पूर्वराजा ज्ञानेन्द्रको पक्षमा सर्वोच्च अदालत


काठमाडौं, (नेस)

             पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा बस्न र सुरक्षासमेत दिने गरी भएको सरकारी निर्णयसर्वोच्च अदालतले वैध ठहर गरेको छ। प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले सो निर्णयनीतिगत भएको जनाई त्यसलाई बदर गर्न नमिल्ने ठहर गरेको हो। ज्ञानेन्द्रलाई राजाबाट हटाएपछि बासस्थानका लागि भनी नागार्जुन दरबार उपलब्ध गराउने गरी सरकारी निर्णयभएको थियो।
              यसै गरी ज्ञानेन्द्रलाई उल्लेख्य संख्यामा सुरक्षाकर्मी पनि उपलब्ध गराइएको थियो। नागार्जुन दरबार र सुरक्षाकर्मी सरकारले उपलब्ध गराउनु कानुनविपरीत भएको दाबी गरी अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदनमा मुलुकमा गणतन्त्र आइसकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रलाई उल्लेख्य संख्यामा सुविधा दिनु गणतन्त्र र जनआन्दोलनको मर्मविपरीत भएको दाबी गरिएको थियो। सर्वोच्च अदालतले भने सरकारले गरेको नीतिगत निर्णयलाई न्यायालयले खारेज गर्न नमिल्ने उल्लेख गरेको छ। कसलाई सुविधालगायतका विषय दिने भनी सरकारले गरेका निर्णयनीतिगत भएको उल्लेख गर्दै सर्वोच्च अदालतले त्यस्तो विषयलाई न्यायालयले हस्तक्षेप गर्न नसक्ने जनाएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: