नयाँ नेपालको थोत्रो एयरपोर्ट


अमेरिका, अष्ट्रेलिया, जापान वा युरोपका विकसित मुलुक जस्ता टाढाका ठाउँबाट आउनै पर्दैन। हङकङ, सिङ्गापुर र ब्याङ्कक पनि पुग्नुपर्दैन। त्यहीं नजिकको दिल्ली पुगेर फर्कंदा पनि काठमाडौंमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको असलियत छर्लङ्ग हुन्छ। नामका अघिल्तिर अन्तर्राष्ट्रिय राखेर के गर्नु! त्यस नामलाई सार्थक बनाउन चाहिने सर-सुविधा र सेवाको स्तर भने हामीकहाँ नदारत छ। 

दरिद्रता, पछौटेपन र अव्यवस्थाको समग्र प्रतीक जस्तो देखिन्छ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। हामी गरिब छौं, पछौटे छौं, लथालिङ्गे छौं र सदाकाल यस्तै रहने कसम खाएका छौं भने झै लाग्छ हाम्रो तथाकथित अन्तर्राष्ट्रिय विमानस्थलले। अँध्यारो, उदासी र अकर्मण्यता स्वागतमा पर्खिरहेका हुन्छन् नेपाल भित्रने यात्रुहरूलाई।

घिच्रामा नामको बिल्ला झ्ुन्ड्याएर उभिएका धेरै मनुवाहरू देखिन्छन्। तर तिनलाई कुनै हतारो या चटारो भएको पाइँदैन। कतिको त निश्चित काम पनि देखिँदैन। कसैलाई सहयोग वा मर-मद्दत गर्नमा पनि उनीहरूको सरोकार देखिँदैन। क्वारक्वार्ती, ट्वालट्वाल्ती हेर्दै यत्रतत्र उनीहरू त्यसरी उभिएका हुन्छन् मानौं गोदोको प्रतीक्षामा छन्। जो काममा खटिएका छन् तिनलाई सजिलै चिन्न सकिने एकनासको पहिरन छैन। ढिलासुस्ती र असहयोगी भावना देखाउनमा होडबाजी गर्छन्। यन्त्रलाई भन्दा दुई हात चलाएर गरिने छामछुमलाई महत्व दिन्छन्।

शौचालयको सरसफाइदेखि हरेक वस्तुले गुणस्तरहीनता र अकर्मन्यतालाई प्रमाणित गरिरहेका हुन्छन्। यस्तै थोत्रो एयरपोर्ट राखेर बन्छ एक्काइसौं शताब्दीको नयाँ नेपाल?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: