तातो हावा चल्छ सररको बिमोचन यूएईबाट हुने


 टेक थजाली मगर
मार्च ७,२०१० यूएई

लोक दोहोरी गिती एल्बम तातो हावा चल्छ सररको औपचारिक बिमोचन कार्यक्रम यूएईमा हुने भएको छ।यहीँ मार्च १९ तारिख दिनको २:०० बजे देखी बर दुबई स्थित एभरेष्ट ईन्टरनेश्नल होटेलको हलमा एक सास्कृतिक कार्यक्रम   सहित उक्त एल्बमको बिमोचन गर्न लागिएको हो।

कलाकार असीम महत र अर्का एक हस्ती धनेन्द्र मास्की राना मगरको सँयुक्त प्रस्तुती तातो हावा  चल्छ सरर… भित्र साईड ‘ए’ मा तातो हावा चल्छ सरर बोलको लोक दोहोरी गीत रहेकोछ भने साईड ‘वि’ मा ए! साईली आउन पिरती लाउन… ,साथै आसुँ सँगै बिष पिएसी… बोलको रमाईलो र भावनात्मक गीतहरु समाबेश छन्।

सारथी म्युजिक प्रालीले बजारमा ल्याएको यस  लोक दोहोरी एल्बममा बिमल राज क्षेत्री,राजु परिवार,खुमन अधिकारी,असीम महत,देवी घर्ती र लक्ष्मी परिवारको स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सँकलन असीम महतको छ, साथै कमल सौराग र विवी अनुरागीको सँगित रहेकोछ। प्रवासीयका नेपालीहरुको कथा ब्यथामा आधारित उक्त एल्बमको भिसीडीमा यूएईको तातो र रातो बालुवाको द्रिश्यहरु पनि देख्न सकिन्छ-
देख्दिन म फूलेका पालुवा जता हेर्योल बालुवा बालुवा जसता हिर्दयी स्पर्शी शब्दहरुले भरिएको उक्त एल्बममा प्रवाशी नेपालीको भूमिकामा धनेन्द्र मास्की राना मगर र श्रीमतीको भूमिकामा अञ्जु निरौलाले अभिनय गरेकी  छिन्।

छोटो छ पिरती र चिठ्ठी चपेटा नामको लोक दोहोरी एल्बम निकाली सकेका,युएईमा हुने बिभिन्न सास्कृतिक कार्यक्रमहरुमा आफ्नो बेग्लै प्रस्तुती पस्किदैं आएका, प्रवासी नेपालीहरु माझ प्रशिद्द कलाकार असीम महतको यो तेस्रो कोशेली  हो।

कलाकार द्र्य असीम महत र धनेन्द्र मास्की राना मगरको आयोजनामा हुन  गईरहेको बिमोचन कार्यक्रममा प्रायोजकको रुपमा युनिटी लाईफ ईन्टरनेश्नल लिमीटेडको भात्री सँस्था युनीटी लाईफ स्मार्ट टीम यूएई रहने भएको छ।

आयोजकले तातो हावा चल्छ सरर निकाल्नमा यूएईमा रहेका बिभिन्न सँघ सस्था र शुभचिन्तक नेपाली महानुभावहरुको अहम भूमिका रहेको धारणा ब्यक्त गर्दै यूएईवाशी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था सहित उक्त दिनको बिमोचन कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेकोछ। सोही बिमोचन कार्यक्रममा प्रत्यक्ष लोक दोहोरी कार्यक्रम रहने जानकारी पनि प्राप्त
भएकोछ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: