• nepalkuwait.com




  • photos

  • Advertise Here

नेपाली दूतावासमा प्रदर्शन


              बेलायतमा बसोबास गरिरहेका लिम्बुवानबासी नेपालीहरुको संगठन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको आयोजनामा  २६ फेब्रुअरी २०१० मा लण्डनस्थित नेपाली दुताबास परिसरमा भब्य प्रदर्शन कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा इस्ट लन्डन, वेष्ट लन्डन, बेजिङ्स्टोक, फार्न्बोरो, अक्स्फोर्ड, स्विन्डन्, केन्ट , सोर्न्क्लिफ, अल्डर्सट्, रेडिङ्, वेष्ट मिड्लेन्ड्स, आस्फोर्ड  आदि ठाउँहरुबाट सहभागीहरु आएका थिए ।
प्रदर्शन कार्यक्रम दिनको १ बजेदेखी शुरु भएर २ बजे सकिएको थियो। प्रदर्शनमा बेनरहरु र प्लेकार्डहरु देखाइएको थियो । मुख्य बेनरमा -”दस लिम्बु सत्र(थुम्) किल्ला , लिम्बुवान मेची-कोशी को नौ जिल्ला, अङग्रेजिमा “declare all nine districts of Mechi and Koshi as a single Limbuwan” लेखिएको थियो भने संस्थाको ब्यानरमा ‘सबैलाई स्वागतु’ भनेर लेखिएको थियो । बिभिन्न ” Address Limbuwan’s full autonomy, East of Arun river is the Limbuwan territorry, लिम्बुवानको ऐतिहासिक सिमानालाई अतिक्रमण गर्न पाइदैन, लिम्बुवान बासीको चाहानालाई कदर् गर्नैपर्छ, वर्तमान नौ जिल्लाको लिम्बुवान हुनैपर्छ, वर्तमान नौ जिल्ला लिम्बुवानको ऐतिहासिक भूमि हो, लिम्बुवानको ऐतिहासिक सिमाङकनलाई अतिक्रमण गर्न पाइदैन, भन्ने जस्ता नाराहरु लेखिएका ब्यानररु प्रदर्शन गरिएका थिए । सो प्रदर्शनcentral london को नेपाल एम्बासिमा पस्ने मुख्य ढोका भएको south kensington church road मा भएको थियो । प्रदर्शनकारीहरुको शुरक्षा तथा यातायात कन्ट्रोलको लागि मेट्रोपोल लन्डनबाट प्रहरीहरु खटिएर आई कार्यक्रम अवधिभरी साथ दिएका थिए ।
सम्पूर्ण लिम्बुवानबासी एकजुट हौँ । २६ फेब्रुअरीमा नेपाली दुताबास जाउँ नारा दिइएको थियो । प्रदर्शन कार्यक्रममा लिम्बुवानको ऐतिहासिक सिमाना अतिक्रमण गरेको बिरोध गर्दै लेखिएको बिभिन्न बोर्डहरु, प्रत्येक जिल्लाका ब्यानरहरु र लिम्बुवान स्वयत्त नागरिक एकता समाज बेलायत को ब्यानर देखाइएको थियो ।
यसै प्रदर्शन कार्यक्रममा सल्लाहकार बिष्णु यक्सोले लिम्बुवानको इतिहास हेर्दा लिम्बुवान एक बिसिस्ट स्वयत्त राज्य हुनु पर्नेमा उल्टा सिमना कटाउने काम भएको कुरा प्रस्ट गर्नुभयो । अरु बक्ताहरुमा लोकेन्द्र तबेबुङ लिम्बु, साथै एसै सस्था का उपाध्यक्षहरु क्रमैले दिल सङ्बाहाम्फे र निर्मल पताङ्वाहरुले अफ्नो मन्तब्य दिदै राज्यको पुनर्सम्रचना समितिले १४ प्रदेशको खाकामा लिम्बुवानको ऐतिहासिक सिमाङ्कनलाई अतिक्रमण  गरेकोमा घोर बिरोध गर्दै बर्तमानको नौ जिल्ला लिम्बुवान राज्यभित्र हुनैपर्छ भन्नु भयो ।
बक्तब्य कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रसाद थेबेले  एघार बर्षको जनयुद्ध पछीको उन्नाइस दिने जनआन्दोलन मार्फत जनताले ब्यक्त गरेको अभिमत नै पूर्ण सङ्घात्मक लोकतान्त्रीक गणतन्त्रात्मक राज्यब्याबस्थाको निर्माण हो भन्नु भयो ।   लोकतान्त्रिक मुल्य र मन्ययताको कदर गर्दै राज्यको पुनसंरचना गरिदा पनि लिम्बुवानको ऐतिहासिक सिमनालाई कायमै राखिनु पर्ने लिम्बुवानबासी जनताको मागलाई ध्यानमा रखेर साथै यही मागलाई मुर्तरुप दिइयोस भन्दै लिम्बुवानमा भैरहेको बलिदानीपूर्ण आन्दोलनको मर्म बुझेर अरुण, कोशी नदिको पूर्व, मेची नदिको पश्चिम, तिब्बत को दक्छिन र भारतको उत्तर भित्रको सुन्सरी, मोरङ्ग, झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेरथुम र धनकुटा जम्मा नौ जिल्लाहरुको क्षेत्रलाई ऐतिहसिक जातियता तथा भासिक र सास्कृतिक आधार मा लिम्बुवान भनेर सिमाङ्कन र नामाङ्कन गरिनु पर्छ भन्दै ज्ञापन पत्रको पुरै मागहरु पढेर सुनाउनु भएको थियो ।
अध्यक्ष थेबेले सम्बिधान निर्माणको कार्यमा डिला सुस्ती भैरहेकोले सम्बिधाननै पो नबन्लाकी भनि आसङ्का ब्यक्त गर्नु भयो । सङ्घात्मक लोकतान्त्रिक गणतान्त्रिक सम्बिधान समयमै बन्नु पर्छ, मुद्रा पररास्ट्र र सेना सम्बन्धि अधिकार केन्द्रमा राखेर अरु सबै अधिकार स्वायत्त राज्यहरुलाई दिनुपर्छ, मेची-कोशीको नौ जिल्ला लिम्बुवानको ऐतिहासिक बिरासत हो, अरुण नदी लिम्बुवान र खम्बुवानको ऐतिहासिक सिमाना हो सङ्खुवसभा जिल्ला लिम्बुवानको अभिन्न अङ्ग भएकोले यसलाई लिम्बुवानबाट  छुट्याउन पाइदैन यस्मा हाम्रो घोर बिरोध छ । थेबेले अगाडी भन्नुभयो, सुनसरी, मोरङ र झापा तीन जिल्लाहरु सातौ शताब्दिदेखि लिम्बुवान भएर आएका हुन । यहाँका प्रथम आदिबासीहरु लिम्बुनै थिए, पहाड तिर गएका लिम्बु भए भने तराईमा बस्नेजति धिमाल राजवंशी भएकाहुन । यसकारण ऐतिहासिक आधार्, भाषिक आधार र साँस्कृतिक आधारमा यी तीन जिल्लाहरु लिम्बुवानको अभिन्न भाग भएकोले लिम्बुवानमै गाभिनुपर्छ छुट्याइएको खन्डमा आन्दोलनले उग्ररुप लिनेछ भन्नुभयो।
प्रदर्शनको अन्त्यतिर अध्यक्ष  प्रसाद थेबे लगायत बिष्णु यक्सो, दिल्कुमार सन्बाहाम्फे, निर्मल पताङ्वा र डम्मर सिङक गरी ५ जनाको एक टोली दुताबास अफिसमा गएर अध्यक्ष थेबेले सम्माननीय संविधान सभाध्यक्षलाई लेखेको ज्ञापन पत्र पढेर सुनाइवरी महामहिम राजदुत डाक्टर सुरेशचन्द्र चालिसेलाई हस्तान्तरण गर्नुभएको थियो । आफ्नो क्षेत्रको लागि मागहरु राखेर राम्रो गर्नु भयो भन्दै राजदुतले चियाका साथ् स्वागत गर्दै भन्नु भयो ज्ञापत्र तुरुन्तै पुग्ने आश्वासअन दिएपछी टोली दुताबासबाट बिद भएको थियो।
बाहिर सडकको प्रदर्शन कार्यक्रम सकेर सबै सम्मिलित डेलिगेसन दुताबासमा गएर ग्यापन पत्र बुझाउने कार्यक्रम थियो तर दुताबासले सबैलाई भित्र पस्न दिएन ५ जनालाई मात्र पत्र बुझाउन भित्र जाने अनुमति दिएकोले भित्र जान नपाउनेहरुबाट दुताबासको व्यबहार प्रति धेरै गुनासो प्रकट गरेका छन्।

टिप्पणी छोड्नुहोस्