संघीयता बिरोघी नेपाली सघंर्ष समिति युएई्र


 अपिल 

संघियता चाहिँदैन देश टुक्रयाउन पाइदैन ।

आदरणीय नेपाली दजुभाई तथा दिदी बहिनीहरु ! आज हामी रोजगारको सिलशिलामा आफनो देश छोडेर परदेशमा बसेको भएता पनि आफ्नो प्यारो परिवार र मातृभूमि को मायाले सताइनैरहेको छ । देशप्रेमी जनताहरुको गौरवमय जनआन्दोलनबाट सामन्ति राजतन्त्रात्मक शासन ब्यवस्थालाई फालेर गणतन्त्रको स्थापना गर्न सफल भएतापनि प्रजातन्त्रको संस्थागत बिकास र गणतन्त्रको सुदृढिकरणका साथै शान्ति सुरक्षा सुब्यवस्था र बिकासका चुनौतिहरु हाम्रा सामु छदैछन् । एकातिर देशको दक्षिणी क्षेत्रमा सीमा अतिक्रमण जारी छ भने अर्कोतिर िसंगो नेपालका जनताहरुलाई जात-जाति भाषा-भाषी धर्म र क्षेत्रको आधारमा एक आपसबाट अलग्याई निहित स्वार्थ लाभ गर्ने आन्तरिक तथा बाह्य शक्तिहरु पनि यहिबेला कि्रयाशिल छन् । भौगोलिक तथा जैबिक बिबिधता भएको र सबै जातजातीबीच सामाजिक ससद्भावपूर्ण मिश्रित बसोबास भएको हाम्रो देशमा तराइ्र पाहाड र हिमाल एक आपसमा परिपुरक भौगोलिक अवस्थिती विद्धमान छ यही नै नेपालको परिचयको आधार पनि हो । हाल संघीयताको सन्दर्भमा ब्यापक बहस जारी रहेको बेला बिभिन्न राष्ट्रिय बुि¢जीवीहरु स्वतन्त्र नागरीक र राष्ट्रप्रेमी जनताहरुले समेत प्रस्तावित जातिय तथा क्षेत्रिय संघियता नेपाल जस्तो मुलुकको लागि उपयुक्त नहुने राय सुझाव दिँदा-दिँदै पनि हचुवाको आधारमा जातिय तथाा क्षेत्रिय संघियताको प्रस्ताव संविधान सभामा प्रस्तुत गरिएको छ । आजको नेपालको आवस्यकता भनेको सामाजिक सुब्यवस्था सदभावपूर्ण समाज शान्ति सुरक्षा र बिकास हो । प्रजातन्त्र को मुलभुत उद्देश्य राज्यमा सबै जातजाति र सबै क्षेत्रबाट समाबेशी प्रतिनिधित्व सबै धम्र जाति जनजाति का भाषा सस्कृतिको उत्थान महिला उत्पिडित तथा सिमान्तकृत जनजातिका आर्थिक समाजिक सदृढीकरण गर्नु हो । सो का लागि अनुशासित र जनताप्रति जिम्मेवारीपूर्ण राजनिति र देशको परिस्थिति अनुकुलको काार्यनिति अपरिहार्य हुन्छ । यि आवश्यकता पुरा गर्नकालागि नेपालको भौगोलिक बनावट प्रकृतिक सम्पदा एवं आम नागरिकको चााहानालाई पनि उत्तिकै महत्वपुर्ण मान्नु पर्नेे हुन्छ । नेपालमा राज्य पुनरसंरचनाको नाममा देशलाई जातिय तथा क्षेत्रिय रुपमा बिभाजन गर्ने साँेच प्रति सबै नेपालीहरु सचेत हुनुपर्ने बेला आएको छ । संघीयता को माग जहाँबाट र जसरी आएको भएपनि यसले देसलाई अल्पकालिन तथा दिर्घकालिन रुपमा राम्रो फल दिन सक्दैन भन्ने कुरा प्रष्ट भैसकेको छ । जुन जातिय रुपमा विभाजित केही राज्यहरुबाट प्राप्त दुर्दशापूर्ण परिणामले देखाई सकेको छ । तसर्थ हाम्रो देशलाई यस्तो जोखिमपूर्ण प्रयोग गरेर नेपाल र नेपालीको हित विपरित नजान र राष्ट्रिय हित अनुकुलको विकल्प अपनाई राष्ट्रिय अखण्डताको रक्षा गर्न संविधान सभामा दवाव दिनकोलागि स्वतन्त्र नागरिक समाजको पहलमा ुसंघीयता बिरोघी नेपाली सघंर्ष समिति युएइु को गठन गरीे सार्वजनिक हस्ताक्षर गर्ने कार्यक्रम संचालन गरेकाले युएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुमा यस हस्ताक्षर अभियानलाई सफल पारीदिनुहुन हार्दिक अपिल गर्दछौं ।

  

सम्पर्क 

कृष्ण ढकाल ः ०५० ४८२३०७२ एस।के। भण्डारी ः ०५० २०९४५१८
शंकर ज्ञवाली ः ०५० २०१३०३५ धर्मेन्द्र यादव ः ०५० २५०८७०५
मान बहादुर थापा ः ०५०७६४२००३ यमबहादुर पुनः ०५५ ४३३०३२९ 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: