भ्रष्टाचार आरोपित मन्त्री बर्खास्त


          ईश्वरराज ढकाल, (काठमाडौं), प्रधानमन्त्री माधवकुमार नेपालले व्यापक भ्रष्टाचारको आरोप लागेका शिक्षामन्त्री रामचन्द्र कुशवाहलाई हर्टाई सो पदमा र्सर्वेन्द्रनाथ शुक्ललाई नियुक्त गर्नुभएको छ। तराई-मधेस लोकतान्त्रिक पार्टीबाट मन्त्री हुनुभएका कुशवाहले विद्यालय सुधार कार्यक्रम र शिक्षक राहत कोटामा अनियमितता गरेको प्रतिवेदन लेखासमितिले सार्वजनिक गरेपछि सो पार्टी उहाँलाई मन्त्रीबाट फिर्ता बोलाई शुक्ललाई सिफारिस गरेको थियो।
तमलोपाको सिफारिसका आधारमा प्रधानमन्त्री नेपालले बुधबार शुक्ललाई मन्त्रीमा नियुक्तिका साथै शपथग्रहण गराउनुभएको थियो।
मन्त्रीबाट निष्कासित कुशवाहले पार्टीध्यक्षको एकल निर्णयले मन्त्रीबाट हटाउने सिफारिस गरेको आरोप लगाउनुभएको छ।

कुशवाहले अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक पद्धति अपनाउन बिर्सेनि समग्र पार्टीप्रति नै अन्याय गरेको बताउनुभयो।
‘मैले मन्त्री पदबाट राजीनामा नै दिएको छैन, कसरी स्वीकृत हुन्छ ? एउटाको राजीनामा स्वीकृत नभई अर्कोले शपथ कसरी खान सक्छ ?’ -उहाँले प्रश्न गर्नुभयो। पदबाट हटेपछि अध्यक्षप्रति आक्रोशित बनेका कुशवाहले आफू पार्टी जनतामाझ गएर निर्णयो फैसला गर्ने चेतावनी दिनुभयो। ‘मैले राहत कोटा वितरण, नियुक्तिलगायत विषयमा अनियमितता गरेको भए छानबिन समितिले निर्णयगरी कारबाही गर्नुपथ्र्यो’, उहाँले भन्नुभयो- ‘तर समिति गठन गरेको भोलिपल्टै मलाई पदबाट हटाइयो।’

राहत, पीसीएफ -प्रतिविद्यार्थीको अनुदान) कोटा वितरणमा मन्त्रीकै संलग्नतामा अनियमितता भएको जनाउँदै दातृनिकायले सहयोग रोक्का गर्ने घोषणा गरेपछि उहाँ र अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित मंगलबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य तीर्थ खनियाँको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो।

‘समितिले १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी क-कसलाई कारबाही गर्ने भन्ने विषयमा सिफारिस गरेपछि ममाथि कारबाही गरेको भए हुन्थ्यो’ -पदबाट निकालिएलगत्तै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। ‘मसँग प्रधानमन्त्रीले पनि स्पष्टीकरण लिन सक्नुहुन्थ्यो’, उहाँको गुनासो थियो- ‘अध्यक्ष एक्लैको सिफारिसमा ममाथि कारबाही गरियो।’

कुशवाहलाई फिर्ता बोलाउने विषयमा बुधबार बिहान पार्टीको बैठक बसेको थियो। तर, उपाध्यक्षसमेत रहेका कुशवाहले भने बैठक नै नबसी नाम फिर्ता गर्न सिफारिस गरिएको आरोप लगाउनुभयो।
शिक्षामन्त्री हुँदा कुशवाहले शिक्षक राहत कोटा वितरणमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै सार्वजनिक लेखा समितिले राहतकोटा खारेज गर्न सरकारसमक्ष सिफारिस गरेको थियो। शिक्षामन्त्री कुशवाहमाथि अख्तियारद्वारा कारबाही गर्न सिफारिस गरिएको जनक शिक्षा सामग्रीका महाप्रबन्धक वीरेन्द्र दासलाई हटाउन नसकेको समेत आरोप लागेको छ।

यसैबीच बुधबार शपथ खाएलगत्तै शिक्षामन्त्री र्सर्वेन्द्रनाथ शुक्लले मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायत उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिनुभएको थियो। दिउँसो साढे चार बजे मन्त्रालय पुग्नुभएका नवनियुक्त शिक्षामन्त्री शुक्लले सबै जना मिलेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको थियो।

उहाँले प्रशासन शाखाका सहसचिव ज्ञानदर्शन उदासले पेस गर्नुभएको फाइलमा हस्ताक्षर गरी मन्त्री पदको कार्याआरम्भ गर्नुभएको थियो। स्रोतका अनुसार विवादित बनेको राहत र पीसीएफ कोटा वितरणमा भएको अनियमितताको विषयमा आज बिहीबारदेखि छलफल गरिने भएको छ।

 

 

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: