अड्डामा नतमस्त रेजिना


तातो बढ्दै गएको मध्य फागुनको मध्याह्न बूढानीलकण्ठमा हल्का चिसो थियो । नायिका रेजिना उप्रेतीको रातो पहिरनले ‘भिलेन अड्डा’ को त्यो माहोल तातिँदै गएको थियो । स्टेजमा अर्धनग्न पहिरनसहित ‘सेक्सी’ हाउभाउमा प्रस्तुत भएकी थिइन् रेजिना । र, उनी ‘आजभोलि मायालु रोजेजस्तै पाइन्छ…’ बोलको गीतमा आफ्ना वक्ष र नितम्बले छेवैका भिलेनलाई हल्का धक्का दिइरहेकी थिइन् ।

छाडिएको केश, निधारमा लाम्चो टीका, आँखामा गाजल र लिप ग्लसले ओठ चम्काएकी रेजिना कम्मर लच्काउँदै नाच्दा ‘हुरुक्क’ मुद्राका एक दर्जन भिलेन स्टेज घेरेर रेजिनालाई छुन खोजिरहेका थिए । ‘हेलोजिन लाइट’ झुन्ड्याए पनि ओडारजस्तै अनकन्टार कोठा थियो ।

फराकिलो त्यो ठाउँको बीचमा गुलाबी कपडा बिछ्याएर स्टेज बनाइएको थियो । चारवटा धिपधिपे लालटिन झुन्ड्याइएको पूर्वपट्ट िमादक मुद्रामा बसेका पुरुष । निकै जना उभिएको पश्चिमपट्ट िट्रलीको माथि दुई क्यामेरामेन ।

‘खतरा’ अंकित भित्ताको आडमा बोरा, भकारी, टायर, ठेला, परालको माच । केराको हरियो बोट, तुलसीको मोठ र थोत्रा सामान असरल्ल । यो ‘भिलेनको अड्डा’ हो, जहाँ नेपाली फिल्म ‘धर्मा’ को ‘आइटम सङ’ सुटिङ भइरहेको थियो ।

दुर्गा पोखरेलका शब्द र हरि लम्सालको संगीतमा गीत बज्दा नृत्य निर्देशक कृष्ण अछामी बोलिरहेका थिए, एक्सन, कट र ओके । केही क्षणको विश्रामपछि सुरु नृत्यको अर्को चरणमा नाच्दा लच्किने रेजिनाको नितम्बमा छुन खोज्ने अभिनेता शंकर आचार्यको ‘क्लोजअप सट’ सात टेकमा मात्रै ओके भयो ।

‘उफ, अब त गलेर हैरानै भइसकें,’ पाँच मिनेटको गीतका लागि तीन घन्टादेखि अभिनय गरिरहेकी रेजिनाले खुइया गर्दै भनिन् । आठौं पटक शंकर क्यामेरामा अटेपछि ‘टेक’ अब ‘ओके’ भयो । मेकअपले रंगिएको र पसिनाले हल्का भिजेकी रेजिना स्टेजबाट ओर्लिइन् । तर त्यति गर्दा पनि उनी थाकेकी रहिनछिन् । ‘खास थाक्या छैन, अब त बानी परिसक्यो,’ ‘धर्मा’ मा ‘गेस्ट आर्टिस्ट’ भूमिका निर्वाह गरिरहेकी उनले भनिन्, ‘अभिनयबाट थाकिन्न ।’

धादिङको गजुरीबाट राजधानी छिरेकी रेजिनाले अभिनय गर्न थालेको नौ वर्ष बित्नै लागेको छ । यसबीचमा उनले सानाठूला भूमिका गरी ६५ फिल्ममा आफूलाई प्रदर्शन गरिसकेकी थिइन् । ५२ भाग लामो ‘चेतना’ टेलिशृंखलामा ‘जुनकिरी’ नामकी सोझी युवतीको भूमिकाबाट फिल्मीजगत् छिरेकी उनले भरखरै ‘राज’ फिल्मको सुटिङ सिध्याएकी थिइन् । पोखरा, मुस्ताङ, घान्द्रुक आदि ठाउँमा सुटिङ भएको त्यसमा पहिलोपल्ट रेजिनाले डबल रोलमा अभिनय गरेकी छन् ।

‘फाइटको रोलमा जमेको फिल्म प्रदर्शनमा आउनै लाग्या छ,’ घोडामा चढेर पुरुषसँग फाइट खेलेको नयाँ फिल्म ‘चिनो’ बारे उत्साहित हुँदै रेजिनाले सुनाइन्, ‘अब सेलेक्टेड रोलमा जमेर अभिनय गर्ने सोच छ ।’ ग्ल्यामरस तस्बिर खिचाएर होस् वा पुरुष कलाकारसँग सम्बन्ध जोडिएर, बेलाबेला चर्चा र विवादमा आइरहने रेजिना आफूलाई भने ‘अभिनयमा बाँचेको सफल कलाकार’ भन्न रुचाइन् । सुपरहिट ‘आफ्नो मान्छे’ बाट कलिउड डेब्यु गरेकी उनी नृत्य, एक्सन र अभिनय तीनै विधामा ‘फरक’ भएको दाबी गर्छिन् ।

‘अभिनयमै व्यस्त छु,’ सुटिङका बीच हतारमा उनी भन्दै थिइन्, ‘तीन दिनपछि अस्ट्रेलिया जाँदैछु, २० दिनमा फर्किनेछु ।’ यतिकैमा सुटिङ युनिटका कसैले ‘लन्च टाइम’ भएको संकेत गर्‍यो ।

सहकर्मी विकास रौनियारसँग उनी खालखालका फोटो खिचाउने मुडमा थिइन् । ‘भिलेन अड्डा’ कै लालटिनमा क्लोजअप फोटोसेसन सिध्याएपछि ‘फुल साइज’ का लागि उनी बाहिर निस्किइन् । जाडो थियो । रेजिना भने पारदर्शी पहिरनमा पनि ‘हट’ नै थिइन् । हेर्ने धेरैका सामु पोज दिँदै रेजिनाले फोटोसेसन गराइरहँदा अबेरसम्म हुने सुटिङ फेरि सुरु हुन लाग्दै थियो ।

One Response

  1. yo chai thika lagena yo waiyad haru akhabar maa uchit chaina yo khabar bhanda aru khei nepalharuko samajik isthiti haru choto rupa maa rakhe huncha ni .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: