सरकारले जनमुखी कार्यक्रम नल्याएकै कारण लाखौ युबाहरू बिदेश पलायन हुन बाध्य छन ।


            योगेन्द्र जोगी मलेशिया,
नेपाल सरकारले स्वदेशमा जनमुखी कार्यक्रम नल्याएकै कारण आज लाखौ युबाहरू मात्र नभएर युबतिहरू पनि
बैदेशिक रोजगारिका शिकर बन्न पुगेका छन् समयमै नयाँ संबिधान जारी गरी स्वदेशमै युबाहरुलाई रोजगारीको ब्यबस्था मिलाई दिएको भए आजका महान युवाहरुले देश बिकाश र
नयाँ संबिधान निर्माण गर्न महत्वपुर्ण भूमिका निर्वाहा गर्न सक्थे सरकारले बिभिन्न सिप बिभिन्न
खालको नयाँ जातको बाख्रा ,अर्ना भैशी आदि पालनको कार्यक्रम ल्याएको भए पनि विदेश पलायन हुनेको संख्या कमै हुने थियो ।
विदेश पलायन हुनेहरुको पनि सरकारको लहापरबाही कै कारण आज हामी देखिरहेका र सुनिरहेका छौ नेपाली युवा,युबतीहरु खाडी मुलुक जस्तै,मलेशिया,कतार,साउदी अरब कुबेत जस्ता
ठाउँहरुमा मालिकको गाली र सुपरभाइजरको थपड खाएर बिभिन्न खालको यातना सहेर पनि
आफ्नो श्रम पसिना बगाई रहेका छन्
भरखरै हामीले बिभिन्न संचार मध्यमहरु बाट सुनेका छौ कतारको राजधानी दोहा बिमानस्थलमा बंगलादेशी नागरिक तर पासपोर्ट चाही नेपाली भएको कारण ति युवक दोहा
बिमानस्थलमा अलपत्र परेको समाचारहरु पनि हामीले सुनेका छौ
बिभिन्न दलालहरुका कारण आज भन्दा २ महिना अगाडी मलेशिया पनि चार सय भन्दा बढी
नेपाली युबाहरु एयरपोटमा अलपत्र परेका थिए ।
यो सबै कमि कमजोरी भनेको नेपाल सरकारकै हो सरकारले स्वदेशमा ति युबाहरुलाई कुनै कार्यमा लगाई दिएको भए र बिभिन्न सडक निर्माण,पुल पुलेसा निर्माण जस्ता कार्यमा लगाई
दिएको भए आज हाम्रो देश नेपाल धेरै बिकसित हुने थियो भनिन्छ आजका महान युवा सक्ति
भनेको भोलिका महान ब्याक्ति हुन् सरकारले ति युबाहरुलाई स्वदेशमै जनमुखी कार्यक्रम खोलि
रोजगारीको ब्याबस्था मिलाई दिएको भए स्वदेशकै बिकाशमा टेवा पुग्ने थियो त्यसैले अब बन्ने
नयाँ संबिधानमा नेपाल सरकारले देश नेपालमै युवा रोजगार ब्याबसायिक संघको निर्माण गरी 
  सुन फलाउने पाखुरी भएका युबाहरुलाई विदेश पलायन हुन बाट रोक्नु पर्छ
यी सबै युबाहरुको भनाइलाई अब बन्ने नया संबिधानमा समेटिनु पर्छ
त्यसैले सरकारले युवा जनमुखी कार्यक्रम ल्याउनै पर्छ
यो सबै युवा जनसक्तिको आवाज हो
yogen.reporter@yahoo.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: