नेपाल डिभिजन-५ को च्याम्पियन/अमेरिका ५ विकेटले पराजित


काठमाडौं, फाल्गुन १५ –
अमेरिकालाई ५ विकेटले हराउँदै नेपाल आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको च्याम्पियन भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा महबुब आलमले चार प्रहार गर्दै २१ बल बाँकी हुँदा नेपाललाई विजयी बनाएका हुन् । महबुबसँगै ज्ञानेन्द्र मल्ल पनि क्रिजमा थिए ।शनिबारको फाइनल खेलमा नेपालले ओपनिङ ब्याट्सम्यानको नयाँ जोडीलाई मैदानमा उतारेको थियो । ओपनिङ ब्याट्सम्यान अनिल मण्डल ३७ र महेश क्षेत्री २८ रनमा आउट भए । यस्तै शक्ति गौचन २३, शरद भेषवाकर ११ र कप्तान पारस खड्का ५ रनमा आउट भए ।

यसअघि नेपाललाई अमेरिकाले १ सय ७३ रनको चुनौति दिएको थियो । अमेरिका ४८ ओभरमा १ सय ७२ रन बनाएर आउट भयो । खेलमा नेपालका राहुल विश्वकर्माले ७ विकेट लिए भने विनोद दास र सञ्जम रेग्मीले एक-एक विकेट लिएका छन् । खेलको म्यान अफ दी म्याच पनि राहुल नै घोषित भए ।

खेल झलक

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपाल र अमेरिकाबीच खेल जारी । ४२ ओभरको समाप्तीसम्ममा नेपालले ४ विकेट गुमाएर १४२ रन जोड्यो । शक्ति गौचन २३ रनमा आउट । लक्ष्य १ सय ७३ रन ।

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपाल र अमेरिकाबीच खेल जारी । ३९ ओभरको समाप्तीसम्ममा नेपालले ४ विकेट गुमाएर १३३ रन जोड्यो । शरद भेषावकर ११ रनमा आउट । लक्ष्य १ सय ७३ रन ।

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपाल र अमेरिकाबीच खेल जारी । ३४ ओभरको समाप्तीसम्ममा नेपालले ३ विकेट गुमाएर ११५ रन जोड्यो । लक्ष्य १ सय ७३ रन ।

नेपालले २४ ओभरमा २ विकेट गुमाएर ८८ रन जोडेको छ । महेश २६ रनमा आउट । नेपालले २४ ओभरमा २ विकेट गुमाएर ८८ रन जोडेको छ ।

नेपालले २२ ओभरमा १ विकेट गुमाएर ८४ रन जोडेको छ । अनिमल मण्डल ३७ रनमा आउट ।

नेपालले २२ ओभरमा ० विकेट गुमाएर ८४ रन जोडेको छ ।

नेपालले २० ओभरमा ० विकेट गुमाएर ८१ रन जोडेको छ ।

नेपालले १९ ओभरमा ० विकेट गुमाएर ७३ रन जोडेको छ ।

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपाल र अमेरिकाबीच खेल जारी रहँदा नेपालको ओपनिङ जोडीले ५० रन पूरा गरेको छ । महेश क्षेत्री र अनिल मण्डलको नयाँ ओपनिङ जोडी बनाएर मैदानमा उतारेको नेपालका लागि यो सुखद् स्कोर हो ।

अनिलले ४ चौकासहित २३ र महेशले २ चौकासहित २२ रन जोडेका छन् । ४८ ओभरमा अलआउट अमेरिकाले नेपालसामू १ सय ७३ रनको लक्ष्य दिएको छ । खेल जारी छ । 

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपालले बिना विकेटको क्षतिमा १३ ओभरमा  ५५ रन बनाएको छ ।

नेपालले १५ ओभरमा ० विकेट गुमाएर ६३ रन जोडेको छ ।

आईसीसी वर्ल्ड लिग डिभिजन- ५ क्रिकेटको फाइनलमा नेपालले  बिना विकेटको क्षतिमा ४ ओभरमा १० रन बनाएको छ । महेश क्षेत्री र अनिल मण्डलको नयाँ ओपनिङ जोडी ।

नेपालद्वारा ओपनिङ ब्याडिटङ सुरु ।

अमेरिकाले नेपाललाई १ सय ७३ रनको लक्ष्य दियो । ४६.२ ओभरमा अल आउट । राहुल एक्लैले ७ विकेट लिए । 

नेपालले ९ विकेट लियो । ४३ ओभरमा १ सय ६२ रन जोडेको छ । राहुल बिक एक्लैले ६ विकेट हात पार्यो ।

नेपालले ८ विकेट लियो । ४३ ओभरमा १ सय ६२ रन जोडेको छ ।

नेपालले ५ विकेट लियो । ३९ ओभरमा १ सय ५२ रन जोडेको छ ।

अमेरिकाको तेस्रो विकेट गयो । विकेट संजम रेग्मीले लिएका हुन् । १ सय ४२ रन पुर्‍याएको छ ।

अमेरिकाले ३० ओभर समाप्तिमा २ विकेट गुमाएर १ सय १६ रन बनाएको छ । 

अमेरिकाले २ विकेट गुमायो । २६ ओभरमा १०० रन बनाएको छ ।

अमेरिकाले २५ ओभरमा १ विकेट गुमाएर ९७ रन जोडेको छ ।

अमेरिकाले २० ओभरमा १ विकेट गुमाएर ८२ रन जोडेको छ ।

अमेरिकाले १५ ओभरमा १ विकेट गुमाएर ६८ रन जोडेको छ ।

अमेरिकाले १० ओभरमा १ विकेट गुमाएर ४१ रन जोडेको छ ।

अमेरिकाले ७ ओभरमा १ विकेट गुमाएर ३२ रन जोडेको छ ।

नेपाली टीमलाई पहिलो सफलता । विनोद दासले पहिलो विकेट लियो । अमेरिकाले १ विकेट गुमाएर १८ रन जोडेको छ ।

अइसीसी वर्ल्ड लिग भिभिजन-५ क्रिकेटको फाइनमा नेपालबिरुद्ध अमेरिका । अमेरिकाले टस जितेपछि व्याटिङ सुरु गरेको छ । नेपाली टिममा हेरफेर दीपेन्द्र चैधरी टीममा छैनन् । आजको खेलमा विनोद दास टीममा छन् ।

नेपाल र अमेरिका फाइनलमा

एउटा खेलको नतिजाले प्रतियोगितामा कति फरक पार्छ भन्ने शुक्रबार प्रमाणित भएको छ । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा नेपाल र अमेरिकाबीचको खेलमा यस्तै भयो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भयो । जित्ने र हार्ने दुवै फाइनल पुगे र डिभिजन-४ मा प्रवेश गरे ।

खेलमा नेपाली दर्शकको उपद्रो पुनः दोहोरियो । अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मैदान प्रवेश गर्ने दर्शकले नेपालको हार निश्चित भएपछि मैदानमा ढंुगा र बोतल प्रहार गरे र खेल अवरुद्ध पारे । लगातार चार खेल जितेको नेपालले अन्तिम खेलमा लय कायम राख्न सकेन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट क्षतिमा १ सय ६२ रन बनायो । प्रत्युत्तरमा अमेरिकाले ३३ ओभर ३ बलमा ५ विकेट गुमाएर जित दर्ता गर्‍यो ।

असफल ओपनिङ

पाँचौं खेलमा पनि ओपनिङ जोडीको समस्या देखियो । पहिलो चार खेलमा महबुब आलम र दीपेन्द्र चौधरीको जोडीले इनिङको सुरुआत गरेको थियो तर उनीहरू सफल रहेनन् । अमेरिकाविरुद्ध दीपेन्द्रको साथमा अनिल मण्डलले ब्याटिङ सुरु गरे । राष्ट्रिय टिममा अनिलको डेब्यु बिर्सनलायक रह्यो । उनले १४ बलको सामना गर्दै चार रनमात्र बनाए ।

उनी उस्मान साहुजाको बलमा बोल्ड भए । यसअघि दीपेन्द्रले सात रन बनाएका थिए । महबुब आठौं क्रममा ब्याटिङ गर्न आए । अनिल पूर्वकप्तान विनोद दासको स्थानमा टिममा परेका थिए । आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको १० वर्षमा विनोद दोस्रोपल्ट अन्तिम एघारमा परेनन् । 

यसअघि सन् २००५ मा स्वास्थ्यको कारण उनी टिममा रहे पनि अन्तिम एघारमा परेका थिएनन् । यसपल्ट पिचले फास्ट बलरलाई साथ नदिएको भन्दै थप ब्याट्सम्यानका रूपमा अनिललाई समावेश गरिएको थियो । तेस्रो क्रममा ब्याटिङ गर्न आएका शक्ति गौचन लगातार दोस्रोपल्ट शून्यमा आउट भए । कप्तान पारसले ओर्लेन्डो बेकरको बलमा बोल्ड हुनुअघि १२ रन जोडेका थिए । प्रतियोगिताका एकमात्र शतकधारी शरद भेषावकरले पनि १५ रनमात्र बनाउन सके ।

ज्ञानेन्द्रको अर्धशतक

नेपालले ५३ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । त्यसयता ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गर्दै नेपाली टिमलाई सम्मानजनक स्थितिमा पुर्‍याए । उनले ७८ बलमा ५२ रन बनाएका थिए । उनले छैटौं विकेटका लागि महेश क्षेत्रीसँग २७ रनको साझेदारी गरे । महेशले रनआउट हुनुअघि २ रनमात्र जोडेका थिए ।

महेश रनआउट भएपछि ज्ञानेन्द्रले सातौं विकेटका लागि महबुबसँग ६२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । महबुबले एक छक्का र दुई चौका मदतले ४४ बलमा ३८ रन जोडेका थिए । महबुब र ज्ञानेन्द्र ४५ औं ओभरमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । वसन्तले १२ रनको योगदान दिए भने सञ्जम रेग्मी ४ र राहुल विश्वकर्मा एक रनमा अविजित रहे ।

स्पिन चलेन

लिगका चार खेलमा महत्त्वपूर्ण योगदान दिएका स्पिनरले अमेरिकासामु अब्बल प्रदर्शन गर्न सकेनन् । अमेरिकी ब्याट्सम्यान नेपाली बलरसामु हावी देखिए ।

सञ्जमले ५ ओभर ३ बल बलिङ गर्दै ४३ रन खर्चेर एक विकेट लिए । नौ ओभर बलिङ गरेका वसन्तले तीन मेडन राख्दै ३३ रन खर्चेर एक विकेट लिए । राहुलले ५ ओभरमा २५ तथा शक्तिले ६ ओभरमा १८ रन खर्चंदै एक/एक विकेट लिए । अर्को विकेट महबुबको नाममा रह्यो

दर्शकको उपद्रो

नेपाली टिमको हार निश्चितप्रायः भएपछि दर्शकले मैदानमा बोतल र इँटा प्रहार गरेपछि खेल आधा घन्टाभन्दा बढी समय रोकियो । अमेरिकाले १ सय ६३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा ३२ ओभर समाप्तिमा १ सय ५० रन जोडेको थियो ।

वसन्त रेग्मीको बलमा सुशील कुमारले एकै ओभरमा तीन छक्का मदतले १९ रन जोडेपछि दर्शक उत्तेजित भएका थिए ।

खेल पुनः सञ्चालन हुँदा चार ओभर घटाइएको थियो भने डकवर्थ लेविस नियमअनुसार अमेरिकाले १ सय ५७ रनको नयाँ लक्ष्य पाएको थियो । तर त्यसपछि ९ बल खेल्दै अमेरिकाले जित दर्ता गर्‍यो । उसका सुशील ५७ रनमा नटआउट रहे भने स्टिभ मसिहाले ४२ रनको योगदान दिए ।

अमेरिका उत्कृष्ट

खेलपछि प्रतिक्रिया दिँदै नेपाली टिम प्रशिक्षक रोय डायसले अमेरिका सबै क्षेत्रमा नेपालभन्दा उत्कृष्ट रहेको बताए । उनले नेपालले आवश्यकताअनुसार अभ्यास खेल खेल्न नपाएकाले यस्तो अवस्था आएको प्रतिक्रिया दिए । कप्तान पारसले सकेसम्म राम्रो खेल्ने प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनले दर्शकको व्यवहारप्रति पनि गुनासो गरे । 

अमेरिकी कप्तान मसिहाले अमेरिकाका लागि जित अत्यन्त आवश्यक रहेकाले त्यसैअनुरूप खेलेको बताए । ‘नेपाली दर्शकको मनोभावना बुझ्छु,’ उनले दर्शकको व्यवहारप्रति प्रतिक्रिया दिंदै भने ।

जर्सी र फिजी रेलिगेसनमा

डिभिजन-४ बाट रेलिगेसनमा पर्दै डिभिजन-५ खेल्न आएका जर्सी र फिजी पुनः तल्लो लिगमा झरेका छन् । अन्तिम खेलमा बहराइनले जर्सीलाई तथा सिंगापुरले फिजीलाई पराजित गरे । फिजी अन्तिम स्थानमा रह्यो भने जर्सी अन्तिमबाट दोस्रोमा रह्यो । 

अंक तालिका

टिम              खेल    जित    हार    अंक    नेट रनरेट

अमेरिका         ५        ४         १       ८        +१.३७१

नेपाल             ५        ४         १       ८         +१.३५१

सिंगापुर          ५        ४        १        ८         +१.३४७

बहराइन          ५        २        ३        ४        -०.५४९

जर्सी              ५         १         ५        २         -०.५७९

फिजी            ५         ०           ५       ०          -३.०२२

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: