एन आर एन – प्रकृया र प्रबिर्तिको गम्भिर मोडमा


दिल्ली राज पौडेल, बाल्टिमोर
                                                                        
    प्रकृया र प्रब्रिती बिल्कुल फरक बिषय हुन| प्रकृयाले प्रयासलाईनिरन्तरता दिन्छ भने प्रबिर्तिले प्रयासलाई निस्चित मोडमा पुर्याउदछ |फरकके मात्र हो भने सकरात्मक प्रबिर्तिलेमात्र प्रकृयालाई गन्तब्यमा पुर्याउदछ|एन आर एन लामो प्रकृयाको उपज हो,यसको सम्मान गर्दै यसलाई समान र समाबेसी बनाउनु आजको आवश्यकता हो |सेवाभाबले एन आर एनको गठन भएकोमा कुनै शन्का छैन तर समग्रतालाई छोडेर समुहगत रुपमा गठन गर्ने प्रबिर्ती एन आर एनको मुख्य समस्या हो,यसलाई विश्वाश गर्न सकिदैन| एन आर एन सिङो डायस्पोराको समग्रताको प्रतिबिम्ब हुनुपर्दछ| यसलाई सम्पूर्ण सामाजिक संस्थाहरुको सम्मान गर्ने पूर्ण संस्थाको रुपमा बिकसित गर्नको निम्तीबर्तमान एन आर एनमा कयम रहेको संस्था भन्दा ब्याक्ती र समुहलाई महत्व दिदैसंस्थालाई जस्केलाबाट हेर्ने सकिर्ण प्रबिर्तिको अन्त्य गरिनुपर्दछ|त्यसैले विश्वाब्यापी रुपमा फैलिएको एन आर एनले सम्बन्धित देशमा
कृयासिल समाजिक संस्थासग समन्वयन गर्दै एकताको सन्देश फैलाउनु पर्दछ|
अहिले नेपाल राज्यले एन आर एन बसिलाई प्रदान गरेको परिचयपत्र आपुरो र अधुरो
 छ|तेस्रो मुलुकमा गएर बिधिलाई मन्यता दिएपछी नागरिकता पाउने युरोप र
अमेरिकामा बस्ने नेपालीलाई जन्मिएर कर तिरेको आफ्नो राज्यले परिचयपत्र दिएर
 नेपालीहरुको अपमान मात्र होइन एन आर एनको दोहोरो नागरिकतको लामो प्रयासलाई
 ब्यर्थ पारीदिएको छ|निस्चित ब्यापारीबाहेक अरुलाई काम नलाग्ने यो
परिचयपत्र प्रणालीको बिरोध गर्ने हिम्मत गर्नुपर्दछ एन आर एनले| दोहोरो
नागरिकता हाम्रो मागमात्र होइन अधिकार समेत हो|त्यसैगरी खाडीमा जीवन
बिताएका लाखौं नेपालीलाई यो प्रणालिले भुगोलको रेखा तानेर पक्षपात गरेको
छ|यदी खाडीको घाऊ एन आर एनलाई दुख्छ भने डलर र रियलमा नागरिक पक्षपात
गर्ने,सामाजिक बिभाजन ल्याउने परिचयपत्र प्रणालिको अन्त्य र दोहोरो
नागरिकताको बुलन्द आवाज उठाउनु पर्दछ एन आर एनले|दक्षिण-पुर्बी एसियमा
कामगर्ने नेपालीहरु यो कथित परिचयपत्र बाट बिमुख छन यो नागरिक समस्या होइन
राज्यको समस्या हो,जिम्मेबारी लिएपछी राज्यको कर्तब्य राज्य सन्चालन
गर्नेले र नागरिक कर्तब्य एन आर एनले पुरा गर्नु पर्दछ|हेरौ एन आर एन
आज्ञाकारी बालक भएर चुप लागेर बस्दछ वा कर्तब्यनिस्ठ बालक भएर अधिकारको
निम्ती कसिन्छ, पर्ख -हेर र निर्णय गर|  क्र्मस …….       

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: