पालुङमा पहिलोपटक जमिनमुनिबाट पानी निकालियो


 अब सिँचाइका लागि नयाँ प्रविधि शुरु हुने
सुरजकुमार भुजेल
मकवानपुर १७ फागुन
मकवानपुरको उत्तरी क्षेत्र पालुङमा तराइमा जस्तै जमिनमुनिबाट पानी निकाल्न सकिन्छ भनेर धेरैले विश्वास गरेका थिएनन् । पहाडी धरातल भएकाले जमिनमुनिबाट पानी निस्कन्छ भन्ने कुरा स्थानीयले अनुमानसमेत गरेका थिएनन् । तर पालुङमा जमिनमुनिको पानी निकाल्न गरिएको परीक्षण सफल भएको छ ।
पाँच दिनको लागातार परिश्रमपछि जमिनमुनिबाट पानी निस्कियो । यसका लागि प्राविधिकहरुले दुई इन्चको पाइपलाई पाँच दिन लगाएर ६० फीट तल गाडेका थिए । शुरुमा केही फीट डेढ इन्चको पाइप गाडेको भए पनि त्यसको ठाउँमा पछि उनीहरुले २ इन्चको पाइप गाडेका थिए । पाइपलाई ट्युबवेलबाट जोडेर पानी निकालिएको हो । यो परीक्षण पालुङ गाविस वडा नं। ८को फाँट मयलबोट खेतमा गरिएको हो । 
पालुङको पालुङ बेमौसमी तरकारी उत्पादक कृषक सहकारी संस्थाको पहलमा यो परीक्षण गरिएको हो । यसका लागि तराइको पसा्र जिल्लाबाट तीन जना प्राविधिकहरुले काम गरिरहेका छन् । जमिनमुनि यस्तै अर्को २ इन्चको पाइप गाडेर जम्मा ४ इन्चलाई जेनेरेटरबाट कुलोमा पठाइने सोच रहेको पालुङ बेमौसमी सहकारी संस्थाका अध्यक्ष निरज प्रधानले बताए ।
पालुङमा सिँचाइका लागि पानीको मुहान सुक्दै गएपछि यस्तो विकल्प खोजिएको उनले बताए । अहिले मयलबोट खेतमा निस्किएको पानीलाई राम्ररी व्यवस्थापन गर्न सके पालुङका अन्य खेतहरुमा पनि यही प्रविधिबाट सिँचाइ गर्न सकिने स्थानीयबासीले बताए । जमिनमुनिबाट पानी निस्किएपछि स्थानीय किसानहरु खुशी भएका छन् । आइतबार ट्युबवेलबाट पानी निस्किएको हेर्न स्थानीय बासिन्दाको भीड लागेको थियो ।
बर्खाको बेला यस्तो परीक्षण गर्दा जताततै पानी हुने भएकाले अहिले सुख्खा याममा गरेको सहकारीले जनाएको छ । यहाँ जमिनमुनिबाट बर्षैभरि पानी आउने प्राविधिकहरुले बताएका छन् ।
बेमौसमी तरकारी खेतीका लागि प्रशिद्ध पालुङमा अहिले किसानहरुले धान खेती गर्न छाडेकाले वर्षा याममा भन्दा हिउँदमा बढी सिँचाइ गर्नु पर्ने हुन्छ । स्थानीय खोला तथा खोल्साहरुमा यही बेला पानीको श्रोत खानेपानीका लागि समेत अभाव हुन भएकाले सिँचाइको कुरा सोच्नु किसानहरुका लागि निकै परको कुरा हो । यस्तो बेला जमिनमुनिबाट पानी निकालेर सिँचाइ गर्न सकिने भएपछि किसानहरुमा खुशी छाएको छ । तर यो प्रविधि अलि महंगो तथा व्यवस्थापन गर्न केही झन्झटिलो हुने भएकाले विभिन्न संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने पालुङ बेमौसमी तरकारी उत्पादक कृषक सहकारी संस्थाका सचिब गौतमराज श्रेष्ठले औंल्याए ।
पालुङको मयलबोट खेतमा गरिएको परीक्षण सफल भएपछि यसलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी जानकारी दिइने सो संस्थाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: