खाडी मुलुकमा नेपाली महिलाका समस्या र समाधानका उपायहरु


ऐशमिन बेगम  

रोजगारीको प्रचुर मात्रा भएको खाडी राष्ट्रहरु मध्येको एक साउदी अरब अधिकांश नेपालीहरुको रोजगारको केन्द्र विन्दु बनेको छ । जहांको अर्थ व्यवस्थालाई दिगो रुप दिनको लागी ५ लाख भन्दा बढी नेपालीहरुले आफ्नो श्रम बेच्दै आएको तथ्याङ्कको आधारमा देखिन्छ । साउदी सरकारले बर्षेनी लाखौंको संख्यामा नेपाल भारत श्रीलंका पाकिस्तान इन्डोनेसिया बंगलादेश फिलिपिन्स लगायतका राष्ट्रहरुबाट श्रमिकहरु आयत गर्ने गर्दछ । जहां नेपाली श्रमिकहरुको कुरा गर्नुपर्दा केहि मात्रामा नेपालीहरु आफ्नो परिवारको साथमा सम्पन्न तरिकाले बसोबास गरेको पाईन्छ भने अन्य नेपालीहरु योग्यता र सीपको आधारमा विभिन्न क्षेत्रमा कार्यरत छन ।
साउदी अरबमा नेपाली महिलाहरुको अवस्थाको बारेमा भन्नुपर्दा परिवारसंग रहेका महिलाहरुको स्थिती सुदृढ नै देखिन्छ भने घरेलु कामदारको सिलसिलामा आएका अधिकांश दिदीबहिनीहरुको अवस्था दयनीय र पिडादायक हुनुको साथै यकिन रुपमा उनीहरुको संख्या किटानकासाथ भन्न पनि नसकिने छ तर अनुमानका आधारमा भन्दा ५००००।- को हाराहारीमा रहेको अनुमानित तथ्याङ्क विभिन्न श्रोत अनुसार देखिन्छ । साउदी अरव लगायतका खाडी मुलुकहरुमा कानि शेर्पाको हत्या पश्च्यात महिला प्रवेशलाई रोक लगाइएको भनिएता पनि ठोस सरकारी नीति कार्यान्वयन हुन नसक्दा अवैध रुपमा अज्ञानता तथा अशिक्षाको कारणले विभिन्न प्रलोभनमा परी सुनौलो भविश्यको सपना बोकी दिल्ली बंगलादेश तथा मुम्बईको हवाई मार्ग प्रयोग गरी साउदीको मरुभूमिमा आउने गर्दछन् नेपाली दिदीबहिनीहरु । एउटा झुटलाई लुकाउन थप अरु झुट बोल्नुपर्छ भने जसमा अवैध रुपमा आउने हुँदा उनीहरुको शोषण दिल्ली तथा मुम्बई शहरबाट नै शुरु हुन्छ । विभिन्न दलालहरु मार्फत आउने हुँदा कतिपय नक्कली पासपोर्ट तथा कतिपय अन्य महिलाको नाममा आउने गर्दछन् । प्रर्दशनीमा राखिएको बस्तु सरह मालिकहरुले रुप तथा जिउडाल हेरेर पनि महिला दिदीबहिनीहरुलाई रोजेर आफ्नो गृहकार्यको लागी ल्याउने गर्दछन् । अनि शुरु हुन्छ जीवनका उराठ लाग्दा दिनहरु साउदीको बन्द कोठाको यातना अनि पिडा ।
नेपालको गाउँघरमा खुला रुपले मेहेनत गरी खाने ती महिलाहरु भाषाको समस्या तथा बन्द कोठामा कामको बोझ मानसिक शारीरिक कष्टका कारणले निसाशित हुन पुग्छन् । जाउँ भने जाने ठाउँ हुदैन गरौ भने केही उपाय हुदैन । कतिपय अवस्थामा ति महिलाहरुले आफ्नो मालिक लगायत उसका सन्तान तथा इष्टमित्रको शारीरिक सन्तुष्टि पनि शान्त पार्नु पर्ने बाध्यता उत्पन्न हुन्छ । बन्द कोठामा छटपटिएर कयौं चेलीहरुको मानसिक सन्तुलन पनि गुम्न जान्छ भने केहीले आत्महत्या समेत गरेको समाचारहरु प्रकाशन भएको पाइन्छ ।
शारीरिक मानसिक यातना मालिक्नीको दुव्र्यवहार कामको बोझ खाना नपाउने तोके बमोजिमको तलब नदिने आफ्नो घरपरिवारसंग सम्पर्कसम्म गर्न नपाउने जस्ता जटिल समस्याको समाना गर्न नसकेर मौका छोपी उनीहरु भागेर सडकमा आउने गर्छन् । जहां भाग्यवश नेपालीहरुको सहयोग पाए भने दुतावासको शरणमा आइपुग्छन् भने कतिपयको अवस्था भागीसकेपछि पहिलेको भन्दा अझ कष्टकर हुनपुग्छ । मद्दतको नाममा पुनः एकपटक शोषित हुनपुग्छन् भने कतिपय त उल्टो प्रहरीको फन्दामा परी जेलको चिसो िछंडीमा सजाय काट्न पुग्छन् । खाडी लगायतका मुलुकहरुमा नेपाली महिलाहरु सम्बन्धि उचित तथा आवश्यक सम्पूर्ण पक्ष नै अव्यवस्थित भएको हुँदा ती महिलाहरुको सुखद भविष्यको सपना नारकिय जीवनमा परिणत भइदिन्छ ।
हालै मात्र अरब न्यूज अनलाइन संस्करणलाई उद्धत गर्दै साउदी स्थिति स्थानीय रोजगारदाता समितिका उपाध्यक्ष ब्_िष् ब्ि त्तगचभकष् ले अन्य देश लगायत नेपाली महिला कामदारहरुलाई प्रतिवन्द्ध लगाउने कुरा उठाएका छन् । जुन अति गम्भिर रुपमा लिनु आवश्यक छ । महिलाहरुले देशको अर्थतन्त्रमा मात्र नभई परिवारको स्थितिमा पनि महत्वपूर्ण भूमिका प्रदान गर्न सक्ने हुनाले प्रतिवन्ध होइन कि व्यवस्थित बनाउनु जरुरी छ । निम्न समाधानका पक्षहरु महिलाको हकहितमा निकै मजबुत देखिन्छ यसमा सबैको ध्यान आकर्षण हुन जरुरी छ ः
क राजदुतावासको पहल ः यदि दुताबासको पहलमा नै हाउसमेडको भिषा उपलव्ध गर्न सकियो भने यसले सुरक्षाको ग्यारेन्टी प्रदान गर्न सक्ने हाउसमेडको समाधान हुने अपेक्षा गर्न सकिन्छ । जसको लागी कुटनितिक पहलमा यस समस्याको समाधान गर्न सकिन्छ । नेपाली दिदी बहिनीहरुले भोग्नु परेको दुर्दसा आदी पनि घटदै जानेछ । यसको साथै श्रम सहचारीको नियुक्ती पनि यसैलाई आधार मानी गरेको खण्डमा आगामी दिनहरुमा समस्या न्यून हुदै जाने छ ।
ख भारतको हवाई मार्ग निषेध ः नेपाल तथा भारतको कुटनीतिक निकाय बीच यस्तो श्रम सम्झौता गरियोस् जबसम्म ९ल्इऋ० ल्य इदवभअतष्यल ऋभचतषष्अबतभ साथमा हुदैन तबसम्म नेपाली महिलाहरुले साउदी लगायतका खाडी मुलुक आउन नपाउने र नक्कली पासपोर्ट प्रयोग गरे नगरेको ठोस प्रमाण पनि ती महिलाहरुसंग अनिवार्य हुनुपर्ने प्रावधान मिलाउन सकिएमा पनि अवैध प्रवेश बन्देज हुन गई आगामी दिनमा भोग्नु पर्ने समस्या समाधान गर्न प्रभावकारी कदम सावित हुनेछ जो अति महत्वपूर्ण पक्ष हो ।
ग रिक्रुटिड।मा दबाब ः खाडी लगायतका राष्ट्रहरुमा काम गर्न आउन चाहने महिलाहरुलाई काम भाषा तथा सीपको बारेमा पूर्ण वा आंशिक रुपमा अनिवार्य ज्ञान दिनुपर्ने । यदि तोके बमोजिम काम तलब र सुविधा नपाएको खण्डमा मेनपावर विरुद्ध कारबाही गरिने साथै भुक्तानी रकम पनि फिर्ता गर्नुपर्ने नियम लागु गरिएमा मेनपावर माथि दबाब बढ्न गई महिलाहरुको समस्या निराकरण गर्न केही हदसम्म सार्थक प्रयास सावित हुनेछ ।
घ आत्मज्ञान ः खाडी मुलुकहरुमा आउने महिलाहरुलाई मानव अधिकारवादी संस्थाहरु जस्तै महिला आयोग गैरसरकारी निकाय यूनिफेम पौरखी माइती नेपाल ब्द्यऋ ल्भउबि आदिले खाडी मुलुक र त्यहां जांदा आइपर्ने समस्याको प्रकृति र समस्या आए पश्चात दुतावासको मद्दत लिनुपर्ने बारेमा जानकारी दिएमा आत्मज्ञान बृद्धि हुनगई समस्या न्यून हुन जान्छ ।
ङ साउदी दुताबास नेपालमा स्थापना ः यसरी खाडी मुलुकहरुका दुतावास तथा कुटनीतिक निकाय नेपालमा खोल्न सकियो भने आगमन प्रकृयामा सरलता आउने दलालहरु हतोत्साहित हुने साथै दुबै निकायहरु बीच व्यवस्थित रुपमा ती दिदीबहिनीहरुको पूर्ण विवरण रेकर्ड राख्न सकेमा समस्या आएको खण्डमा समाधान प्रकृया निकै सरल हुन जानेछ ।
च क्ब्ख्भ् ज्इग्क्भ् स् स्रोत तथा साधन सीमित तथा दुतावासले गर्नुपर्ने कार्यक्षेत्र बृहत हुनाले समस्यामा परेका महिलाहरुको उद्धार सफल रुपमा हुन सकिरहेको छैन तसर्थ दुताबासको शरणमा परेका महिलाहरुको उद्दारको लागी क्ब्ख्भ् ज्इग्क्भ् को व्यवस्था गर्न नेपाल सरकारलाई जोड दिनु अत्यन्त जरुरी देखिन्छ । सेफ हाउसको अभावमा पनि उद्दार प्रकृयामा ढिलाई आउने हुदा यसर्थ सेफ हाउसको व्यवस्था मिलाउन सकेमा समस्यामा परेका महिलाहरुको पीडा कम गर्न सकिन्छ ।
छ गाउघर सचेतना कार्यक्रम संचालन ः साउदी लगायतका खाडी मुलुकहरुमा रोजगारीको क्रममा आएका हाम्रा नेपाली दाजुभाईहरुले पनि खाडी मुलुकमा महिलाहरुको लागी कस्तो माहोल हुन्छ कस्तो समस्या आउन सक्छ वा अवैध रुपमा जानु हुदैन भन्ने जस्तो आदि आफूले जानेका बुझेका कुरा आफ्नो गाउघर छिमेकमा पुर् याउन सकेपनि यसले महिलाहरुमा चेतना प्रदान गर्न मद्दत पुर् याउछ जसले मानसिक चेतना बृद्धि गर्छ ।
ज साझा सद्भाव ः विभिन्न समस्याको मारमा परेर दुताबासको शरणमा परेका हाम्रा दिदीबहिनीहरुको मद्दत गर्न सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुको पनि जिम्मेवारी हुन आउछ । हामी सबैले आफ्नो गाउ अाचल तथा जिल्ला नभनिकन एउटा नेपालीको नाताले सक्दो योगदान गर्न पछि नहटी दुतावाससंग सहकार्य गर्ने जसले गर्दा दुताबासलाई मद्दत हुने र हामी सहयोगको लागी तत्पर रहने हुदा उद्दारको पर्खाईमा रहेका चेलीहरु छिटो र सुरक्षित रुपले नेपाल फर्कन सक्षम हुनेछन् ।
अन्तमा
१ वैदेशीक रोजगारमा महिला माथिको विभेदको अन्त्य हुनु पर्दछ । कामदार पठाउदा लैडि।गक भदभाब नगरिने ग्यारेनटी ऐनले गरेको छ तर ब्यबहारमा त्यो लागु छैन ।
२ वैदेशीक रोजगारमा गएका महिलाहरुले स्वदेशी विमानस्थलको प्रयोग गर्न पाएको छैन यसले समस्याको समाधान हैन दुविधा निम्त्याएको छ ।
३ वैदेशीक रोजगारमा गएका महिलाहरुको र निजको परिवारको सामाजीक सुरक्षा र कल्याणको लागी वैदेशीक रोजगार कल्याणकारी कोषको सही सदुपयोग गर्नुपर्नेछ ।
४ वैदेशीक रोजगारीमा गएका महिला कामदारहरुको लागी उचित शिसु स्याहार केन्द्रको स्थापना र साचालन गर्नुपर्ने छ ।
५ वैदेशीक रोजगारीमा गएका महिला कामदारहरुको निमीक्त सुरक्षित गृहको स्थापना गरीनु पर्छ ।
६ महिला दलित आदिबासी जनजाती उतपीडित वर्ग क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवी प्रकोप पिडित महिलाहरुलाई बैदेशीक रोजगारीमा आरक्षणको सुविधामा भेदभाब गरिनु हुदैन ।
७ वैदेशीक रोजगारमा जानुभन्दा पहिले प्रत्येक कामदारहरुले अभिमुखीकरणको कक्षा लियमा धेरै समस्याहरुबाट छुटकारा मिल्ने निश्चीत छ ।
र जांदाजांदै म श्रीमति यशमिन वेगम गैरआावासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट हार्दिक घन्यवाद तथा कृतज्ञता प्रदान गर्न चाहान्छु । नेपाली दुतावास साउदी अरेविया परिवारलाई जो निकै नै सक्षम तथा योग्य छ आ आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन गर्नको लागि ५ लाख भन्दा बढि नेपालीको समस्यालाई सीमित स्रोत तथा साधनका बाबजुद पनि राहत दिने भरमग्दुर प्रयास गरेकोमा साथै नेपाली महिलाहरुको राहत कार्यलाई आफ्नो दैनिकीको रुपमा लिई अधिकांशलाई जिम्मेवारी तथा व्यवस्थित रुपले नेपाल फिर्ता पठाउन सफल भएकोमा । आगामी दिनहरुमा पनि नेपाली दुताबास साउदी अरेवियाले सम्पूर्ण नेपाली दाजुभाई दिदीबिहनीहरुलाई राहत प्रदान गर्दै आफ्नो सक्षम कार्यशैलीले अमिट छाप छाड्ने आशाका साथ पुनः एक पटक आभार व्यक्त गर्न चाहान्छु । साथै नेपाल स्थित सम्पूर्ण मानव अधिकारवादी संस्थाहरुलाई पनि धन्यवाद दिन चाहान्छु दुताबाससंग सहकार्य गर्दै सहयोगको भावनालाई आत्मसाथ गरेकोमा । 

Yasmin Begam

Co Opted Member

Middle East – ICC

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: