजक श्रीमति उषा शर्माले सम्मेलनको समुद्घाटन संयूक्त रुपमा दिप प्रज्जवलन गरी गर्नु भएको थियो । उपस्थित सवैलाई महिला प्रतिनिधि रजनी प्रधानले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

समुद्घाटन सत्रको शुभकामना मन्तव्य प्रमुख अतिथि तथा विशेष अतिथिहरुले दिनुभएको थियो । मन्तव्यको क्रममा विशेष अतिथि तथा एन।आर।एन। का संस्थापक अध्यक्ष डा। उपेन्द्र महताले भन्नुभयो- हामी नेपालीहरु जहाँ जुन अवस्थामा भए पनि नेपाल देश सुख शान्त सुन्दर र समृद्ध भएको देख्न चाहने हुनाले दोश्रो यूरोप स्तरीय महिला सम्मेलनले व्यवहारिक रुपमा सुन्दर समृद्ध नेपाल निर्माणका निम्ति सहयोग पुग्ने खालको सन्देश दिनुपर्ने वताउनुभयो ।

महिला संयोजक श्रीमति उषा शर्माले उपस्थित सवैलाई हार्दिक स्वागत गर्नुहुदै महिला िहंसा दमन उत्पीडनको अन्त्य गर्नको निम्ति सरकारले ठोस कदम चाल्नु पर्ने आग्रह गर्दै नेपाली महिला कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउँदा मानवअधिकारको राम्रो प्रत्याभूति भएको देशहरुमा मात्र पठाउन नेपाल सरकारसँग हार्दिक अनुरोध गर्नुभयो । त्यस्तै उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला परराष्ट्रमन्त्रालयमा भएकै वेला एन।आर।एन। महिला सेलको व्यवस्था गरी प्रत्येक देशमा रहेका नेपाली दूतावासमा समेत त्यस्तो व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गर्दै महिला उत्पीडनका विषयमा व्यवहारिक रुपमा छिटो छरितो रुपमा सहयोग गर्न अनुरोध गर्नुभयो । साथै सवैलाई एउटै छातामा अट्न सक्ने खालको नयाँ संविधान वनाउन प्रवासी महिलाहरुको तर्फबाट आग्रह गर्नुभयो ।

नेपाली दूतावासका राजदूत महामहिम श्री प्रमेशकुमार हमालले दोश्रो यूराप स्तरीय महिला सम्मेलन बेल्जियम आयोजना हुँदा आफूले गौरव महशुस गरेको वताउनुहुँदै महिला दिवसको अवसरमा आयोजित यस कार्यक्रम मार्फत सम्पूर्ण नेपाली महिलाहरुलाई सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेपालको संविधान सभामा एक तिहाई महिला प्रधिनिधिहरु सहभागी हुनु शासन प्रकि्रयामा महिला सहभागीताको सफल सन्देश हो भन्दै यस सम्मेलनले समान काम समान ज्याला र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण आफूले गर्न पाउने सन्देश ल्याओस् भन्ने कामना गर्नुभयो । साथै आफू र दूतावास महिला सम्वन्धी आईपर्ने समस्या समाधान गर्न सदैव तत्वर रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै लखा समितिका सभापति तथा सभासद माननीय रामकृष्ण यादवले विगत देखिएका राजनैतिक अस्थिरताका कारणले महिलामाथि गरिएका विभेद दमन र िहंसाहरु नयाँ संविधान निर्माण प्रश्चात् निश्चित रुपमा हट्ने वताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको घोषणा भईसकेको अन्तरिम संविधानमा ३३ प्रतिशत र अब बन्ने संविधानमा ५० प्रतिशत महिला हक अधिकारका निम्ति कानून लेखिने हुनाले पनि महिला विभेदको अन्त्य हुनेमा विश्वास व्यक्त गर्नुहुदै महिना अधिकार विनाको देश विकास नहुने र यसको कुनै अर्थ नरहने वताउनु भयो । महिला अधिकार र सहभागिता संघीयताको प्रतिक हुन् भन्नु हुदै घुमाउरो पारामा उप-प्रधानमन्त्रीलाई छिट्टै प्रधानमन्त्री बन्ने शुभकामना समेत दिनुभयो ।

सम्मेलनकी प्रमुख अतिथि तथा उप-प्रधानमन्त्री सुजना कोइरालाले सम्मेलनका आयोजकलाई हार्दिक आभार व्यक्त गर्नुभयो । सम्मेलनमा छलफलबाट निस्केका सुझावहरुलाई नेपाल सरकारले आत्मसाथ गर्ने वताउनु हुदै जातिय क्षेत्रीय आदि पृष्ठभूमिबाट आएका समस्याहरुको समाधान गर्न सजिलो नभएपनि आफू त्यसको समाधानार्थ लागि पर्ने वताउनु भयो । महिला िहंसाका विरुद्ध र समान अधिकारका निम्ति आफूहरुले थुप्रै प्रयासहरु गरेको उल्लेख गर्नुहुदै लैंगिक मूल प्रवाहमा लैंगिक वजेट अव बन्ने संविधानमा राख्ने वैदेशिक रोजगारीमा आई पर्ने समस्याहरु नेपालस्थित विभिन्न संघ संस्थाहरुहरु सहकार्य गरी नेपाली महिला कामदारहरुको हक हित र अधिकारका विषयहरुमा काम कारवाही शुरु भईसकेको वताउनु भयो ।

कार्यक्रममा एन।आर।एन।हरुको उच्च मूल्याकंन गर्दै एन।आर।एन।sा साधन श्रोत र सीपलाई नेपालमा नै उपयोग गर्न सरकार लागि परेको र छिट्टै नै एन।आर।एन। यूनिट गठन हुने जानकारी दिनु भयो । साथै हालै सरकारले गरेको एन।आर।एन। परिचय पत्र वितराण प्रणाली यसको उदाहण हो भन्नु हुनै कार्यक्रममा उपस्थित सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

सम्मेलनमा विभिन्न महानुभावहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । निवर्तमान एन।आर।एन। यूरोपियन रिजनकी सह-संयोजिका जानकी गुरुङ्गले प्रुान्सका अशोक न्यौपाने महिला संयोजक उषा शर्मालाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने एन।आर।एन। बेल्जियमका अध्यक्ष पि।जि। शेर्पाले सम्मेलनकी प्रमुख अतिथि उप-प्रधानमन्त्री सुजता कोइराला एन।आर।एन।sा प्रमुख संरक्षक डा। उपेन्द्र महतो एन।आर।एन। संरक्षक रामप्रताप थापा राजदूत श्री प्रमेशकुमार हमाललाई मायाको चिनो प्रदान गर्नुभएको थियेा ।

समुद्घाटन सत्रको अन्त्यमा एन।आर।एन। बेल्जियमका आई।सी।सी। सदस्य श्री अर्जुनकुमार श्रेष्ठले आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्मेलनको अध्यक्षता गर्नुभएकी एन।आर।एन। बेल्जियमकी महिला प्रतिनिधि यमुना रोकाले प्रवासमा रहेका महिलाहरुको समस्या पहिचान गरी यसको उचित समाधान गर्न सफल रहोस् भन्नु हुदै समुद्घाटन सत्रको समापन गर्नुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिहरुलाई खादा ओढाएर एन।आर।एन। बेल्जियमका अध्यक्ष श्री पि।जि। शेर्पा र आई।सी।सी। सदस्य श्री अर्जुनकुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो भने व्याच वितरण जुनु निरौला र मुना ताम्राकारले गर्नुभएको थियो ।

सम्मेलनको दोश्रो सत्रमा सीपमूलक तथा सुरक्षित वैदेशिक रोजगारीको लागि प्रवासी नेपाली नारीहरुको चुनौती र अवसरहरु राष्ट्रनिर्माणमा प्रवासी महिलाको भूमिका प्रवासी नेपाली नारी जागरणमा एन।आर।एन।sाे भूमिका आमाको नामबाट वच्चालाई नागरिकता आवश्यकता र यसको उपयोगिता र एन।आर।एन। परिचय-पत्र नेपाली नारीहरुको सन्दर्भमा यसको महत्व र विशेषता आदि विषयमा छलफल भएको थियो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: