चीनले सगरमाथा आफ्नो भन्यो


सन् १९४७ । डा. डिल्लीरमण रेग्मी र म थियौँ । कलकत्ता भारतको चौरंगी बंगाल रेस्टुरेन्टमा पुग्यौँ । त्यहाँ एकजना दुब्लो पातलो जसको नाक, कान र ओठ पातलो थियो । मैले उसको अनुहार पढेर तीनवटा अड्कल काटँे । पहिलो, साहसिलो हुनुपर्छ । दोस्रो, चाँडो निर्णय गर्न सक्छ । र तेस्रो, मन सफा छ । मैले डिल्लीरमणलाई सोधेँ उहाँ को ? उनले भने, ँनचिनेको ? बिपी कोइराला ।’

***

म सन् १९५६ मा कम्युनिस्ट पार्टीको कार्यवाहक महामन्त्री भएँ । त्यसपछि मेरो बिपीसँगको राजनीतिक जीवन सुरु भयो । उहाँ मसँग राजनीतिक सुझाब लिन आउनुहुन्थ्यो । भद्र अवज्ञा आन्दोलन सुरु हुनुभन्दा केही दिन अगाडि हो । बिपी मेरो डेरामा आउनुभयो । मेरो कोठामा टेबल, मेच थिएन । त्यसैले हामी भुइँमै बसेर कुरा गर्न थाल्याँै । त्यस दिन हामीले केही निर्णय गर्‍यौँ । एक, संसद् कि विधानसभा भन्ने बहसमा नफसी आमचुनावका लागि माग राख्ने । दुई, चुनावको मिति तय गर्न भद्र अवज्ञा आन्दोलन गर्ने । तीन, एउटा समन्वय समिति बनाउने, त्यसैले आन्दोलनका कार्यक्रम ल्याउने । त्यो भेटलगत्तै गणेशमान सिंहकहाँ हाम्रो जमघट भयो । त्यहाँ  बहस चल्यो । एकमत हुनै सकेन । त्यसपछि बिपीले भन्नुभयो, ँसंसद् कि विधानसभा भन्ने सवाल छैन । आन्दोलन स्थगित हुन सक्दैन । म हिडेँ ।’ अन्ततः आन्दोलन भयो । र, राजा महेन्द्रबाट निर्वाचनको घोषणा भयो ।
***

बिपीमा विरोधी दलका नेतालाई सम्मान गर्ने गजबको स्वभाव थियो । उहाँ प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गएर र्फकेको तीन-चार दिनपछि त्रिपुरेश्वरस्थित निवासमा मलाई बोलाउनुभयो । म त्यहाँ एक घन्टाअगावै पुगेँ । बिपी भर्खर खाना खाएर आराम गर्न लाग्नुभएको रहेछ । उहाँको स्वकीय सचिव केशवराज पिँडालीले त्यो समय बिपी सुत्ने समय भएकाले भेट्न नमिल्ने बताउनुभयो । मैले म आएको जानकारीमात्रै प्रधानमन्त्रीकहाँ पुर्‍याइदिन भनेँ । बिपीले तुरुन्तै आफ्नो बेडरुममा बोलाउनुभयो । दुई केटाकेटी खेलिरहेका थिए । कोठाभरि चाइनिज खेलौना असरल्ल थियो । उहाँले सुशीला भाउजूलाई बोलाएर ती केटाकेटीलाई बाहिर लैजान भन्नुभयो । उनीहरू गएपछि बिपीले कफी मगाउनुभयो । उहाँ कफी पिउन मन पराउनुहुन्थ्यो । मैले पनि त्यसमा साथ दिएँ ।
सुरुमा उहाँले भ्रमणको विषयमा सामान्य जानकारी गराउनुभयो । उहाँ अलि चिन्तित देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, ँचीनले सगरमाथा हाम्रो हो भनेको छ । यसमा विवाद बढेर चीनसँगको सम्बन्ध पनि बिग्रने आशंका बढेको छ  । अब तपाइर्ँले राय दिनुहोस् । हामीले आफ्नो वैदेशिक नीति, सिद्धान्तको आधारमा चीनसँग मितेरी सम्बन्धलाई कायम राख्दै यो समस्या समाधान गर्नुपर्‍यो । हामीले आफ्नो एक इन्च जमिन पनि नगुमाऊँ । कसैले नेपाल चीन सम्बन्धलाई बिगार्न  पनि नसकून् ।’

हामी कुरा गर्दै थियाँै । गृहमन्त्री सूर्यप्रसाद उपाध्याय आइपुग्नुभयो । उहाँले त्यो विषय त्यहीँ बन्द गर्नुभयो । आफ्ना पार्टीका नेतालाई समेत उहाँले यो विषयमा भन्नुभएको रहेनछ । त्यस्तो कुरा सुनेपछि उत्तेजित हुन सक्छन् भन्ने उहाँलाई लागेको रहेछ ।
यो विषयमा निकै सीमित मानिसलाई मात्र जानकारी थियो । त्यसको केही समयपछि भएको तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको भ्रमणमा हामीले त्यो कुरा उठायाँै । पटक-पटक वार्ता भएपछि सगरमाथा नेपालकै हो भन्नेमा सहमति भयो ।

०००

०३२ तिर हो । बिपी भारतमा निर्वासित जीवन बिताइरहनुभएको थियो । उहाँले मलाई खबर पठाउनुभयो- तपाइर्ँलाई कुनै आपत्ति हँुदैन भने केही सरसल्लाह गर्नु छ । यता आउन सक्नुहुन्छ ?
खबर पाएलगत्तै विष्णुबहादुर मानन्धर र म दिल्ली गयौँ  । दिल्लीको अजय भवनमा हाम्रो भेट्ने कार्यक्रम थियो । त्यहाँ शैलजा आचार्य पनि सँगै हुनुहुन्थ्यो । बिपीले हामीलाई सुरुमै सोध्नुभयो- नेपालमा प्रजातन्त्र स्थापना गर्न शान्तिपूर्ण आन्दोलनबाट सकिन्छ कि हतियारबन्द आन्दोलन नै गर्नुपर्छ ? यो प्रश्न राख्न नपाउँदै उहाँले मलाई लक्षित गर्दै फेरि सोध्नुभयो- तपाइर्ँ सोभियत संघ गएर र्फकेको मान्छे । उनीहरू हामीप्रति कस्तो धारणा  राख्छन् ? अनि चीनको धारणा कस्तो छ ?
मैले चीनको धारणा थाहा नभएको बताएँ । सोभियत संघ भने हाम्रो देशको आन्तरिक मामलामा हस्तक्षेप गर्दैन भनेँ । हतियारबन्द आन्दोलन पनि हामीले गर्न नपर्ने शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको स्थापना हुनसक्ने बताएँ । भारतीय केही नेता पनि थिए, त्यहाँ उनीहरूको आन्दोलनको औचित्य सकिएको हो त ? भन्दा हतियार बन्द आन्दोलनले कहिल्यै प्रजातन्त्र स्थापना गर्न नसक्ने मैले बताएँ । यो सुनेपछि बिपीले भन्नुभयो, ‘मैले हामी मिलेर जान सक्छौँ कि भनेर तपाईँलाई यहाँ बोलाएको, मलाई तपाईँले निराश बनाउनुभयो  ।’ त्यसपछि मैले थाहा पाएँ- उहाँ हतियारबाटै प्रजातन्त्र स्थापना गर्न चाहनुहुन्थ्यो ।
पछि बहस चर्किँदै गयो । भारतीय नेता निस्केर हिँडे । हामी चारजना मात्रै रहयौँ । बिपी हतियारकै पक्षमा हुनुहुन्थ्यो । उहाँले शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ परिने र आन्दोलन सफल नहुने बताउनुभयो । शैलजाले उहाँलाई सम्झाउनुभयो- सान्दाजु डाक्टर सा’पको कुरामा पनि समझदारी बनाउने कि ? संसदीय व्यवस्थाको पक्षमा उहाँहरूले वक्तव्य दिनुभयो । तर, पक्राउ पर्नु भएन । यसले वातावराण खुकुलो भएको देखाउँछ ।’
मैले पनि सुझाव दिएँ- तपाइर्ँहरू हिस्दुस्थानमा बसिरहँदा राष्ट्रियताको भावनामा पनि आघात पर्छ । मैले थपेँ- तपाइर्ँ पक्राउ पर्नु भइहाल्यो भने हामी छुटाउन पहल गर्छाँै । यति भनेपछि उहाँले सरसल्लाह गर्न तयार हुनुभयो ।
त्यसको केही दिनमै बिपीले नेपाल आउने निर्णय गर्नुभएछ । बिपी आउनुभयो । उहाँको स्वागत पनि भयो । वारेन्टेड व्यक्ति भएकाले उहाँलाई पक्राउ गरियो । तर, केही समयमै छाडियो पनि ।

***

०१७ पुस १ भन्दा झन्डै एक महिना अगाडि । शुक्रबारको दिन थियो । सिंहदरबारको बेलायती बैठकमा एक समारोह थियो । राजारानी पनि हुनुहुन्थ्यो । तीन-चार दिन राहदानी बनाउने विषयमा मैले बिपीलाई भेटिसकेको थिएँ । म एउटा सम्मेलनका लागि रूस जाँदै थिएँ । उहाँले एकान्तमा मलाई भेट्न खोजेको बताउनुभयो । हामी त्यो बैठकबाट केही पर गयाँै । उहाँले सोध्नुभयो, ‘छिट्टै त र्फकनुहुन्छ ?’
मैले भनेँ, ‘छिट्टै र्फकन्छु किन प्रधानमन्त्रीज्यू ?
‘संसदीय व्यवस्था चलेको छ । हाम्रो ठूलो पार्टी छ । म नै प्रधानमन्त्री छु । तर, कताकता के-के नमिलेजस्तो लागेको छ । श्री ५ सन्तुष्ट होइबक्सन्न भन्ने मैले बुझेको छु । संसदीय व्यवस्थामा खतरा आउलाजस्तो लागेको छ । यस्तो वेला तपाईँ देशभित्रै भए राम्रो हुने थियो,’ यसो भन्दा उहाँ चिन्तित देखिनुहुन्थ्यो ।
मैले श्री ५ लाई नरिझाई काम गर्न नसक्ने बताएँ । उहाँले प्रयास गरिरहेको बताउनुभयो । अनि हामी छुट्टयिाँै ।
परबाट श्री ५ महेन्द्रले हेरिरहनुभएको थियो । म नजिक पुगेपछि सोध्नुभयो- प्रधानमन्त्रीसँग त निकै लामो कुराकानी भयो नि !
मैले त्यही सम्मेलन र राहदानीको विषयमा कुरा गरेको बताएर त्यस विषयलाई राम्ररी लुकाएँ । उहाँले पनि मलाई सोध्नुभयो-
कहिले र्फकनुहुन्छ ?
मैले भनेँ- सम्मेलन सकिनेबित्तिकै ।
उहाँले फेरि भन्नुभयो, ‘यो सरकारले जनतालाई राहत दिन सकिरहेको छैन । त्यसमाथि राष्ट्रियतामाथि पनि अलि आँच आउन थालेको मलाई महसुस भएको छ । तपाइर्ँको पार्टीले यसलाई कसरी हेरेको छ ? मलाई बुझ्न मन लागेको छ । र्फकनूस् अनि कुरा गरौँला ।’
त्यसपछि म सम्मेलनमा भाग लिन मस्को गएँ । पछि थाहा भयो पुस १ गते बिपी समातिनुभएछ । हाम्रा सबै साथी भागाभाग भएछ । म पनि नेपाल र्फकेपछि पक्राउ परेँ ।
बिपीलाई घाँटीको क्यान्सर भयो । उहाँको अन्तिम अवस्थातिर हो । उहाँलाई भेट्न म फूल लिएर गएँ । उहाँसँग डा. सुन्दरमणि दीक्षित हुनुहुन्थ्यो । उहाँलाई कसैसँग भेट्न र बोल्न दिइएको थिएन । खबर पाउनासाथ मलाई बोलाउनुभयो । उठ्न सक्ने अवस्थामा हुनुहुँदैनथ्यो । उहाँले धेरै बोल्न सक्नुहँुदैनथ्यो । त्यहाँ अधिवक्ता गणेशराज शर्मा पनि हुनुहुन्थ्यो । मलाई देखेपछि भित्तामा अडेस लागेर उहाँले मेरो अभिवादन फकर्ाउनुभयो । म धेरै बोल्न सक्दिनँ तपाईँका कुरा सुन्न सक्छु । तपाइँ बोल्नूस् म सुन्छु । मैले बोल्दै जाँदा उहाँको आँखा रसाए । म हिँड्नेवेला भन्नुभयो, ‘तपाइर्ँले भनेको सबै कुरा लेख्नुहोला

2 Responses

  1. aba india le pani सगरमाथा lai afno bhanna ber chhaina. hamra neta haru parmanand jha ra upendra yadab le indian bhasa lai hamro bhasa bhane jasti india le pani sagarmatha lai afnai bhanna ber chhaina.
    Rajesh
    morang nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: