कुवैतको रोजगारी र यसको चासो…॥


 कृष्ण पाण्डे बुटवल नेपाल
हाल-कुवैत जिलेब

             कुवैतको रोजगारीको सन्दर्भलाई लिएर हेर्दा घरेलु काममा आएका कामदारको पीडालाई नै लिनुपर्ने हुन्छ । दु:ख पाए ठगिए भन्ने कुरा सबैबाट सुन्नमा आउँछ तर त्यो कसरी हुन पुग्यो, कसरी नेपाली कामदार ठगिएका छन् । त्यसमा कसले कसरी ध्यान दिनुपर्ने हो त नेपाल सरकारले या अरु कुनै निकायले नै, यसमा कामदारको आफ्नै पीडा छ भने रोजगारीमा पठाउने व्यक्ति या एजेन्सी उनिहरुको सानो लापारवाही र सरोकारवालाले बनाएका नियम कानूनहरु कागजमा मात्र सिमित हुनु । अर्को कुरा अनपढ महिलाहरुलाई नेपाली भाषा वाहेक अरु भाषाको ज्ञान नहुनु र यस्ता महिलाहरु श्रीलंकाली, बंगालादेशी, इण्डीयन र ईजिप्सीयन मख्तब (एजेन्सी) हरुमा पठाउँदा झन अन्यौलमा पर्दछन् । यस्ता महिलाहरुलाई भाषाको अज्ञानताको साथै अत्याधुनिक सम्पन्न घरमा काम गर्ने तरिका जान्दैनन् परिणाम स्वरुप उक्त कामदारलाई एजेन्सीमा फिर्ता गरिदिने हुनाले ति महिला कामदारहरुलाई ठूलो समस्यामा पर्ने देखिन्छ । काम नगरी आएको भनि एजेन्सीको मान्छेले कुटपिटसम्म गरी भोक भोकै राखी दिने गरेकोसम्म देख्नमा आएको छ । नेपालबाट चेलीवेटी पठाउने एजेन्टहरुले पनि मोटो रकम पाउने लोभमा नेपाली एजेन्टलाई नदिएर उनिहरुलाई नै सुम्पने गर्दछन् भने कसैलाई राम्रो सपिङ्गमा सेल्समेन र सेक्युरिटी गार्ड काममा पठाइदिन्छु भनेर धेरै पैसा लिएको र यहाँ आएर खेती, भेडा र ऊँट चराउने काम गर्नु परेको गुनासो पनि नआएको होईन । यस सम्बन्धमा चासो न त सरकारलाई नै छ न त वैदेशिक रोजगार सम्बन्धि काम गर्ने सरोकारवालालाई नै, अब यो सबै समस्याको समाधान कसरी होला या यो समस्या समस्यामै सिमित रहि ठगिएको कामदार ठगि नै रहने या नेपाली दूतावासले केही उपाए गर्ला त….। सरकारले आफ्नो जनतालाई न त स्वदेशमा रोजगारी नै दिन सक्छ न त वैदेशिक रोजगारमा संरक्षण नै, आखिर नेपाली जनता विदेश नगए हात मुख जोड्ने उपाए छैन, विदेश गए भएको घरबारी पनि धितो राखेर जानुपर्दा कतै घरबारी नै स्वाहा हुने त होईन…… भन्ने डर ।
          अर्को कुरा चेलीबेटी सम्बन्धमा भन्नुपर्दा सरकारले गाउँमा खेतीपाती र दाउरा घाँस गर्ने आफ्नो नाम समेत लेख्न नजान्ने चेलीलाई किन र के को लागि पासपोर्ट दिन्छ त  सरकारले, राजस्व संकलन या वैदेशिक रोजगारी, आँखिर यो सबै कुराको सोच जबसम्म नेपाल सरकारले लिन सक्दैन त्यो अवस्थासम्म नेपाली कामदारको अवस्थामा सुधार  हुँदैन। यदि व्यक्ति र एजेन्सीको मनपरी तरिकाले गरिएको रोजगारी व्यवसायले यो अवस्थामा कहिले सुधार आउला त तपाई हामीले सोच्ने कुरा हो । यसकारण जसरी पनि ठगिनुपर्ने अवस्था गरिवको छोरा-छोरीको नै भएको छ। अर्को तिर माइती नेपाल भनि चेलीको संरक्षणको नाममा खोलिएको संस्थाहरुको अवस्था र कामको सन्दर्भमा भन्नुपर्दा बेचिने चेलिहरुमा कुनै रुकावट आएको देखिदैन । आँखिर को त नेपालीहरुको सुधारमा चासो दिने, जबसम्म रोजगारीको जिम्मा सरकारको वैदेशिक रोजगार सम्बन्धि  सरोकारवालाहरुले कानूनी हिसाबले चलाउन सक्दैन तबसम्म यो सुधार हुने अवस्था देखिदैन। नेपाली कामदारहरुको काम नेपाली एजेन्सीहरुले गर्न नपाउनु वा नसक्नु र श्रीलंका, बंगालादेशी, इण्डीयन र ईजिप्सीयन मख्तब (एजेन्स) हरुले गर्नु पर्ने अवस्था भएको हुँनाले नै नेपाली चेलीहरुले दुःख पाउनको प्रमुख कारण रहेको देखिन्छ ।

One Response

  1. good job krishna pandey ji i will hope u always go this away. god blesh to you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: