काठमाडौंमा एलपी ग्याँसको अभाव


 एलपी ग्याँस उद्योग तथा ग्याँस बिक्रेता महासङ्घका प्रतिनिधिहरूले बजारको माग अनुरुप ग्याँसको आयात हुन नसकेकोमा भोलिदेखि ग्याँसको आयात तथा बिक्री पूर्ण रुपमा बन्द गरिने बताएका छन्।
उद्योग तथा महासङ्घले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एलपी ग्याँसको आयातमा नेपाल आयल निगम तथा सम्बन्धित मन्त्रालयको गैरजिम्मेवारीप्रति आपत्ति प्रकट गरेका छन्।
ग्याँस बिक्रेता महासङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले आयल निगमले बजारको माग र उद्योगलाई दिएको कोटा बमोजिम ग्याँस आयातको व्यवस्था नगरेको बताउँदै  तत्काल यसको आयातमा सुधार गरिनुपर्ने माग राख्नुभयो।
उहाँले सीमित आयातमा ग्याँस बिक्री गर्न असुरक्षित हुने बताउँदै राज्यले तत्काल यसको व्यवस्था उचित ढङ्गले गर्नुपर्नेमा जोड दिनुभयो।  
एलपी ग्याँस उद्योग सङ्घका महासचिव सुरेश प्रजापतिले निगमले तेस्रो व्यक्ति वा उद्योगसँग गरिएको सम्झौता तुरुन्त खारेज गरी तेस्रो पक्षीय बीमाको व्यवस्था गर्न जरुरी छ भन्नुभयो।
निगमले नयाँ उद्योगलाई लाइसेन्स दिइ अन्य क्षेत्रका लगानी संकुचित बनाउन खोजेकोप्रति खेद प्रकट गर्दै लाइसेन्स दिने काम तुरुन्त बन्द गरिनुपर्ने बताउनुभयो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: