घरमालिक्नीको भाईको जबर्जस्ती करणीबाट ८महिनाको गर्भ


          घरेलु कामदारमा साउदी अरब पुगेकी एक महिला आठ महिनाको गर्भ बोकेर नेपाली दूतावासको शरणमा पुगेकी छन् । उनी दुई वर्षअघि साउदी पुगेकी थिइन् । गर्भ बढ्दै गएपछि घर मालिकले निकालेपछि रिना श्रेष्ठ (नाम परिवर्तन) सुरक्षा खोज्दै रियादस्थित दूतावासको शरणमा पुगेकी हुन् । ‘यो अहिलेसम्मकै निकै जटिल समस्या हो,’ दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले कान्तिपुरसँग टेलिफोनमा भने, ‘उनलाई समयमै स्वदेश पठाउन दूतावासले साउदी सरकारलाई आग्रह गरेको छ ।’

गैरकानुनी रूपमा रहेकी ती महिला स्वदेश फिर्नुअघि ‘डिर्पोटेसन सेन्टर’ मा बस्नुपर्छ । ‘जेलको बसाइ अनिश्चित हुन्छ,’ उनले भने, ‘त्यसकारण शिशु जन्मिने समयभित्र स्वदेश फिराइसक्नुपर्छ ।’ ती महिलले साउदीमै बच्चा जन्माए अनधिकृत रूपमा गर्भधारण गरेको अभियोगमा बच्चासहित जेल बस्नुपर्छ । आफू कार्यरत घरमालिक्नीको भाइको जबर्जस्तीकरणीबाट गर्भ बस्न गएको पीडित महिलाले बताइन् ।

‘त्यस घर छाडेर प्रहरीमा पुगेकी रहिछिन्, प्रहरीले अर्को घरमा काम गर्न पठाइदिएछ,’ दाहालले भने, ‘दोस्रोपटक कार्यरत घर मालिकले गर्भ रहेको जानकारी पाएपछि निकालिदिएको हो ।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: