विश्व सम्पदा सुचिमा मनोनित तान्सेन शहरको ऐतिहासिक पाल्पा दरबारको पुनर्निर्माण कार्य कछुवाको गतिमा


चन्द्रकान्त खनाल

२०६२ सालको माघ १८ गते माओवादीद्धारा पाल्पाको तानसेन आक्रमणका क्रममा ध्वस्त भएको तानसेनको ऐतिहाँसिक दरबारको पूण निर्माणको कार्य कछुवाको गतिमा अगाडि वढेको छ ।

यसै आर्थिक वर्षसम्म सकिसक्नु पर्ने ठेक्का संझैता भएपनि निर्माण कार्यको ठेक्का लिएको ठेकेदार कम्पनिले यहि गतिमा काम गरेको खण्डमा ५ वर्ष भित्र पनि नसकने भन्दे स्थानिय वासिन्दाले चिन्ता व्यक्त गरेका छन्।


सन् १९२७ मा जनरल प्रतापशमंशेर राणाले निर्माण गराएको पाल्पा दरबार २०१५ सालमा राजा महेन्द्र पाल्पा सवारी भएका वखत सरकारी कार्यालय राख्न र दैनिक प्रशाशनिक कार्य यसै दरबारवाट गर्न निर्देशन दिएपछि जिल्ला प्रशाशन, जिल्ला विकास, मालपोत, कोष तथा लेखा नियन्त्रक, राष्ट्रिय अनुसन्धान बिभागसहित प्रमुख जिल्ला अधिकारीको निवाश राखीएको थियो ।४ तला, ४ वटा वुर्जा, २ वटा वैठक कक्ष, ६७ वटा कोठा रहेको यस दरबार ध्वस्त भएपछि नेपाल सरकारले भौतिक तथा योजना निर्माण मन्त्रालय, शहरी विकाश तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पाल्पाद्धारा ५ करोड, ५५ लाख, ७६ हजार, ५ सय ७७ रुपैयामा भुकम्प प्रतिरोधक तवरले निर्माण कार्य सम्पन्न गर्ने ठेक्का लिएको लुम्बिनी प्रकृति रसुवा कम्पनिले दरबारमा आवस्यक पर्ने ठुला साइजको काठको समस्या देखाउदै निर्माणकार्य ढिलाई गरेको हो ।


पुरानैशैलि र सिपमा निर्माण हुन लागेको दरबारको हालसम्म ३५ प्रतिशत पनि काम हुन सकेको छैन भन्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख तिलकाराम घिमिरे भन्नु हुन्छ- ‘ठेकेदारलाइ लिखित, मौखीक रुपमा ताकेता गरेका छौ तर समस्या काठको छ त्यसका लागि आवश्यक पहल गरेका छौ ।’इट्टा पिसेर सुर्की वनाइ निर्माण गरिन लागेको दरबारको काम कुछुवाको गतिमा वढ्दा दैनिक प्रशाशनिक कार्यमासमेत ढिलाइ भएको छ । यसका लागि छिटो गराउन आवश्यक पहल गरिएको प्रमुख जिल्ला अधिकारी जनराज रेग्मी वताउनु हन्छ ।उता खुशीको कुरो, टोपी, पछेउरी, चोलीमा मात्र सिमित पाल्पाली ढाका यतिखेर ढाकावाट विभिन्न सामाग्रीहरुको निर्माण हुन लागेपछि ढाकाको माग वढ्न लागेको छ । ढाकाका पारखी एवं प्रयोगी कर्ताको माग र इच्क्षा अनुरुप विभिन्न सामाग्रीहरु निर्माण हुन लागेपछि पाल्पाली ढाका आन्तरिक, विदेशी पर्यटकहरुविच लोकप्रियता वढेको हो । पाल्पा जिल्लामा ढाका उद्यागको इतिहाँस पुरानै भएपनि २०१५ सालबाट उध्योगको रुपमा सुरुभएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: