माओवादीद्वारा प्रहरीचौकीमा आक्रमण / दश प्रहरी घाइते


यज्ञराज थापा, (दैलेख),

दैलेखको पश्चिममा पर्ने कुसापानी गाविसको पानीपोखरीमा रहेको प्रहरीचौकीमा आइतबार राति एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले आक्रमण गरेका छन्। करिब ५० देखि ६० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले साँझ ७ बजेतिर पसी सो चौकीमा कार्यरत प्रहरीहरूलाई कुटपिट गर्नुका साथै चौकीमा रहेको कागजात,प्रहरीको पोसाक र खाद्यान्नसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो प्रहरीचौकीमा हाल हातहतियार राख्ने नगरेको प्रहरी कार्यालयले जानकारी दिएको छ। माओवादी कार्यकर्ताले गरेको आक्रमणबाट सो प्रहरीचौकीमा कार्यरत १० प्रहरी घाइते भएका छन्। घाइतेमध्ये चौकीका प्रहरी सहायक निरीक्षक प्रेम थापा र प्रहरी हबलदार बरम थापाको अवस्था गम्भीर छ। गम्भीर घाइते बनेका चौकी इन्चार्ज प्रेम र प्रहरी हबलदार बरमलाई राति नै दुल्लुस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सद्वारा नेपालगन्ज पुर्याई उपचार थालिएको छ। दुवैको टाउकोमा गहिरो चोट लागेको छ। 
अन्य घाइते प्रहरीको दुल्लुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। माओवादी कार्यकर्ताले आक्रमणको क्रममा सो प्रहरी चौकीमा रहेका प्रहरीका दुईवटा निजी मोटरसाइकल पनि जलाइदिएका छन्। आइतबार दिउँसो होली खेलिरहेका बेला दुई जना माओवादी कार्यकर्ताले स्थानीय एक युवतीलाई जबर्जस्ती रंग लगाउँदै दुर्व्यवहार गरेपछि ती युवतीका आफन्त र दुर्व्यवहार गर्ने पक्षबीच सामान्य विवाद हुँदा विवाद समाधान गर्न दुवै पक्ष सो प्रहरीचौकी पुगेका थिए। प्रहरीचौकीमा विवाद समाधान नहुँदै जबर्जस्ती गर्ने पक्षलाई प्रहरीले रोक्न खोज्दा उनीहरू चौकीबाट भागेका थिए। चौकीबाट भागेपछि कुसापानी गाविसकै कुर्माकोट गाउँ पुगी कार्यकर्ताहरू जम्मा गरेर माओवादीका जिल्लास्तरीय नेता कृष्ण गुरुङ नेतृत्वको समूह एक्कासि साँझ सो प्रहरीचौकीमा आक्रमण गर्न पुगेको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: