संबिधान निर्माण र हाम्रा दाइत्वहरु : –


 डिल्ली राज पौडेल – बाल्टिमोर

 ऐतिहासिक संबिधान तोकिएको समयमा नै निर्माण गरिनुपर्दछ | तोकिएको समयमा संबिधान निर्माण भएन भने के हुन्छ भन्दापनि समय सिमा भित्रै संबिधान निर्माण गर्न के गर्नु पर्दछ भन्ने आजको मुख्य सबाल हो | नेपालको संबैधानिक इतिहासमानै पहिलो पटक निर्माण हुन लागेको आसन्न संबिधान अहिले राजनीतिक दलहरुको दलीय स्वार्थको चपेटामा परेको छ | त्यसका काउन्ट -डाउनका दिनहरु नजिकदै जादा र दलहरुका कार्य शैली देख्दा आसा भन्दा बढी निरासा र शंकाको कालो बादल मडारिदै छ, आमनेपालीमा | मुलुकको संक्रमणकालिन अबस्थालाई आधार बनाएर समाधानको उपाय भन्दा थप समस्या निर्माण गर्न क्रियासिल दलहरुको कार्य शैली मुलुकको मुख्य समस्या हो | अहिले संबिधान निर्माण कार्य समयमाहुन नसक्नुको कारण राजनैतिक दलहरुले जनमतको विविधतालाई आधार बनाएर आफ्नो कमजोरी लुकाउन खोज्दै छन् | संबिधान निर्माणको आधारशिलानै निर्माण नगरी त्यसको समग्र रुप खोज्ने दलीय सोचाइनै गलत छ | संबिधानसभाबाट निर्माण गरिने संबिधान साझा भावनाको प्रतिबिम्ब हो, सहमति र सहकार्य बाट मात्र संविधानको साझा आधार स्तम्भ निर्माण गर्न सकिन्छ | मुलुकको बिशिस्ठ राजनीतिक अवस्थालाइ नजरअन्दाज गर्दै सामान्य राजनीतिक अबस्थामा जस्तै दलीय स्वार्थको निम्ति खेलिदै गरेको सत्ता राजनीति आजको अर्को समस्या हो | सत्ता केवल स्वार्थको निम्ति होइन बरु नैतिक बन्धन र जिम्मेवारी बहनको अग्निपरिक्षा समेत हो अनि दलीय स्वार्थ राष्टिय स्वार्थको बाधक बन्नु हुदैन त्यसैले जतिसक्दो चाडो सहमतिको साझा सरकार गठन गरि संबिधान निर्माणको साझा संकल्प प्रस्ताब तयार पार्नु पर्दछ | यहि साझा संकल्प प्रस्तावले जनमानसमा उठेका बिबिधतालाई एकताबद्ध गर्दै संबिधान निर्माणको कार्यलाई पूर्ण रुप दिन सकिन्छ | विचार, भूगोल, दलित-जनजाति, लिंग आदिका फरकका आधारमा फरक मत आउनु स्वाभाविक हो, विचार व्यक्तिको आत्मनिर्णयको अधिकारको बिसय हो तर व्यक्तिगत इच्छा रास्टको स्वार्थको बाधक हुनुहुदैन | राजनीतिक दलहरुले आ-आफ्ना बैचारिक मतदाता,भूगोल र वर्गबाट सझामत तयार पार्नको निम्ति जनतासंग पुग्ने र सबैका साझा मतबाट संबिधान निर्माण गर्नेहो भने किन बन्न सक्दैन संबिधान तोकिएको समयमा ? अहिलेपनि राजनीतिक दलहरु संविधानको स्वरुपको ’boutमा आफै प्रस्ट छैनन | कुनैपनि दलको प्रस्ट रोडम्याप छैन, आफ्ना मतदातालाई प्रस्टपार्ने भिजन छैन अनि आफ्नै दलभित्र अस्पस्ट छन् दलहरु अनि कसरी बन्न सक्तछ रास्तिया सहमति ? प्रस्ट हुनुपर्ने बिसय के हो भने समस्या जनस्तरमा होइन नेतृत्वमा छ,व्यक्तिमा होइन दलगत रुपमा छ, त्यसैले प्रतेक नेपालीले दलीय समर्थनको नाउमा अन्धभक्त होइन बिबेकसिल भएर जनमतको सदुपयोग गर्नको निम्ति राजनीतिक दलहरुलाई जनदबाब दिने बेला आएको छ | मुलुकमा बस्नेले भौतिक रुपमा र मुलुक भन्दा बाहिर बस्नेले समेत यस महत्वपूर्ण समयमा नैतिक दवाब दिएर तोकिएको समयमा संबिधान निर्माण गर्नुपर्ने युगको दाइत्व थपिएको छ हाम्रो काधमा | बाध्यताले बिदेसिएका सिक्षित वर्ग सबैले राजनीतिलाई फोहोरी खेल भन्दै चुपलागेर बस्यो भने जन्मेको माटो र टेकेको धर्तीले सराप्ने छ र नेपालीपनको अस्तित्व संकटमा पर्नेछ | खोइ कहा छ एन आर एन ? आगामी संबिधानमा एन आर एनका भावना, अनुभबलाइ राष्ट निर्माणमा लगाउन आन्तारास्तीय गोष्ठी र सेमिनार गर्नुपर्ने बेला हो यो | उमेरले होइन ब्यबहारिक परिपक्वता प्रस्ट पर्ने चुनौति थपिएको छ, एन आर एनको नेतृत्वलाई | मुलूकको जटिलतालाई निराकरण गर्न बिदेसका प्रत्येक सामाजीक संस्थाहरुले सामुहिक स्वरमा संबिधान निर्माणको निम्ति दबाब दिनु पर्दछ आज | नेपाली नागरिक वा नेपालमा जन्मेको नागरिकको नाताले अनि मुलुकलाई रोयल्टी र कर तिरेको आधारले संबिधान निर्माण गर्ने दबाब दिनु हामी सबैको नैसर्गिक आधिकार हो | हाम्रो सानो प्रयत्नले मुलुकले काचुली फेर्दछ भने त्यसको निम्ति लागि पर्नु मानबिय धर्म समेत हो | बिचारलाई धरतालले छेक्न सक्दैन, सिमाना काट्दैमा बिचार मर्दैन भन्दै बिदेसमा समेत पार्टीका सम्पर्क निकायहरुले समेत संबिधान निर्माणको निम्ति दबाब दिनुपर्दछ, दबाब र प्रभाबका दृष्टिले राजनैतिक क्षेत्रबाट आएको दबाब अरु प्रभावकारी हुन सक्दछ | त्यसैले आउ आज प्रतेक टोल र राज्यका, सबै क्षेत्र र विधाका एन आर एन बासिहरुको एउटा अन्त रस्तिया ऐक्यबद्धता निर्माण गरौ,संबिधान निर्माण समयमानै सम्पन्न गर्नको निम्ति, जन्मभूमिको भारा तिर्नको निम्ति र नागरिक कर्त्यब्य पुरा गर्नको निम्ति आ-आफ्नो क्षेत्रबाट जुटौ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: