सरकार र अनमिन बिच जुहारि


      सरकारले शिविरमा रहेका जनमुक्ति सेनाको बिवरण उपलब्ध नगराउने नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको कार्य गम्भीर र आपत्तीजनक भएको ठहर गरेको छ । माओवादी लडाकूहरुको यकिन संख्या माग गर्दा राष्ट्रसंघीय मिशन अनमिनले नदिएपछि क्रुद्ध बनेको सरकारको तर्फबाट शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी सेनाको संख्या दिन अस्वीकार गर्नुलाई आपत्तिजनक भएको भन्दै सार्वजनिक आलोचना गरेको हो ।सरकारले गोप्य सूचना माग नगरेको दावी गर्दै मन्त्रालयले अनमिनको आलोचना गरेको हो । शान्तिमन्त्री रकम चेम्जोङ्गले अनमिन प्रमुखलाई बोलाएर लडाकूको तथ्याङ्क माग गरेपनि अनमिनले बिज्ञप्ती निकालेर संख्या उपलब्ध गराउन नसकिने बताएको थियो ।

‘सरकारको तर्फबाट कुनै गोप्य सुचना माग गरिएको थिएन, तर यस्तो तथ्याङक गोप्यताको आधारमा दिन नमिल्ने भनेर अनमिनले बिज्ञप्ती जारी गर्यो, यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिएको छ’ मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गर्दै भनेको छ- ‘यसलाई आपत्तिजनक रुपमापनि लिएको छ ।’ यस्तो विवरण प्राप्त गर्ने अधिकार नेपाल सरकारसँग सुरक्षित भएको दावीपनि सरकारले गरेको छ । सरकारले कतिपय लडाकूले नक्कली परिचय पत्र बोकेको दावी गर्दै त्यसैलेपनि नयाँ विवरण माग गर्नुपरेको समेत बताएको छ ।  मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा अयोग्य ठहरिएका ४ हजार ८ मध्ये बहिर्गगमन प्रकि्रयामा २ हजार ३ सय ९४ लडाकुले मात्रै भाग लिएको बताउँदै यो तथ्यले प्रमाणिकरण भएका लडाकुहरु पनि सबै शिविरमा छन् भन्ने कुरामा विश्वास गर्न सकिने अवस्था नरहेकाले अनमिनसँग विवरण माग गरिएको दावी गरिएको छ । संसद एवं आमजनताको लागि पनि यो सरोकारको विषय भएको बताउँदै लडाकूको विवरण मन्त्रालयवाट मागिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।सरकारले जनमुक्ति सेनाहरुको भरणपोषण बापत एकमुष्ट रुपमा माओवादी पार्टीलाई नै रकम निकासा गर्दै आएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: