नेपाली समुदायमा सभ्यता र अनुसाशनको शालिन माहौल देखिन थालेको छ


तोयानाथ उपेक्षित

कुवेत हिजो र आजमा जति फरक छ त्यो भन्दा फरक नेपाली समुदायमा आएको जागरण र सकि्रयताको गुणात्मकमा छ । पत्याउन गाह्ो होला एक बर्ष मात्र अघिको कुरा गर्ने हो भने एउटा राम्रो काम नेपाली समुदायले गर्ला भनि आशा गर्ने भलाद्मीहरु पाउन गाह्ो थियो तर आज कुवेतमा नयाँ पीढीका सकि्रय युवाहरुले पुराना नाम र अनुहारहरुलाई पूर्णरुपमा विस्थापित गरिदिएका छन । हुन त ती पुराना सामाजिक अनुहारहरुको साथ सहयोग र सर्मथन नयाँ पीढीका युवाहरुले प्रसस्तै पाएका छन तर नयाँनयाँ सोच र योजनाका प्रर्वतक पनि उनीहरु स्वयम नै हुन भन्दा कति त अचम्म नै पर्दछन । सगरमाथाको भकुण्डो र संचारकर्मी युवाहरुको कलम, कला, साहित्य र संगितले नेपाली कुवेती समाज जुरुक्कै उठेको छ । जहाँ बोलायो त्यही प्रवासी नेपालीहरु दौडिएर पुग्दछन । भद्रभलादमीलाई राख्ने मन्च र व्याज जहिल्यै अधुरो हुन जान्छ । सम्मान गर्न लाएकका कर्मठ प्रवासी नेपालीहरुको यहाँ कुनै कमि छैन तर हिजो उनिहरु कहाँ थिए भन्ने प्रश्नहरु पनि अस्वभाविक हाईनन यधपी काम गर्ने कुरामा हाम्रा अग्रजहरुले गल्ती भने प्रसस्तै गरेका थिए, जो आयोजक हो, उसले आफु भन्दा ठुलो कसैलाई नदेख्ने प्रबृती । नयाँ पीढीले यो परम्परागत सोचलाई कतै महत्व दिएन र सवै प्रकारका सोच भएका अग्रजहरुको खोजीखोजी मान, सम्मान र स्थान दिन थाल्यो । यहि महान सोच र कि्रयाकलापले सवैलाई एकै ठाउँमा जुटाउदैछ । र अपनत्वको भावना विकाश पनि गराउदैछ । खेलका मैदानलाई कुरुक्षेत्र बनाउने योजनाका साथ केही व्याक्तिहरु पर्दा पछाडीवाट आफ्नो व्याक्तिगत मनसुवा पुरा गर्दथे । त्यो प्रबृती विस्तारै हराउदै गएको छ । साँस्कृतिक रंगमन्चमा हुलहुज्जत गरी सयौ मान्छेको मनोरन्जन लिने हकमाथि धावा बोल्ने सस्कार पनि विस्तारै हटदै सभ्यता र अनुसाशनको शालिन माहौल देखिन थालेको छ । समुहमा मिलेर आफ्ना ईच्छा र चाहानाहरुलाई पुरा गर्ने सोचको विकाश हुदै गएर दर्जनौ संघ सस्थाको जन्म हुदैछ र आपसमा भातृत्व र मान सम्मान लिने तथा दिने सस्कारको विकाश हुन थालेको छ । एकले अर्को संस्थाका पदाधिकारीलाई मन्चमा आशिन गराएर दुई चार शब्द बोल्न अनुरोध गर्ने परिपाटी आफैमा एउटा चलन बनेर देखिन थालेको छ । यी र यस्ता कुराहरु विगतमा खासै देखिन्नथे ।
कतिले भन्ने गरेका छन दुतावास र राजदुतको नजिक हुन र आफुलाई केही हुँ भन्ने देखाउन गनिएका भलादमीहरु सलबलाएका हुन तर यो तर्कसँग कति पनि सहमती जनाउन सकिन्न किनकी राजदुत वा दुतावासको कुनै पनि उपस्थिती विना पनि नयाँ पीढीले सफलतापूर्वक धेरै कार्यक्रमहरु सम्पन्न गरेका प्रसस्तै उदाहरण छन । स्वीकार गर्न पर्छ, खास कुरा भनेको संगठकहरुले अरुलाई प्लेटफर्म तयार गर्ने र सवैखाले प्रतिभा र विचारहरुलाइई यथोचित सम्मान दिन सक्यो भने मात्र आम मान्छेको विश्वास र मन जित्न सकिन्छ । तमाम सफलता पछाडीको मुल मन्त्र नै यही हो, जुन कार्य कुवेतमा सकि्रय युवाहरुको संजाल नेपाल कुवेत डट कम परिवार ,मरुभूमिको कोसेली परिवार, अन्तराष्ट्रिय नेपाली साहित्यीक समाज कुवैत च्याप्टर, नेपाल कुवैत साँस्कृतिक मन्च तथा जनजागि्रती समुहले संयुक्त भएर एकले गरेको आयोजनामा अर्को संस्थाले स्वयम सेवक देखि अतिथीसम्मको भुमिका निभाउदै आएका छन । यसरी नै एन आर एन ए कुवैत, सगरमाथा क्लब, नयाँ नेपाल क्लब र कम्पनी स्तरिय समुहहरुले ढाढस र सहयोग गर्दै आएका छन । यसरी व्यूतिएको नेपाली समुदायलाई अब कहिल्यै सुत्न दिन हुदैन, पछि आउने पीढीले पनि यसलाई अनुसरण गर्ने र फुस्रदको समयमा राम्रो काम र संगत गर्न मन्चहरुमा प्रतिभाहरुको खोजी र स्थान सुरक्षित गर्न नेतृत्वले चुक्न हुन्न यसो भयो भने आउदा केही बर्ष भित्रमा कुवैतको प्रवासी नेपाली समुदायले संसारका समृद्ध मुलुकमा रहेका प्रवासीहरुसँग प्रतिस्पर्दी हुनेछन अत अन्तमा यति नै भनौ प्रसस्त कलिला प्रतिभाहरु पलायन हुनका वावजुद पनि रम्ने मौका प्रवासमा पाएका छन यसलाई हरकोही प्रवासी नेपालीहरुले गंभिरतापूर्वक लिउ र कसैलाई निमोठन नदिउ, भविश्य उज्वल छ स्वदेशका पीडा र वेदना कम गर्न सवैले मिलेर जान जरुरी छ । मपाईत्व र ज्यादा महत्वाकांक्षा पनि नपालौ ।

4 Responses

  1. Good article Toyal sir. Tapai ko kalam lai ma kadhar garchu. ra sathi
    नेपाल कुवेत डट कम परिवार ,
    मरुभूमिको कोसेली परिवार,
    अन्तराष्ट्रिय नेपाली साहित्यीक समाज कुवैत च्याप्टर,
    नेपाल कुवैत साँस्कृतिक मन्च तथा जनजागि्रती समुह
    Haru n Kuwait ma rehako anya sanstha
    Hurulai besei Dhanabad
    Dina chanchu

    Lets us be Unity n show WHAT NEPALI COMMUNITY CAN Do????????????????

    Lets us make our IMAGE OF NEPAL BE Bright in Kuwait

    Sushan Gautam
    Graphic Designer & Multimedia Techincaian
    Kuwait
    Ph:66138938
    Mail:sushan_go@yahoo.com

  2. i agreed with Mr sushan gautam. i would like to thanks all of Nepalies community. N Toye sir how i am Glad to read your Great News.

    Manoj

  3. Sakaraatmak soch ra karya ko parinam ho yo!!
    Badhai chha sabai la……….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: