तिर्थ राज सिग्देल, अ हे व
दमक झापा, हाल कुवेत
अव विस्तारै जाडो ले वाई वाई र गर्मी ले स्वागत गरिरहेको यो समयमा गर्मी संगै विभिन्न किसिमका स्वास्थ्य समस्या हरु पनि आउने गर्छन। शुरुमा सामान्य देखिने यस्ता स्वास्थ्य सम्वन्धित समस्या हरु लाई हेलचेक्राई गर्दा यसले ठुला र जटिल समस्याहरु पनि ल्याउन सक्छ । तर यि समस्याहरु लाई शुरुमानै सानो केयर गरे सजिलै बच्न सकिन्छ । स्वास्थ्य नै धन हो त्यसैले कहिले पनि आफनो स्वास्थ्य लाई हेलचेक्राई नगर्नु होला । समय समय मा विना कुनै समस्या पनि आफनो शरीर का नियमित जाचं गराई अवस्था जटिल हुनु भन्दा अगाडि नै उपचार गराई ढुक्का हुन सकिन्छ । पैसा को लागी विदेशिएका हामी पैसाको पछी लाग्दा लाग्दै आफनो स्वास्थ्यलाई ध्यान नै दिन विसन्र्छौ र पछि त्यो बिग्रीएको स्वास्थ्य लाई सुधार गर्न जीवन भरि को कमाई र्खचिन्छौ । के यो ठिक हो रुरुरु त्यसैले आफनो स्वास्थ्य संग कहिले पनि सम्झौता गर्न हुदैन ।
मौसम परिवर्तन र रोगहरुः
ऋहिले हामी जाडो र गर्मी को दोसांध मा छौ । यस्तो वेला हामी लाई विभिन्न रोगहरु ले आक्रमण गर्न सक्छ। विषेश गरेर यो वेला स्वास प्रस्वास संग संवन्धित रोग हरु वढि देखिने गर्छ । जस्तो ःरुघाखोकी राइनाईिटस साइनोसाइटिस टन्सीलाइटिस आदी ीय रोग हरु शुरुमा सामान्य झै लागे पनि हेलचेक्राइ गरेको खण्ड मा यसले धेरै नै सताउन सक्छ । त्यसैले हामीले यसलाई यसको शरुको अवस्था मा नै रोकथाम गर्नु सबै भन्दा ठुलो उपचार हो । यहां हामी रुघाखोकी को वारे मा केही चर्चा गर्दैछौ । रुघाखोकी स् न्ााकको म्यकोस मेम्ब्रेन को सजनलाई राइनाईिटस भनिन्छहावा मा रहेको धुला मा भएका भाइरस हरुको कारण बाट हुने राइनाईिटस लाई रुघाखोकी भनिन्छ । स्वास प्रस्वास बाट सर्ने यो रोग एडेनोइको राइनो भाईरसको संक्रमण ले गर्दा हुन्छ। शुरुमा नाक को पछाडी पोलेको जस्तो अनुभव हुने असजलिो हुनेनाक बाट जस्तो िसंगान आउने टाउको दुख्ने आसंु आउने सुख्खा खोकी लाग्ने मांशपेशी दुख्ने हुन्छ । साथै नाक बन्द हुनेहाच्छिउ आउने यसका शुरुका रुघाखोकीका लक्षणहरु हुन । हामीले यो अवस्थामा नै सानो सावधानी अपनाए यो आफै ठिक हुन्छ । तर हेलचेक्रयाई गरेमा सेकेण्डरी व्याक्टेरीयल ईन्फेक्सन हुन सक्छ । जहां बाक्लो पहेलो िसंगान आउने ज्वरो आदी हुन सक्छ । यो गराउने मुख्य व्याक्टेरीयामा स्ट्रेप्टोकोकस न्युमोकोकस र स्टाफईलोकोकस आदी हुन ।
रोकथाम उपचार
रोग जस्लाई पनि लाग्न सक्छ यो सामान्य हो तर त्यस को रोकथाम र उपचार को लागि हामि कस्ता सावधानी अपनाउछौ यो मुख्य कुरा हो । सामान्यतया रुघाखोकी लाई घर मा नै घरेलु उपचार बाट पनि निको पार्न सकिन्छ। यस्तो वेलामा तातो पानी पिउने सुप पिउने पानी मा केही मात्रा मा नुन हल्दी वा अदुवा मिलाएर उमालेर पिए अझ फाइदा पुयाउछ । चिसो पानी र खानेकुरा हरु पूर्ण रुपमा निषेध गर्नु पर्छ । घाटी र टाउको लाई छोपेर न्यानो राख्नु पर्छ। तरल पर्दाथ प्रसस्त मात्रा मा पिउने र आराम गर्नु पर्छ । नाक बन्द भएमा मनतातो पानीमा केही मात्रामा नुन हाली ज्ञद्द थोपा नाक मा हाले यसले बन्द नाक लाई खुलाउन मदत गर्छ ।तर यस्तो बेला मा घरेलु उपचारमा मात्र भर गर्न भने हुन् ना यो अवस्थामा शरिर कमजोर भएको हुनाले हाम्रो रोग संग लड्ने शक्ति ईम्युनिटी पावर कमजोर भएको हुन्छ र सजिलै वाहीरी तत्व ले आक्रमण गरि सेकेन्डरी ईन्फेक्सन गराउन सक्छ । त्यसैले सेकेन्डरी ईन्फेक्सन बाट बच्न हामीले डा। को सल्लाह अनुसार एन्टीवायटिक प्रयोग गर्न सक्छौ । तर ध्यान दिनु पर्ने कुरा कुनै पनि एन्टीवायटिक हरु आफु खुसी प्रयोग गर्न भने हुन्ना । डा। को सल्लाह अनुसार यसको पुरा मात्रा नबिराई लीनु पर्छ जुन कम्तिमा पाँच दिन सम्म प्रयोग गर्नु पर्छ । साथै टाउको दुखाईका लागी प्यारासिटामोल खाना पछि लिन सकिन्छ । यो स्वास प्रस्वासवाट सर्ने एक सरुवा रोग भएकोले माक्स को प्रयोग गर्नु उत्तम हुनेछ । स्वास्थ्य न सबै भन्दा ठुलो धन हो त्यसैले सबैले यो बुझ्न आवश्यक छ । स्वास्थ्य राम्रो भए नै हामी हाम्रो परिवार र आफनो लागी केही गर्न सक्छौ । आफनो स्वास्थ्य को ख्याल गरौ स्वास्थ्ा जीवन जिउ । । ।
Filed under: समचार |
thanku