नेपालको लगातार चौथो जित/ डिभिजन ४ नजिक


काठमाडौ, फाल्गुन १२ –
नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन- ४ को नजिक पुगेको छ । राजधानीमा जारी लिग डिभिजन-५ मा लगातार चौथो जित हात पार्दै नेपाल अघिल्लो डिभिजन नजिक पुगेको हो ।किर्तिपुरस्थित खेल मैदानमा बुधबार सम्पन्न राउण्ड कपको आफ्नो चौथो खेलमा नेपालले फिजीलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । नेपालले प्रस्तुत गरेको २ सय ६८ रनको लक्ष्य पछ्याएको फिजी २६.७ बलमा मात्र ७४ रनमा समेटिएको थियो ।

नेपालको जितमा बसन्त रेग्मीले ४, शक्ति गौचनले २ तथा महवुव आलम र बिनोद दासले १-१ विकेट लिए ।

यसअघि किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रन बनाएको थियो । नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्‍याउन शरद भेस्वाकरले अभिजित १ सय ५ रनको योगदान गरेका थिए ।

३५ रनमा ३ विकेट गुमाएर संकटमा परेको नेपालको इनिङ् उकास्न भेस्वाकरले क्याप्टन पारस खड्कासँग मिलेर १ सय ३७ रनको साझेदारी गरेका थिए । खड्काले ७५ रन लिएका थिए । त्यस्तै बसन्त रेग्मीले २७ , महवुव आलम र ज्ञानेन्द्र मल्लले १०-१०, दिपेन्द्र चौधरीले ९, महेश क्षेत्रीले अविजिति ८ र विनोद दासले ६ रन जोडेका थिए

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: