कुवेतमा सकृय यूवाहरुले नेपाली समुदायलाई व्यूताए


तोयानाथ उपेक्षित
कुवेतमा सकृय प्रवासी नेपाली यूवाहरुले सुसुप्त अवस्थामा रहेको नेपाली समुदायलाई जगाएका छन । ती यूवाहरुमा त्यसवेलावाट उत्साह जाग्यो जब शुभ दिपावली २०६६को संदर्भमा प्रवासमा छरिएर रहेका कला र गला भएका प्रतिभाहरुलाई एउटा मंचमा प्रस्तुत गरे । धेरैलाई विश्वास नै थिएन त्यो साँस्कृतिक झाँकी साँच्चै सफल होला र त्यहि दिन वाट एउटा नयाँ दिनको शुरुवात होला । शुरुमा सगरमाथा क्लबलाई कलाकार सुश्री रत्ना बरालको एउटा समुहले अनुरोध गरी साँस्कृतिक समारोहको आयोजना गर्न अनुरोध गरेको तर क्लबको आफ्नो वाध्यताका कारण खास ध्यान नदिएको अवस्थामा नेपाल कुवेत डट कम को समुहलाई त्यो खबर एउटा समाचारका रुपमा प्राप्त भएको थियो । पत्रकारहरुले सोचे के स्थानीय साधन श्रोत र कलाकर्मीहरुलाई परिक्षणका रुपमा माचमा उतार्दा कुनै अपराध हुन्छर अहँ कदापी त्यसो हुन्न बरु त्यो कार्यक्रमलाई व्यशायीक नभई स्वच्छ मनोरन्जनपूर्ण बनाउने तर्फ सचेत भने पक्कै हुन पर्छ । नभन्दै रिर्हसल शुरु भयो त्यस कार्यक्रमलाई छोटो समयमा सफल बनाउन युनिटी लाईफ जनजागि्रतीले आर्थिक दायीत्वका लागि डट कम सँग साझदारी गर्न सहमती जतायो । खास गरी वर्तमान अवस्थामा सो समुहका मुख्य लिडरहरु दिपक क्षेत्री ठाकुर प्रसाद पौडेल लगाएतले तनमन र धन लगाएर सहयोग गरे । कार्यक्रमलाई खर्च असुल गर्ने सम्मको अपेक्षा लिएर आयोजना गर्ने निर्णय भयो अर्थात कुवेती २ डिनार तिरे कार्यक्रम हल प्रवेश गर्न सक्ने । यो यहाँको परिवेशमा अत्यान्त्यै सस्तो र सानो रकम मानिन्छ । जे होस दिपावलीका दिन आयोजित सो साँस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो । नसोचेको प्रहसनी स्थानीय कलाकर्मीले प्रस्तुत गरेको प्रतिकि्रया सर्वत्र रहयो । त्यस पछि समिर शाक्यको नेतृत्वमा साँस्कृतिक समुहको जन्म भयो । तर अध्यक्ष हतारिए उनले कसैसँग सोधपुछ नगरी अर्को कार्यक्रम गर्ने घाषणा गर्दै हिड्न थाले त्यसका पछाडीको सोच व्यवशायीक रुपमा नाफा कमाउने सोच नै थियो । कलाकारहरुले त्यसलाई स्वीकार गरेनन । अन्तत समिरवाट मनु भुजेलमा नेतृत्व हस्तान्तरण भयो । आगामी नव वर्ष २०६७ को सन्दर्भमा एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न उक्त माच हाल कि्रयाशिल रहेको छ र त्यसको रिर्हलसल चलिरहेको छ । आयोजक भन्छ कार्यक्रम विगतको भन्दा स्तरिय र भव्य हुनेछ । के हो त आधार त्यस तर्कका पछि नेपाल कुवेत साँस्कृतिक माचका अध्यक्ष भन्छन हामी सँग विगतको भन्दा धेरै जनशत्ति कलाकार र सहयोगी हातहरु प्रसस्त उत्साहका साथ अघि बढेका छन । कलाकारहरु पनि खारिएका र नयाँ चेहराहरु थपिएका छन । उहाँ भन्नुहुन्छ । युगल जोडीका नृत्य अत्यान्त्यै आर्कषक र व्यवशायिक लागदछन । कार्यक्रम संयोजक सुजन के सी का अनुसार निर्दयतापुर्वक धेरै प्रतिभाहरुलाई माच दिन नसकिने अवस्था भएको छ किनकी यसपटक अत्यान्त्यै धेरै कलाकारहरु प्रतिस्पर्दामा उत्रिएका छन । सिमीत समयको कार्यक्रममा सवैलाई अटाउन समयले मान्दैन ।
अहिले कलाकारहरु आफ्नो प्रस्तुतीलाई आर्कषक एवं को भन्दा को कम बनाउन ऐना हेरेर तयारी गर्दैछनरिर्हसलमा सिकेको नृत्यलाई माचमा जस्ताकोतस्तै पस्कन र प्रवासको एउटा स्थापित कलाकार बन्ने मौका र चुनौतीलाई सामना गर्न त्यति नै अनुशासित रहनु पर्ने माचका अध्यक्षको आग्रहलाई समेत कलाकारहरुले पालना गर्ने गरेको पाईन्छ । आशा गरौ नेपाल कुवेत साँस्कृतीक माचले दोश्रो प्रस्तुती पनि अपेक्षा अनुरुप नै प्रस्तुत गर्नेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: