तरुनि खोज्न नेपाल पर्यटन बर्ष २०११


बिमल लामीछाने

सन १९९८ मा काठमाण्डौको टुडीखेलबाट सुभारम्भ गरिएको नेपाल भ्रमण बर्षले कुनै चमत्कार गर्न नसकेको कुरा तत्कालीन पर्यटन बोर्डले सन १९९९मा प्रकाशित गरेको तथाङ्कले देखाउछ । तर फेरी पनि एक पटक लहडको भरमा नेपाल सरकारले पर्यटन बर्ष २०११ को घोषणा गरेर तथाकथित नाटक मन्चन गर्दै छ । हुनत यस पटक को लागी नेपाल का राजनैतीक दलहरुले एउटा नयाँ जमर्को गरे झै देखीन्छ तर भबिष्यले देखाउला ति पथभ्रष्ट नेताहरुले आफ्ना बोलीको लोली फेर्न कति दिन कुर्नु पर्ने हो। सायद नेपालका पर्यटन मन्त्रीलाई यो कुराको ज्ञान नभएर हो या देशले मागेको आबश्यकता बाट जनताको ध्यान मोडन को लागी गरिएको यो घोषणा हो । समय सगै सबै कुराहरुले यथार्थता पाउने नै छ । बिभीन्न  अर्थशास्त्रीले गरेको मुल्याङकन भन्दा परक सन्दर्भमा नेपाल सरकारले आज नेपाल पर्यटन बर्ष २०११ को दिप प्रर्जलन गरेरै छोडयो । 

हालैका  दिनहरुमा आगामी केहि बर्षहरुलाई ख्याल गरेर भारत, श्रीलङका, मान्दिप्स, मलेसिया लगायतका देशहरुले पनि पर्यटन हरुलाई आकर्षित गर्द बिभिन्न खाले योजनाहरुको सार्बजनिक गरेको कुरा सन्चार माध्यममा आएको छन । तर नेपालको सन्दर्भ भने फरक छ । कुनै पर्यटन नेपाल किन आउने भनेर सोधेमा त्यसको जबाफमा नेपाल पर्यटन बोडका अधिकारी नतमस्तक छन , नेपालमा बिश्बका ७ भन्दा बढि अग्ला हिमाल छन तर हिमाल चढन कै लागी कति जना बिदेशिहरु नेपाल आउछन । के हिमाल चढाएर मात्र देशको पर्यटन प्रबद्रृन हुन्छ । भारतीय पर्यटकहरुलाई पशुपतीनाथ तथा मुक्तीनाथको नारा दिईन्छ । मन्दिर नै जाने गरि कती पर्यटन नेपाल आउछन । आधुनीक समाजका युबा मानसीकता लगायत बिश्ब बजारको सामान्य सिदान्त पनि नेपाल सरकारले पर्यटकिय नारामा आधारीत गराउन सकेको छैन तथाकथित नाराको भरमा कति आन्तरीक पर्यटकले नेपालकै भ्रमण गर्छन । बिश्बमा कस्ता खाले मान्छेहरु भ्रमणमा निस्कन्छन र उनिरहुको सामान्य मानसिकता के हो भनेर  पर्यटन बोर्डका हाकिमहरुले अध्यायन नै गरे झै पाईएन। 

उदाहरणको लागी नेपालका निजामती कर्मचारीमा बिदामा देश देशाटन गर्नु पर्छ भनेर कती  निजामती कर्मचारीले सार्बजनीक बिदा लिने गरेका छन त ? एक जना सरकारी सेबाका हाकिमले मलाई केहि बर्ष पहिले  नेपालगन्ज तिर भन्थे ,” छ छ महिनामा जिल्ला जिल्ला सरुबा हुन्छ ,किन पर्यटन बनेर घुमिरहनु पर्यो र ?” उनको प्रतिप्रश्नले म नतमस्तक बनेको थिए ।

 आजको “पर्यटन सग सगै २०११” को दिप प्रज्वोलन कार्यक्रमको टुडीखेलबाट प्रतेक्ष्य प्रशारण गरिरहदाँ कुनै एक टेलीभिजन कार्यक्रम सन्चालीकाले “म जस्तै तरुनि हरु देश भरी पाईन्छ ,घरकि स्बास्नी हेरेर बस्न छोडौ ,तरुनी खोज्न देशको भ्रमण गरौ” भनेर कुन किसीमको पर्यटनको परीभाषा दिईरहेकी थिईन सामान्य नेपाली मानसीकताले बुझ्न भ्याए झै लागेन । हुन त केहि बर्ष पहिले देखी नै हालका पर्यटक मन्त्रीले साबर्जनीक रुपमा नेपाललाई थाईल्यान्डमय बनाउनको लागी बेश्यालय खोल्न लाईसेन्स दिनु पर्ने बताएर यौन पर्यटनको  बिबाद नगरेका भने होईनन । जे भए पनि नेपालको शान्तीमय पर्यटन बर्ष २०११ लाई शुभकामना ।

जदौ

कुबेत : 66529737

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: