पूर्व राज परिवारमा ब्याइते र ल्याइतेको बिभेद: रानी सरलाको श्राद्द ५ दिन मै


सिताराम बराल – काठमाडौं

 गत हप्ता निधन भएकी स्वर्गीय राजा त्रिभुवनकी रानी सरलाको तेर्हौं दिने कार्य र स्व. त्रिभुवनको श्राद्ध एकैदिन परेको छ ।

गत ९ गते निधन भएपछि आर्यघाटमा राखिएकी स्व रानी सरला र रुँदै उनका सहयोगी. फोटो: सिताराम

काम गर्न दरवार ल्याइएपनि उनको सुन्दरतासँग मोहित भएकाले विहे गरी रानी बनाइएकी सरला त्रिभुवनकी सबैभन्दा मन परेकी रानी थिइन् ।पूर्व राज परिवार निकटस्थहरुले रानी सरलाको १३ दिने कार्य र उनका पति त्रिभुवनको श्राद्ध एकैदिन पर्नुलाई रोचक संयोगको रुपमा लिएका छन् । तर सरलाको १३ दिने कार्य र श्राद्ध एकै दिन पर्ने भएपछि भोलि विहीबार त्यो कार्य सकेर त्रिभुवनको श्राद्ध भने शुक्रबार गरिने भएको छ ।श्रोतका अनुसार, बिबाहिता (ब्याइते) तर्फकाहरुको निधन भएमा १३ दिन नै बार्ने चलन भएपनि रानी सरला (ल्याइते) बिहे नगरी ल्याइएकी रानी भएकाले पूर्व राजपरिवारले उनको जुठो जम्मा पाँच दिन बारेको थियो । माछामासु नखाई शुद्ध खानेकुरा खाएर पूर्व राज परिवारले रानी सरलाको जुठो बारेको बताइन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: