सन्तान बढाउन सर्बोच्चको व्याख्या


सर्वोच्च अदालतले बच्चा जन्माउन पाउनु महिलाको अधिकार भन्दै दर्ुइभन्दा बढी सन्तान जन्माउने महिला कर्मचारीलाई पनि सुत्केरी बिदालगायतका सुविधा दिनुपर्ने फैसला गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू खिलराज रेग्मी, बलराम केसी र गिरीशचन्द्र लालको पर्ूण्ा इजलासले प्रजनन् अधिकारसम्बन्धी एक रिटमा दर्ुइभन्दा बढी सन्तान जन्माउने महिलाले पनि राज्यबाट सबै सुविधा पाउनुपर्ने बताएको हो । नेेपालले हस्ताक्षर गरेको अन्तर्रर्ााट्रय सन्धि-सम्झौता, प्रतिज्ञापत्र र अन्तरिम संविधानको प्रावधानविपरीत दर्ुइ बच्चा जन्माउने महिलाले मात्र सुविधा पाउनेगरी विभिन्न नियमावलीमा व्यवस्था भएको भन्दै सर्वोच्चले त्यस्ता प्रावधान खारेज हुने फैसलासमेत गरेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत महिलालाई हाल दर्ुइ बच्चा जन्मिउञ्जेलमात्र बिदा र सुत्केरीभत्ता उपलब्ध गराइँदै आएको थियो ।
दर्ुइ सन्तानसम्म मात्र बिदा र भत्ता दिनेगरी बनाइएका विभिन्न नियमावली संविधान र अन्तर्रर्ााट्रय कानुनसँग बाझिएकाले खारेज गर्न मागसहित अधिवक्ता अच्युतप्रसाद खरेलले ३१ साउन २०६४ मा सर्वोच्चमा रिट दिएका थिए ।
रिटमा महिलाको प्रजनन्सम्बन्धी हकमा संख्याको आधारमा नियन्त्रण र रोक लगाउने गरी बनेका कानुन बदर गर्न माग गरिएको थियो । अन्तरिम संविधानमा समेत ‘महिलालाई प्रजनन् स्वास्थ्य तथा प्रजनन्सम्बन्धी हक हुनेछ’ उल्लेख छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: