नेपाली हिरोइन क्लासिकलमा कमजोर



नृत्य निर्देशन गर्न थालेको १८ वर्षको अवधिमा नृत्य निर्देशक गोविन्द राईले पाँच दर्जनभन्दा बढी फिल्मका गीतमा नृत्य निर्देशन गरिसकेका छन् । यस हिसाबमा उनले पुरानादेखि नयाँ सबै नायिकालाई आफ्नो निर्देशनमा नचाइसकेका छन् । अहिले चलेकामध्ये कुन नायिका नृत्यमा अब्बल छन्, कसलाई कस्तो नृत्य सुहाउँछ अनि कसले के कुरा सुधार्नुपर्छ ? हिरोइनलाई डान्स मास्टर गोविन्दको टिप्स्:

अहिले चलेका हिरोइनमध्ये ऋचा घिमिरे नृत्यमा अब्बल लाग्छ मलाई । उनी गीतको भाव बुझेर नाच्छिन् । बडी ल्याङ्वेज, टाइमिङ पनि राम्रो छ । उनी क्लासिकल नृत्यमा भने कमजोर छिन् । गर्न त खोज्छिन्, तर अधुरो रहन्छ । गिरफ्तार फिल्मको थारू गीतमा उनी निकै राम्रो नाचेकी छिन् । कालो वर्णकी भए पनि उनलाई ब्राइटभन्दा लाइट मेकअपमै सुहाउँछ । कहिलेकाहीँ अल्छी गर्छिन्, यो बानी उनले हटाउनुपर्छ । क्लासिकलमा भने उनले धेरै नै मिहिनेत गर्नुपर्छ ।

ऋचापछि उषा पौडेल डान्समा तगडा छिन् । डान्सर भएकाले पनि होला उषा राम्रो नाच्छिन् । क्लासिकलमा भने उनी पनि निकै कमजोर छिन् । टाइमिङ पक्रिए पनि उनको स्टेप सफा देखिँदैन । पि डान्स धेरै गर्न खोज्छिन्, तर लतपत देखिन्छ । डान्स गर्दा जिब्रो निकाल्ने बानी थियो उनको, तर अहिले अलि सुधारेकी छिन् । मुहार कलिलो देखिने भएकाले उनको हेयर स्टाइल र गेटअपमा विशेष ध्यान दिनुपर्छ । उनलाई मिनिस्कट र वान पिस डे्रस निकै सुहाउँछ । मेरो के गति हुने हो फिल्मको गीतमा उनी पर्फेक्ट नाचेकी छिन् । अचानक फिल्ममा भने ठोकठाक भएको छ । हतारमा सिध्याउनुपर्ने भएकाले मैले सोचेजस्तो काम हुन सकेन ।

रेखा थापाको अदा राम्रो छ । डान्सका स्टेप झयाप्पै टिपे पनि अलि सफा हुदैन । सधै केही नयाँ गरुँ भन्ने अभ्यासमा हुन्छिन् उनी । चञ्चल नृत्यमा उनी पर्फेक्ट छिन् । उनको लट्का-झट्का राम्रो छ । उनलाई छोटो लुगा नै बढी सुहाउँछ । केही समययता उनको कम्मर अलि भद्दा भएको छ । उनले मेन्टन गर्नुपर्छ । फेसियल एक्सप्रेसन निकै राम्रो छ । क्लासिकल नृत्यमा उनी पनि कमजोर छिन् ।कसम हजुरको फिल्मको चोरी-चोरी यो मन चोरी बोलको गीतमा उनले धेरै राम्रो डान्स गरेकी छिन् । गंगाजलको गीतमा पनि उनले निकै अब्बल डान्स गरेकी छिन् । नाच्दा धेरैजसो हात मुठ्ठी पार्ने बानी हटाउन जरुरी छ ।

रेखाभन्दा राम्रो डान्स गर्ने हिरोइनका रूपमा सञ्चिता लुइँटेललाई लिन्छु म । उनका आँखा बोल्छन् । गीतको भाव बुझेर नाच्छिन् । तर, उनको डान्समा लचकता छैन । कडकपन हाबी छ । उनले बडी मेन्टन गर्न जरुरी छ । साडी, कुर्था र गाउनमा नाच्दा सञ्चिता निकै राम्री देखिन्छिन् । रोमान्टिक गीतमा उनी निकै खुलेर नृत्य गर्छिन् ।मैले काम गराएको माया त माया हो को तिमी दायाँ म बायाँ गीतमा उनी निकै राम्रो नाचेकी छिन् । पहिलाभन्दा अचेल उनले डान्स सुधारेकी छिन् । तर, उनले अझै मिहिनेत गर्नुपर्छ ।
क्लासिक डान्समा उनी पनि कमजोर छिन् ।अर्की नायिका रेजिना उप्रेती पनि राम्रो नर्तकी हुन् । उनको विशेषगरी मेकअपमा ध्यान दिनुपर्छ । अनुहार सानो र ओठ पातलो भएका कारण उनको फेसियल एक्सप्रेसन ओझेलमा पर्छ । त्यसकारण उनले डान्सका स्टेपमा मात्र होइन मेकअपमा पनि ख्याल गर्नुपर्छ । क्लासिकलमा उनी पनि कमजोर छिन्।

रेजिना पनि छोटा लुगा, स्विमिङ सुटमा खुलेको देखिन्छ । वीरताको चिनोमा विराज भट्टसँग राम्रो नाचेकी छिन् । उनलाई सादा साडी पनि सुहाउँछ ।विवश नामक डिजिटल फिल्ममा उनी बार डान्सर भएर नाचेकी छिन् । तर, उनको काम गराइबाट म सन्तुष्ट भइन् । काम पनि ठोकठाक भयो । उनले पनि राम्रो गर्न सकिनन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: