माओवादीलाई सरकारको नेतृत्व गर्न दिने सहमति


१८ फागुन । राजनीतिक सहमति कायम गर्नको लागि बनेको उच्च स्तरिय राजनीतिक संयन्त्रको वैठक मंगलवा विहान बस्दैछ ।
मंगलवारको वैठकबाट प्रमुख तीन दलबीच एक किसिमको सहमति हुने अपेक्षा गरिएको छ । फागुन १८ गते बस्ने संयन्त्रको वैठकमा निकास निस्कने कुरा सरकारका प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीको अध्यक्ष प्रचण्डले यसअघि नै बताईसक्नु भएको छ ।
राजनीतिक सहमतिको लागि संयन्त्रमा सरकार परिवर्तन गर्नु परेपनि तयार रहनुपर्ने विषयमा छलफल प्रारम्भ भएपछि सहमति हुने अपेक्षा गरिएको हो । 
उच्चस्तरिय संयन्त्रको मंगलवारको वैठक ललितपुरको गोदावरीमा बस्ने भएको छ । गोदावरीमा बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका एजेण्डा शोमवार बसेको कांग्रेस र एमालेको बैठकले तय गरिसकेको छ ।
संविधान र शान्तिप्रकृयाप्रति माओवादीले विश्वासको वातावरण तयार पारे सरकारको नेतृत्व दिन सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा एमाले तयार भएका छन् ।
सिहदरबारमा शोमवार बसेको काङ्ग्रेस र एमालेका प्रमुख शीर्ष नेताहरुको बैठकमा माओवादीले द्वन्द्व ब्यवस्थापन र राज्यपुनःसंरचनाको बिषयमा सहयोग गरे माओवादीले भने जस्तो सरकारको नेतृत्व गर्न दिने सहमति समेत भएको स्रोतको भनाई छ । काङ्ग्रेस र एमालेका शिर्ष नेताहरुको बैठक बस्नु अघि दुई दलिय कार्यदलको बैठक पनि बसेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: