‘शान्ति प्रकृया भनेको तपाईंहरुले क्यान्टोनमेन्ट खालि गर्नेमात्र हो भन्ने तपाईंहरुले बुझ्नु भएको छ’ -प्रचण्ड


सिताराम बराल – काठमान्डौ

      सत्तारुढ दलहरुले शिविरमा रहेका जनमुक्ति सेनाका १९ हजार लडाकूमध्ये ३ हजारलाई मात्र सेना र    प्रहरी लगायतका सुरक्षा निकायमा समायोजन गर्ने गोप्य सम्झौता यसअघि भएको दावी गर्दै त्यति       नै संख्यामा समायोजन गर्ने प्रचार गरिरहेका बेला एकिकृत माओवादीले त्यस्तो सम्झौता नभएको बताउँदै १० हजार लडाकूलाई नयाँ बन्ने राष्ट्रिय सेनामा समायोजन गर्ने र बाँकी ९ हजारलाई अन्य सुरक्षा निकायमा समायोजन गर्नुपर्ने अडान व्यक्ति गरेको छ । मंगलबार भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्तावसहितको अडान राखेका हुन् । यसअघि कांग्रेस सभापति तथा संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निवासमा बस्ने गरेको बैठक कोइराला गम्भीर विमार भएपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्टमा बसेको थियो । बैठकमा तीन ठूला पार्टीका प्रमुख नेतासहित अन्य ४-४ जना नेतापनि सहभागी थिए ।
‘तपाईंहरुले बाहिर बाहिर गिरिजाबाबु र प्रचण्डबीच ३ हजार जनसेनालाईमात्र सेना, प्रहरी र सशस्त्र प्रहरीमा समायोजन गर्ने भनेर गोप्य सहमति भएको थियो भनेर प्रचार गर्दै हुनुहुन्छ’ प्रचण्डले बैठकमा भने- ‘यो झुठो प्रचार हो, कहिल्यैपनि यस्तो सहमति भएको छैन, वास्तवमा हामीले भनको १० हजारलाई नेपाली सेनामा र बाँकीलाई प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायमा समायोजन गर्नुपर्छ भन्ने हो, अवदेखि यस्तो गलत प्रचार नगर्नुहोला ।’बैठकको सुरुवात गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले शान्ति सम्झौताको पालना नगरेकोले समस्या उत्पन्न भएको बताएका थिए । कब्जा सम्पत्ति फिर्ता गर्नुपर्ने, वाइसीएलको अर्धसैन्य संरचना भंग गर्नुपर्ने र राज्यलाई हतियार बुझाएर माओवादी नागरिक पार्टीमा रुपान्तरित हुनुपर्ने बताउँदै उनले सभापति कोइरालासँग ३ हजारमात्र लडाकूलाई सेना लगायतका सुरक्षा निकायमा समायोजन गर्ने गोप्य सम्झौता भएकाले ३ हजारलाईमात्र समायोजन गर्नुपर्ने बताएका थिए ।समायोजन अघि नेपाली सेनाको लोकतान्त्रिकरण हुनुपर्ने र त्यसपछि सेना समायोजन कार्य अघि बढ्नुपर्नेमा कांग्रेस र एमालेले सम्बिधान निर्माण गर्ने नाममा क्यान्टोनमेन्ट खालि गर्नमात्र खोजेको आरोपपनि उनले लगाएका थिए । ‘शान्ति प्रकृया भनेको तपाईंहरुले क्यान्टोनमेन्ट खालि गर्नेमात्र हो भन्ने तपाईंहरुले बुझ्नु भएको छ’ प्रचण्डको भनाई थियो- ‘नयाँ सम्बिधान बनाउने र समाजको आर्थिक, सामाजिक रुपान्तरण नभै शान्ति प्रकृया सफल हुँदैन, तर तपाईंहरु त्यसदिशातर्फ जान सक्नु भएको छैन ।’पौडेलले बोलेपनि एमाले अध्यक्ष झलनाथ खनालले र त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले बोलेका थिए । त्यसपछि बैठकमा उपस्थित तीनै पार्टीका अन्य नेताहरुलाई बोल्न दिइएको थियो । माओवादी र कांग्रेसका सबै नेताहरुले बैठकमा बोलेका थिए । तर एमालेको तर्फबाट बैठकमा उपस्थित गृहमन्त्री भीम रावल एकछिनमात्र बसेकाले बोलेनन् भने अर्का नेता घनश्याम भूषालले पुरा अवधि बैठकमा भएपनि बोलेनन् ।बैठकमा माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डका अलवा उपाध्यक्ष डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ (प्रकाश), स्थायी समिति सदस्यहरु कृष्णबहादुर महरा र देब गुरुङ्ग, नेपाली कांग्रेसको तर्फबाट उपसभापति पौडेल, कृष्ण सिटौला, रामशरण महतलगायत र एमालेबाट अध्यक्ष खनाल, अर्का नेता केपी ओली लगायत थिए । ओलीले माओवादी नागरिक पार्टीको रुपमा रुपान्तरित भएमा सबै समस्या हल हुने बताएका थिए ।मंगलबारको बैठकलाई राजनीतिक गतिरोधको मुख्य कारण खोतल्ने कडीका रुपमा लिइएको छ । बैठकमा सबैले एक अर्काप्रतिका आशंका स्पष्ट रुपमा राखेका थिए । कांग्रेस र एमालेका नेताहरुले माओवादीको लोकतान्त्रिकरण नभएकाले उप्रति आशंका उब्जेको बताएका थिए भने माओवादीका नेताहरुले कांग्रेस र एमालेले पुरानै सम्बिधान र व्यवस्था फर्काउन खोजेको आशंका आफूलाई भएको बताएका थिए । बैठक बुधबारपनि बस्ने भएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: