बारामा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल’


काठमाडौ, फाल्गुन २४ – बारा जिल्लाको निजगढस्थित डुमरवानामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न सरकार र कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्ल्यु) बीच आइतबार सम्झौता भएको छ ।एलएमडब्ल्युका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एसएच ली र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत वार्ता समितिका संयोजक एवं सहसचिव रञ्जनकृष्ण अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

एलएमडब्ल्युले चैत १९ गतेदेखि आफ्नो काम सुरु गर्ने भएको छ । आइतबार भएको सम्झौतापछि २१ दिनको अवधिमा उसले अध्ययनका लागि सम्पूर्ण तयारी गरिसक्ने बताएको छ । ‘पहिलेदेखि नै तयारीमा रहेकाले २१ दिनभन्दा बढी समय आवश्यक छैन,’ कम्पनीका नेपाल प्रतिनिधि विनय रावलले भने, ‘अनौपचारिक रूपमा धेरै काम गरिसकेका छौं ।’ कम्पनीले अध्ययनसँगै विस्तृत ढाँचासमेत तयार पारी १० महिनाभित्र सरकारलाई बुझाउनेछ ।

यो सम्झौताले विकास कार्यको नयाँ सुरुवात गरेको हस्ताक्षरपछि पर्यटनमन्त्री शरदसिंह भण्डारीले

बताए । ‘निर्माण, सञ्चालन स्वामित्व तथा हस्तान्तरण -बिओओटी) मोडलमा काम सुरु गरिएको यो पहिलो आयोजना भएकाले सबैका लागि नमुना बन्नेछ,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु र हवाई चाप अत्यधिक भएपछि सरकारले दोस्रो विमानस्थल निर्माणका लागि पहल गरेको हो । ‘नयाँ विमानस्थलले राजधानीमा भएको अनावश्यक भीड कम गरी अन्य स्थानमा विकास र अवसर सिर्जना गर्न सघाउनेछ,’ उनले थपे, ‘त्यसैले कम्पनीलाई आवश्यक सबै सुविधा दिन सरकार प्रतिबद्ध छ ।’ दोस्रो विमानस्थल बनेपछि देशको सम्पूर्ण स्वरूपमा परिवर्तन हुने पर्यटन सचिव नगेन्द्र घिमिरेले बताए । ‘अत्यधिक चापले राजधानीमा विद्युत् कटौती र खानेपानीको समस्या छ, यसले विकासलाई विकेन्द्रीकरण गर्ने भएकाले यस्ता समस्यालाई पनि कम गर्नेछ,’ उनले भने ।

आर्थिक वर्ष २०६४/६५ को बजेटमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना घोषणा हुनासाथ कम्पनीले सरकारलाई निवेदन दिएको थियो । तर ठाउँ नतोकिएकाले त्यस वर्ष यससम्बन्धमा केही काम भएन । त्यसपछिको बजेटमा सरकारले वार्ता प्रक्रियाबाट कम्पनी छनोट गरी निजगढमा बनाउने घोषणा गरेको थियो । ‘त्यतिबेला पनि कोसँग गर्ने भनेर प्रस्ताव तयार गर्न पाँच महिना बित्यो,’ रावलले भने, ‘कम्पनी तोकेपछि आर्थिक अवस्था र अनुभवका कागजपत्र तयार गरेर बुझाएपछि बल्ल सम्झौता भएको छ ।’ सरकारले यसका लागि दुईपटकसम्म टेन्डर आह्वान गर्दा पनि कुनै कम्पनीले पनि प्रस्ताव पेस गरेनन् । यति अवधिमा विमानस्थल’bout प्रस्ताव चारपटक मन्त्रिपरिषद्मा पठाइएको थियो ।

विस्तृत अध्ययन गर्ने विषयमा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐन, २०६३ को दफा ८ बमोजिम वार्ता गर्ने गरी मन्त्रिपरिषद्ले २०६५ पुस २ गते निर्णय गरेको थियो । अध्ययनका लागि एलएमडब्ल्युसँग यसका साझेदार संस्था इन्चेन इन्टरनेसनल एयरपोर्ट कर्पोरेसन, कोरिया पावर इन्जिनियरिङ, योसिन कर्पोरेसन, अर्चिप्लान कुम्हो इन्डस्टि्रयल कर्पोरेसन, परामर्शदाता एयरपोर्ट दि पेरिसलगायत आठ कम्पनी संलग्न छन् ।

अध्ययनका लागि मात्र करिब २६ करोड २७ लाख ७५ हजार ८ सय रुपैयाँ -३५ लाख ५१ हजार २३ अमेरिकी डलर) लाग्ने छ । निजगढमा विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन भने करिब एक दशकअघि पनि राष्ट्रिय कम्पनी नेपिकोनले गरेको थियो । विमानस्थल निर्माणस्थलदेखि ६ किलोमिटरको दूरीमा राजमार्ग पर्ने भएकाले पनि निजगढ छनोट गरिएको हो । एलएमडब्ल्युले अध्ययनपछि भविष्यमा हुने जनघनत्व र विकासलाई लक्षित गरी विमानस्थल ढाँचा बनाउनेछ । ‘चरणचरणमा विस्तार गर्न सकिने गरी ढाँचा बन्नेछ,’ रावलले भने, ‘उक्त ढाँचामा समानन्तर धावनमार्ग बनाउन सक्ने व्यवस्था पनि गरिनेछ ।’

दोस्रो विमानस्थलका लागि छनोट गरिएको स्थानको कुल क्षेत्रफल ८० वर्गकिलोमिटर छ । यसमध्ये ४०/४० वर्ग किलोमिटर विमानस्थल निर्माण र विमानस्थल सहर निर्माणका लागि छुट्टयाइनेछ ।

सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएपछि सरकारले निर्माणका लागि पुनः टेन्डर आह्वान गनुपर्नेछ । निर्माणका लागि एलएमडब्ल्युले निवेदन हाल्ने भएको छ । ‘त्यतिबेला सरकारले योजना दियौं भनेर घोषणा गरेको साढे ४ वर्षमा विमानस्थल निर्माण भइसक्नेछ,’ रावलले भने, ‘व्यावसायिक प्रवर्द्धनका लागि ६ महिना लाग्नेछ ।’ अध्ययनपछि विमानस्थल निर्माणको प्रथम चरणमा ६० करोड रुपैयाँ खर्च हुने रावलले बताए । ‘फुलफेज निर्माण गर्न १ अर्ब लगानी हुनेछ,’ उनले थपे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: