नेपालको एतिहासिक जित श्रीलंकालाई २ का विरुद्ध ५ गोलले हरायो


सुजन के. सी.       

  ५ मार्च कुवेत,आज कुवेतको शोएख फूटबल मैदानमा खेलिएको एसियन फूटबल लिग कुवेत “सिजन वान फूटबल टुर्नामेण्टमा”नेपालले श्रीलंकालाई २ का विरुद्ध  ५ गोलले पराजित गर्यो । बेलुकी ५।१५ मा शुरु भएको गेममा ६५ प्रतिशत बल नेपाल को कब्जामा थियो । खेलको १७ मिनटमा पेनाल्टी स्वरुप नेपालले पहिलो गोल गरेको थियो । त्यसको लगतै श्रीलंकाले पाएको कर्नर किक गोलमा परीणत भएपछी स्कोर १-१ बराबरी भएको थियो । त्यस पश्चात नेपालले श्रीलंका माथि धावाबोल्दै थप २ गोल गरी फस्ट हाफ सम्म ३-१ ले अगाडि थियो ।

सेकेन्ड हाफ पनि पुरै नेपालको नाममा रह्यो खेल शुरु भएको ७ मिनटमै नेपालले गोल गरी स्कोर ४-१ पुगेको थियो । खेलमा १२ मिनेट बाँकी रहेको बेला नेपाली खेलाडीले गोल पोस्टको नजिकै फल गरे पछी श्रीलंकाले पाएको पेनाल्टीबाट गोल भएपछी स्कोर ४-२ भएको थियो । खेलको अन्तिम समयमा नेपालले थप एक गोल गर्दै ५-२ को ठुलो अन्तरको एतिहसिक जित कायम गरेको थियो ।नेपाल लागि सुनिल,राजन,कालिका,बिरु र मनोज नेपालले गोल गरेका थिए लंकाका लागी जर्सि नं १० ले गोल गरेका थिए

 २००५ मा माउन्ट एभरेष्ट क्लबले आयोजना गरेको साउथ एसियन गेम देखी लिएर बिगतमा खेलिएका सम्पूर्ण प्रर्तियोगितामा नेपाललाई हराउदै आएको श्रीलंकन टिमलाई ५ गोल ठोकेर सबै बद्द्ला चुकाएको छ । खेल समाप्ती पछी टिमका क्याप्टेन जितेन गुरुंङले खेलाडी तथा सम्पूर्ण नेपाली हरुलाई बधाई दिदै नेपाली टिम धेरै राम्रो सेट भएको र जितलाई निरन्तर राख्नेमा आफु विश्वस्थ रहेको बताउनु भयो ।

 नेपाली टिमको प्रतिनिधित्व माउन्ट एभरेष्ट क्लबले गर्दै आएको छ । नेपाली टिमलाई यहाँ सम्म पुराउनको लागि क्लबले राम्रो टिम चुन्नुको साथै खेलाडीको लागि आबश्यक पर्नेकुराहरु उपलब्ध गराएको छ । हिमालयन बैंकले उपलब्ध गराएको नयाँ जर्शी नेपाली टिमको लागि लक्की साबित भएको छ । सधैं हार देखेका नेपाली दर्शकहरु जित पश्चात निकै उसाहित हर्षित देखिन्थे ।वाध्यवाधनका साथ उपस्थित दर्शकहरुले जित पश्चात निकै मनोरन्जनात्मक तरिकाले नाचगान प्रस्तुत गर्दै खुशी मनाएका थिए ।

 नेपाल १९ मार्च २०१० को दिन, बेलुकीको ठिक ५ बजे, कुवेतको सोही सोएख फूटबल मैदानमै नेपाल  इन्डियाको बिरुद्द खेल्ने छ ।

6 Responses

  1. वधाई छ यहाँहरु लाई यो जित हामी सबै नेपालीहरुको हो हामीले यो गेम त छदैछ अव इन्डियालाई पनी पछी पार्नेु पर्छ यो जितले हामी नेपाली हरु सवैको कुवेतमा शिर उचो पारेको छ फेरि मेहनेती खेलाडि हरुलाई मेरो र नेपालकुबेत डटकम का त्रर्फदेखी वधाई तथा शुभकामना

  2. धेरै धेरै धन्यवाद सम्पूर्ण खेलाडी साथीहरुलाई। तपाईंहरुको आठक प्रयास र कडा मेहनतले गर्दा आज सम्पूर्ण नेपालीको शिर गर्बले उच्च भएको छ। हामी आशा गर्छौ आउदो गेमहरुमा पनि यहाँहरुले यस्तै उत्कृष्ट खेल प्रदर्शन गरेर सम्पूर्ण नेपालीलाई सबै सामु चिनाउनु हुनेछ। हाम्रो सपोर्ट, हाम्रो साथ्, हाम्रो शुभकामना हमेशा तपाईंहरु सँग हुनेछ।

    धन्यवाद!!!

  3. congratulation all of player friends hope in future also as will do as it in your best.thanks onece more again.

  4. Hi, it’s is really great News for all Nepali Foot Fens & congratulation for all foot ball player for destroy the records with Sir-Lanka. best of luck for future games.

  5. so lovely news.fintastic picture and heartfully winner, keep it all of you nation lover……..

  6. सर्ब प्रथम भन्नु पर्दा यस्पाली को हाम्रो जितनै हामीले नयाँ खेलाडी हरु राखेका ले गर्दा हो। र यो खेलाडी छान्ने मौका हामीले भर्खर सम्पन्न भएको M.E.M.B.Bomjan बाट हो र अस्तिकै जस्तइ हाम्रा नेपाली खेलाडी हरुले खेल प्रदर्सन गर्नु भएको खन्डमा अबस्य यो कप हामी हाता पर्ने छोउ। र अर्को कुरा अस्तिको हाम्रो जितमा हाम्रा नेपाली दाजु भाई दिदी बहिनी जो आफनो छुटी समयलाई खेरा फाली जहाँ खेल मैदान खेलाडी हरुलाई हुटिङ् गर्न पुग्नु भएको थियो वहाँहा हरुको एक्दम ठुलो सपोर्ट र हुटिङ् को कारण ले गर्दा पनि हामी नेपाली ले श्रीलन्का लाई पराजय पार्न सफल भएका होउ र यसै गरी आम नेपाली दाजु भाई दिदी बहिनी हरु आउदो गीम मा पनि आएर यसै गरी हाम्रो नेपाली टीम लाई सपोर्ट गर्नु हुन्छ भन्ने हामी सबै खेलाडी हरुले हजुर हरु समक्ष आसा राखेका छोउ। हाम्रो आउदो गेम सेम खेल मैदान्मा दिन्को ठीक ५ बजेबाट ईन्डिया को बिरुदमा हुने छ। मार्च १९ तारिक ५ बजे.

    खेलाडी
    धर्म राज गिरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: