भूगोल विहिन नयाँ नेपाल हामीसँग कुवेतमा छ


तोयानाथ उपेक्षित

                कुवेत होस वा विश्वको अन्य कुनै देश जहाँ नेपालीहरु छन त्यहाँ नेपाल सँगै हुन्छ । भूगोल नभए पनि राष्टियता सँगै हुन्छ आफन्त नभए पनि मायाँ साथमा नै हुन्छ । आफ्नो गाउँ आफुसँग नभए पनि नेपाली समाजको निर्माण त भएकै हुन्छ, मन्दिर र गुम्बा नभए पनि आस्था मनभरी हुन्छ । जाती र भाषा जति नै भएपनि सवैले नेपाली जानेकै हुन्छ । गरीबी जतिसुकै भएपनि भावना उज्यालो र विचारले स्वाधिनता रहेको हुन्छ । अशिक्षित भएपनि सुझबुझ राख्ने क्षमता भएकै देखिन्छ र ईच्छा र आवश्यकता पुर्ति गर्न नसके पनि नेपालीहरुमा लामा हात गर्ने आदत प्राय पाईन्न । ईमान्दरिता र विश्वसनियता जस्ता उत्तम गुण नेपालीहरुमा प्रयाप्त पाईन्छ । अनुशासन र कर्तव्यपरायणता प्रतिको निष्ठा पनि नेपालीहरुमा कम हुन्न यसै भएर होला नेपालीहरु कार्गिलमा होस वा कंगोमा, युद्ध र शान्तिको दुवै मोर्चामा नेपालीहरु उत्तिकै खरो उत्रिएका छन । युद्ध मैदानमा उनिहरु बाघ झै गर्जन्छन, गर्दन दिन हिचकिचाउन्नन तर पिठ्यु कहिल्यै थाप्दैनन ।

यो नेपाली विशेषता विश्वमा लागि अनुकरणीय छ यसै भएर होला शासकले मुलुकलाई टाट पल्टाईसक्दा पनि जनता निर्धन भएको पाईन्न । आफु भाडाका सिपाई भएर होस वा मजदुरी गरेर होस वाँचेकै छन । अफि्रकन मुलुकका जनताको जस्तो खान नपाएर दाउरा झै ज्यान सुकेको नेपाली त कमै पाईन्छ । छिमेकी धनि र ठुलो प्रजातान्त्रिक मुलुकमा जस्तो लाखौ भिखारी जन्माएर सडक र पेटीमा रुमाल विच्छयाएर बसेको भेटिन्न । समाज भित्रको सदभाव र आपसी सरसहयोगको नमुना छ हाम्रो देश । विकाश हुन नसके पनि प्राकृतिक छटाहरुले सुन्दर छ नेपाल । धेरै लेखक र कविहरुले वासिन्टन र वेलायतको वैभव र विकाशको उचाईलाई समेत लत्याउदै नेपालको सुन्दरताका अगाडी तुच्छ र सामान्य आकेका छन आफ्नो रचनाहरुमा सृजनाहरुमा । साहित्यीक स्रष्टाहरुका ती राष्ट्रियता र स्वदेशको मायाले ओतप्रोत भावनाहरु बास्तवमै आत्मागत कुरा होइनन बरु आम नेपालीका भावना हुन । हुन त आफ्ना सन्तान कसलाई पो नराम्रो लाग्छर ? आफ्नो देश कसलाई पो प्यारो लाग्दैनर ? हो सवैलाई आफैलाई लागेको र भनेको कुरा नै ठिक होला भन्ने नै लाग्छ । तर नेपाल त दुनियालाई राम्रो लागेको देश हो नेपाली स्वभिमान दुनियाले पत्याएको पहिचान हो । यसैले पनि सगर्व भन्न सकिन्छ नेपाली संसारमा सवै भन्दा गरीब हैन समृद्ध छौ । नाङ्गो छैनौ हामी अनेक सदगुणले िसंगारिएका छौ । हामी कतै कमजोर छैनौ बरु पहलमान छौ, कोही शस्त्रअस्त्रले सम्पन्न होला तर त्यसलाई चलाउने हिम्मत त नेपालीको जति अरुमा छैन । यसै भएर हो नेपालीले प्रथम विश्व युद्धमा लडेनन की दोश्रो विश्व युद्धमा कहाँ पुगेर लडेनन । कार्गिलमा लडेनन की ईराकमा लडेनन । अफगानिस्तानमा होस वा बर्मामा नेपाली लडेका छन चाहे जुनसुकै देशले उनिहरुलाई आफ्नो सेनाको बर्दी र पगरी गुथेको होस ।
          कतार नेपालीहरुले भरिएको खाडी राष्ट्र हो जहाँ सडक देखि दरवारसम्म नेपालीले ढाकेको छ र कुवेतमा पनि त्यो दिन आउन धेरै कुर्न पर्दैन । मुलुकलाई नेताहरुले कचडामा फाल्न लागेपछि जननशक्ति पलायन त हुन्छ नै । हामी प्रवासी पलायन हुनमा हाम्रो के दोष छर बरु रमाउन थालेका छौ भाडका कुल्ली बनेर वा सिपाही बनेर । यो पनि एउटा त्यही कुल्लीकै कलम हो कुवेतमा पलायन भएको । हाम्रो कुलिन समाजले कुल्ली बनाउन बिवश दुःखीहरु प्रवासी शब्दले मलमपट्टी गरिरहेका छौ । हौ त अरुको दास र नोकर । तर यस भित्र नै रमाउन सक्नु र गर्व गर्न पाउनुमा पनि बेग्लै अनुभूती हुदोरहेछ । अहिले कुवेतका शेखको दरबारको सुरक्षा गर्न वीर गोर्खेहरु कुवेत आउन लाग्दैछन । हामी त्यही कुरामा पनि गर्व गरिरहेका छौ काम जस्तो भएपनि सुरक्षा जस्तो संवेदनशिलता नेपाली उपर यहाँका राज।ले विश्वास गर्नु आफैमा गतिलो प्रमाण हो नेपाली कति ईमान्दार हुन्छन । हामी खुशी साटदैछौ एकआपसमा । मुलुक छाड्न पर्दाको पीडा र आँशु विस्रदै जानुमा के दोष ? सधै रोईरहन पनि त नसकिदो रहेछ । प्रजातन्त्र आयो भनियो जसका लागि २००७ साल २०१७ साल र २०४७ सालका आन्दोलन र प्राप्त उपलब्धी संस्थागत हुन सकेनन । जनताको दैनिकीमा सुधार हुन सकेन । २०६२\०६३ मा गणतन्त्र आयो, संविधान सभाको चुनाव भयो तर दरबार मात्र ढल्यो जनताको गरिबी ढल्न सकेन । हुनेखानेका लागि निर्धा निमुखाहरु सधैभरी बलिदानी भईरहनु भन्दा विदेशीनु नै कल्याण रहेछ नी ।
संसारलाई कुल्ली उत्पादन गर्ने देश भएर होला विश्वभर नेपालीहरुको जनसंख्या बढदो छ र कुवेतमा पनि त्यसको प्रभाव नपर्ने कुरा नै भएन । सानो मुलुक पर्याप्त नेपालीको संख्या बढदो छ र दुतावासको स्थापनासँगै यो संख्या ह्वात्तै बढ्ने निश्चितप्राय देखिन्छ । नेपालीहरुले क्रमस स्वदेशका अधुरा ईच्छा र सपनाहरु विदेशी भूमिमा नै रहेर पुरा गर्ने अभ्यास पनि गर्न थालेका छन । वास्तवमा चाहेमा जहाँ पनि भूगोल विनाको देश निर्माण गर्न सकिदोरहेछ । दुतावासलाई सरकार ठानेर उसैसँग बाझ्ने, जुझ्ने, घुर्कि लगाउने, धम्क्याउने र थर्काउने । हामी प्रवासी जनताले प्रवासमा नै पत्रकार जन्माउदैछौ, कलाकार उमार्दैछौ । संघियता र स्वायत्तताको अभ्यास छोटामोटा संगठनहरु बनाएर गर्दैछौ र एन आर एन ए जस्तो अन्तराष्ट्रिय संजाल मार्फत स्थानीय सरकारको कल्पना गरेर छलफल र बहस गर्ने गर्छौ । हामी मुलुकले सिकाएको विकृतीहरु फाल्दै प्रवासले सिकाएको श्रम, समय र अनुशासनको अभ्यास गर्नेछौ । हामी उस्तैउस्ताको वर्गिय सदभाव र माया भित्र साम्प्रदायीकता, जातियता, भाषीक विविधता र क्षेत्रियताको लडाईलाई घृणा गर्ने गर्छौ । बरु सिङ्गो देश जन्माएका छौ । हामी नेपाली हौ सिर्फ नेपाली भन्ने सिकाएका छौ । भूगोल विहिनताको नयाँ नेपाल प्रवासमा बनाउदैछौ । हामी नेपाल खाने नेताहरुलाई प्रवासीहरुसँग पाठ सिक्न अनुरोध गर्छौ । हाम्रो सदभाव र एकता खबरदार विगारौला ? विदेशमा विभिन्न खालका भ्रमणका नाममा आएर पार्टी खोल्ने र प्रवासीहरुलाई फुटाउने काम नगर्नु होला । सवै सचेत होउ, नेताहरु देखि सावधान रहेर भूगोल विहिन हाम्रो स्वच्छ नयाँ नेपालको एकता र आत्मीयतालाई अक्ष्ाण बनाई राखौ ।

One Response

  1. who wrote this new,it’s so great and 100% true news yar it’s not a news it’s a reallyty…….thanks…..writer..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: