नम्रता अब एम्बेसडर


डिजे तान्त्रिकसँगको यौन भिडियोका कारण नेपाली चलचित्र जगत्बाट पलायन अवस्थामा पुगेकी मोडल तथा नायिका नम्रता श्रेष्ठ ६ महिनाको अन्तरालपछि बुधबार एक सार्वजनिक कार्यक्रममा निर्धक्क प्रस्तुत भइन्।

पुल्चोकमा आयोजित खेलकुदसम्बन्धी पत्रकार भेटघाटमा उनी एम्बेसडरका रूपमा उपस्थित थिइन्। सांग्रिला क्रिकेट एकेडेमीले बिच क्रिकेट फेस्टिबलका लागि नम्रतालाई गुडविल एम्बेसडर (?) बनाएको हो। पत्रकार भेटघाटपश्चात नेपाल समाचारपत्रसँग कुरा गर्दै नम्रताले सेक्स भिडियो टेपलाई स्क्यान्डल नभएको बताइन्। ‘उक्त घटनालाई स्क्यान्डल भन्न चाहन्न’ उनले सुनाइन्- ‘बरु मैले पेसा बुझ्ने मौका पाएँ, फिल्म उद्योग बुझ्ने मौका पाएँ र जीवन बुझ्न पाएँ।

म कतै हराएकी छैन, स्पोन्सरसीपमा कुनै फरक परेको छैन।’ नम्रताले भनिन्- ‘म आफ्नो रेस्टुरेन्टमा व्यस्त छु, चलचित्रमै छु।’ सेक्स स्क्यान्डलपश्चात करियरमा असर पारेको भने उनले स्वीकार गरिन्। ‘मैले फरक पर्दैन भने पनि असर त परि नै हाल्छ’ उनले भनिन्- ‘एउटा चलचित्र अहिले पनि गर्दै छु।’ उनले शान लगाइन् ‘म चुजी एक्ट्रेस हु, पहिलेदेखि नै वर्षमा एउटा फिल्म छानेर खेल्ने गरेकी थिएँ।’ चलचित्रको नाम भने सार्वजनिक गर्न नमिल्ने उनको भनाइ थियो।

One Response

  1. kina honi didi taple tapaiko nema kharab gareko ni yo kura sunera ma bahuta dukhichu /yo kura sachai nai hota ?plz batai dinuhosna la didi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: