महतोको तीन करोडको क्रियापुत्री घर


फुलकुमारी महतो मेमोरियलय ट्रष्टको सहयोगमा पशुपति क्षेत्रमा क्रियापुत्री घर निर्माण गरिनेभएको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आमा फुलकुमारी महतोको स्मृतिमा बनाउन लागेका हुन् ।

शुक्रबार महतो, उनका छोरा र पशुपति विकास कोषका सदस्य सचिव सुशिल नाहाटाले क्रियाघरको सिलन्यास गरे । तीन करोड रुपैंयाको लगानीमा बनाउन लागिएको घरमा २२ कोठा हुने निर्माणमा संलग्न इन्जिनियर निर्माण शाक्यले बताए । उनका अनुसार, क्रियापुत्री घरमा भान्सा, शौचालय, स्नानघर लगायतका सुविधाको ब्यवस्था गरिनेछ ।

२ बर्ष भित्रमा क्रियापुत्री घर निर्माण गरिसक्ने योजना छ । भवनसंगैं आसपासमा बस्ने पाटीहरुको पनि मर्मत गरिनेछ । पुराना घरलाई भत्काएर नयाँ बनाइने शाक्यले बताए । यसअघि पनि महतोबाट प्राप्त भएको एक करोड बढि सहयोगमा त्यहाँ यस्तै क्रियापुत्री घर निर्माण भएको थियो । ट्रष्टका नाममा महतोले स्वास्थ्य, शिक्षा र सरसफाइमा सहयोग गर्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: