सरकारले दीपक विष्टलाई दश लाख पुरस्कार


साफ खेलमा चार पटक स्वर्ण पदक जितेर देशलाई दिएको योगदानको कदर गर्दै सरकारले दीपक विष्टलाई दश लाख रुपैया प्रदान गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले तेक्वान्दो खेलाडी दश लाख रुपैया दिने निर्णाय गरेको हो । यस्तै सरकारले ढाकामा सम्पन्न ११ औ दक्षिण एशियाली खेलकुदमा घाइते भएकी जुडो खेलाडी देबु थापाको उपचार खर्च ब्यहोर्ने भएको छ । नेपाली खेलाडी बसेको होटलको लिफ्ट चुडिंदा घाइते भएर पनि उनले कांस्य पदक जितेकी थिइन् ।

मन्त्रिीपरिषद् बैठकले शान्तिनगरस्थित सरकारी जग्गामा मिडिया सेन्टर, ब्रोड कास्ट  एशोसियसन, राष्ट्रिय पत्रिका सञ्जाल र टीभी प्रसारणको भवन बनाउने दिने पनि निर्ण्र्ाागरेको छ ।
त्यसैगरी बैठकले सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको सम्बन्धमा सरोकारवालासंग सरकारले वार्ता प्रभावकारी बनाउने निर्णय गरेको छ । मुलुकको सुरक्षास्थिति प्रभावकारी बनाउन गृहमन्त्रालय अर्न्तर्गका सुरक्षा निकायलाई निर्दशन दिनेसमेत निर्णय भएको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: