नौमती बाजा जोगाउन जुटे म्याग्दीका महिला


लोपोन्मुख नौमती बाजाको संरक्षण गर्न म्याग्दीका महिलाहरू कस्सिएका छन् । अचेल बिहेबारीमा पनि विरलै बजाइने यो वाद्यवादन सामग्रीको संरक्षणमा जनजाति महिलाहरूले सक्रियता देखाएका हुन् ।
पहिचानको रूपमा रहेको नौमती बाजाको संरक्षणका लागि महिलाहरूले अभियान थालेका छन् ।
हिजोआज स्थानीय मगर, थकाली, गुरुङ जातिले पनि नौमती बाजा बजाएर संरक्षणको अभियान थालेका छन् । जनजाति महिलाले पनि ढोलक र दमाहा बजाउन थालेका छन् ।
बाहिरी संस्कृतिको प्रभावसँगै पछिल्लो समयमा यो बाजाको महत्त्व र प्रयोग घट्दै गएको छ भन्दै बाजाको संरक्षणमा महिलाहरू जुटेका हुन् ।  
‘आपmनो पहिचान र संस्कृतिलाई जोगाउन संरक्षणको अभियान थालेका छौं,’ ताराकुमारी पुनले भनिन्, ‘हामीले हाम्रो पहिचान झल्किने संस्कृतिको संरक्षण गर्न सकेनौं भने लोप भएर जाने भएकाले संस्कृति संरक्षणकै लागि जुटेका हौं ।’  
नौमती बाजाको संरक्षण गर्ने उद्देश्यले आजकाल गाउँमा हुने विभिन्न कार्यक्रमहरूमा बाजाको प्रयोग गर्ने गरेको स्थानीयवासीहरू बताउँछन् ।
जनजातिका परम्परागत रूपमा हुँदै आएका पूजाआजालगायत अन्य कार्यक्रममा नौमती बाजाको प्रयोग बढ्दै गएको कुहुँका स्थानीय टेकबहादुर पुन बताउँछन् । लोपोन्मुख बाजाको संरक्षणमा सघाउ पुगोस् भन्ने हेतुले गाउँघरमा हुने कार्यक्रमहरूमा महिलाहरूले पनि यो बाजा बजाउने गरेको पुनले जानकारी जानकारी दिए ।
खासगरी दमाई जाति र त्यसमा पनि पुरुषले बजाउने नौमतीको संस्कृतिलाई संरक्षण गर्नका लागि हिजोआज गैरदमाई र जनजाति महिलाले पनि साथ दिएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: