वाईसीएल कार्यकर्ताको हत्या


माओवादीको युवा संगठन वाईसीएलका एक कार्यकर्ताको शनिबार राति सुर्खेतमा हत्या भएको छ । सुर्खेतको बोटेचौर बजारमा राति मैनतडा-८ का वाईसीएल कार्यकर्ता आशाराम विकलाई खुकरी प्रहार गरी हत्या गरिएको हो । आक्रमणबाट वाईसीएलका अर्का कार्यकर्ता हिराबहादुर विक घाइते भएका छन् । माओवादी सुर्खेत एरिया नं. २ ले युथफोर्सका कार्यकर्ताले आफ्ना कार्याकर्तामाथि आक्रमण गरेको दावी गरेको छ ।
शिक्षक हिराबहादुरलाई मैनतडाबाट सहारे सिमघाटस्थित घरसम्म छोड्न गएका बेला युथफोर्सका कार्यकर्ताले बोटेचौर बजारमा आक्रमण गरेको माओवादीको आरोप छ ।
आक्रमणमा सहारे-८ का चोकेन्द्र थापा, विरु केसी, दलबहादुर घर्ती, कोहलपुरका जनक बुढालगायतकका युथफोर्स कार्यकर्ताहरूको संलग्नता रहेको प्रहरीस्रोतलाई उधृत गर्दै सुर्खेतबाट हिमाल एफएमले जनाएको छ ।
मृतक विकको शव र घाइते हिराबहादुरलाई शनिबार राति नै क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा ल्याइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: