कुबेतका राजदुत मधुवन प्रशाद पौडेलज्युलाई पत्र


बालकृष्ण घिमिरे,केशब प्रसाद घोरसाइने, उत्तम कुमार न्यौपाने र साथीहरु

 महामहिम राजदुत मधुवन पौडेलज्यु अभिवादन पौडेलज्यु तपाईं कुवेतका लागि पहिलो राजदुत भएर आउनु भएको समाचार पढ्न पाउदा नै यहाँ रहेका हामी नेपाली कामदारहरुले आफ्नो अभिभावक आएको महसुस गरेका थियौ | तपाईंले आफु आउन साथ यहाँ रहेका नेपाली चेलीहरुको समस्या पहिचान गरी समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकतामा पर्दछ भन्ने समाचार पढ्न पाउँद खुशी लागेको थियो | हाल आएर विश्वमा आफ्नो देशको पहिचान राख्न र देशको शिर सधैं उच्च पार्न सफल नेपाली सेनालाई स्वदेशका दुर्गन्धित राजनितिक दल हौं भन्नेहरुले सेनाको त्यो उच्च छबी गिराउने र राष्टिय सेनालाई आ आफ्नो पार्टिको पेवा बनाउने कार्यमा दिलो ज्यान दिएर लागेको यो अवस्थामा तपाईंको पहल कदमिका कारण यहाँ (कुवेत) का राजा (अमिर)को अंगरक्षक र दरबार सुरक्षाका लागि नेपाली सेनाको माग भन्ने समाचार पढ्न पाउँदा नेपाली भएकोमा गौरब गर्दै आफ्नो शिर अझै उच्च भएको महसुस गरेका छौ | त्यसका लागि कुवेतका नेपाली राजदुत मधुवन  प्रसाद पौडेलज्युलाई हृदय देखिकै मुरिमुरी धन्यवाद दिन चाहन्छौ ! तर नेपालका देश भडुवा नेताहरुका कारण यो कार्य सफल हुन निकै कठिन छ,र यही पत्र मार्फत विश्वमा आफ्नो र देशको शिर उच्च राख्न सफल नेपाली सेनालाई देश बेचुवाहरुको चङ्गुलमा नपारी राष्टका लागि जुनसुकै बलिदान दिन पनि पछि नहट्न आग्रह गर्दछौ| विश्वासका अन्य मुलुकहरुमा जस्तै यहाँ (कुवेत) मा पनि नेपाली सेनाको माग हुनुमा सेनाको मात्रै विश्वासका नभै यहाँ रहेका नेपाली (नारी तथा पुरुष) कामदारहरुले देखाएको आफ्नो काम प्रतीको लगनशिलता, जिम्मेवारीता र छिट्फुट रुपमा घटेका सामान्य घटना वा गल्ती कमजोरीका बावजुत अनुशासनबाट कहिल्यै बिचलित नहुने नेपाली दृडतालाई लिनु पर्दछ | यहाँका राजा (अमिर)ले मात्रै हैन कुवेतमा रहेका कम्पनीहरु हुन वा घरमा कामदार राख्ने कुवेतीहरु हुन प्रायः सबैले नेपाली कामदारहरुनै मन पराएको पाइन्छ् | तर बिडम्बना हामी गरीब नेपालीहरु,स्वदेशका भ्रष्ट नेताहरुको मिलेमतोमा स्वदेश तथा बिदेशमा रहेका मानव तस्करहरुका कारण आज हामी नेपाली कामदारहरु अविस्वासिला बन्दै गहेका छौं |कारण यहाँका कम्पनिहरुले फ्री भिशा फ्री टिकेट दिंदा दिंदै मानव तस्करहरुले मोटो रकम असुल गरि दिएकाले कम्पनी र कामदारहरुका बीच अविस्वासको बातावरण बढदै गहेको छ | हाम्रो मुलुकमा देखिएको राजनितिक दरिद्रताका कारण कुवेतमा आउने नेपाली सेनाहरु भित्र पनि राजनैतीक हस्तक्षेप नहोला भन्न सकिंदैन| यदी यसो भएमा अन्तरराष्ट्रिय स्तरमा नेपाली सेनाले हासील गरेको सान मान् र गरिमा हाम्रा नेता भनाउँदाहरुका कारण समाप्त हुनेछ वा समाप्त पारीने खेल खेलिने छ | राजदुतज्यु, यो अवस्थामा रहेको नेपाली सेनालाई यहाँको अथक् प्रयासबाट निस्पक्षिय र विवादरहित तवरले यहाँ (कुवेत) ल्याउने काममा सफलता मिलोस यही हाम्रो शुभ-कामना छ |

बालकृष्ण घिमिरे,केशब प्रसाद घोरसाइने, उत्तम कुमार न्यौपाने र साथीहरु के जि एल कम्पनी,कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: