संघियता बिरोधी हस्ताक्षर अभियानले यूएई तताउने


उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि

 
संबिधान सभा पछी नेपाल लाई संघिय गणराज्यमा लैजाने निर्णयको संबिधान शभामा सहभागी २५ दल मध्ये एक मात्र रास्ट्रिय जनमोर्चाको अन्तरराष्ट्रिय नेपाली एकता समाजले विश्वभर रहेका आ-आफ्ना संगठन भएका मुलुक हरुमा बिबिध अन्तरकृया,सभा -सम्मेलन गरी प्रवासमा रहेका नेपाली हरुको बिचार सँग मन्थन गर्दै नेपालमा ल्याउन लागिएको संघिय ब्यबस्थाको सिधै बिरोध गरेका छन । 
यसै क्रममा मध्यपुर्वका खाडी अरबी मुलुकहरु यूएई,कतार,साउदी लगायत अन्य देशमा रहेका त्यी सगठन हरुले बिबिध खालका कार्यक्रम सँगै ‘देश टुक्राउन पाइदैन संघियता चाहीदैन’भन्दै आ – आफ्ना संघियता बिरोधी गतिबिधी लाई तिब्रता दिदै बिबिध खालका कार्यक्रम सन्चालन गरेका छन ।   
गत दोस्रो हप्ता कतारमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्ररुपमा संघीयता बिरोधी सम्युत्त मोर्चा गठन गरिएको थियो भने यूएईमा रहेका स्वतन्त्र नागरिक हरुको एक भेलाले एक अन्तरकृया कार्यक्रम आयोजना गरी संघियताको बिरोध गर्दै हस्ताक्षर अभियान चलाउने निर्णय गरेको छ । कार्यक्रम पछी एक अपिल जारी गर्दै सो भेलाले हस्ताक्षर अभियानमा कुनै आग्रह पुर्वाग्रह बिना स्वतन्त्र रुप मा निर्भिक भएर लाग्न यूएईमा रहेका देश प्रती चिन्ता राख्ने सचेत नेपाली सबै लाई आग्रह गरेको छ । 
 
गत हप्ता यूएईको बरदुबई स्थित क्यारीफोर पार्कमा आयोजना गरिएको सो अन्तर्कृया कार्यक्रम समाजसेवी कृष्ण ढकाल को सभापतित्व तथा एकता समाज यूएईका अधक्ष्य मानबहादुर थापा को स्वागत मन्तब्य तथा एस के भण्डारी को सन्चालन मा सम्पन्न भएको थियो । कार्यक्रममा पुस्कर रिजाल , बिष्णु दाहाल,शिवकुमार जोशी , दुबई नेपाल जनकल्याण राहत प्रतिस्ठानका अधक्ष्य ध्रमेन्द्र कुमार यादव , अर्घाखाँची टाईम्स का मध्यपुर्व प्रमुख सम्वादाता पत्रकार उमाकान्त पान्डे गाउले, पत्रकार शकंर ज्ञवाली  लगायतले आ – आफ्ना धारणा राख्दै संघियताको बारेमा मन्तब्य राख्नु भएको थियो ।
सो अन्तर्कृया कार्यक्रमले यूएईमा रहेका सबै नेपाली लाई एक ढिक्का बनाउदै संघियता बिरुद्दको हस्ताक्षर अभियान सफल पार्ने तय गरेको छ । सो अन्तरकृया कार्यक्रमले कुनै राजनितिक दल वा त्यस सँग झुकाव राख्ने वा नराख्ने भन्दा पनि देश प्रती माया र आस्था राख्ने सबै नेपाली तथा यूएईमा रहेका अन्य संघसस्था सँग पनि सामन्यव राख्दै यस् समबन्धमा ब्रिहत छलफल गर्दै आगामी दिनमा अघी बड्ने निर्णय गरेको छ ।
सो अन्तर्कृया कार्यक्रममा जारी गरिएको अपिल यस प्रकार रहेको छ ।     
                  
 
                                      नेपाल संघियता बिरोघि संघर्ष समिति यू.ए.ई.
                                   जात भाषा धर्म र क्षेत्रका आधारमा देशटुक्राउन पाईदैन ।
                                                           अपिल
आदरणिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नेपालमा संघियता संम्बधमा निकै बाद बिवाद भैरहेकोछ । जाति भाषा धर्म र क्षेत्रआदीको आधारमा देशलाई बिभाजनगर्ने तयारी भैरहेकोछ । अर्कोतिर संघियता बिरु& को संघर्ष राष्ट्रीय महत्वको बिषय भएकोछ । संघियता र त्यस संग जोडिएका जातिय राज्य एक मधेश एक प्रदेश आत्मनिर्णय सहितको अधिकार आदीका कारण देशमा जातिय घार्मिक क्षेत्रिय द्वन्द तथा राष्ट्रीय बिखन्डनको गम्भिर खतरा देखापर्न लागिसकेकोछ । राज्यको पुन।संरचना र शक्तिबाडफांड समितिले १० जातिय र ४ अन्य आधारमा प्रदेशलाई बिभाजन गर्न प्रस्तावत गरेकोछ । यसले राष्ट्रीय बिखण्डनलाई अझ गम्भिरबनाउने देखिन्छ । त्यसैले यस किसिमको संघियताको बिरुद्ध आवाज उठाउनु सचेत नागरिकको कर्तव्यहुन आएको छ ।
 
प्रवासमा रहेका नेपालीहरुले देशको अहितमाहुने कुनैपनि सवालमा आवाज उठाउने खबरदारी गर्ने र देशमाहुने प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाहगर्दै आएको सबैलाई जानकारी छदैछ । त्यसैगरी अहिले देशमा बिदेसीको दवाव र राजनितिक स्वार्थका कारण बिभाजनगर्न लागिएको संघियताले राष्ट्र बिखण्डन हुने र जातिय द्वन्दहुने निस्चित छ । त्यसैले यसबिषयमा बिदेशमा रहेका सचेत नेपाली नागरिकले आवाज उठाउन आवस्यक भएकोछ ।
 
नेपालमा जुनकिसिमको संघियता बनाईदैछ । त्यसको बिरोधमा यूएईमा रहेका नेपालीहरुको एक भेलाले संघियता बिरोधि संघर्ष समिति यूएई गठनगरी १९ फेबु्रअरीदेखि २ अपि्रलसम्म समयमा संबिधान निर्माण र संघियताको निर्णय खारेजगर्न दवावदिने उद्धेस्य सहित हस्ताक्षर अभियान सुरुगरेकोछ । यसअभियानलाई सफलपारौ भन्ने उद्धघोषकासाथ यूएई व्यापीरुपमा संचालित हस्ताक्षर अभियानमा तपाई सचेतनागरिकले पनि आफ्नो हस्ताक्षरगरी राष्ट्रीय एकताको पक्षमा अभिमत प्रकटगर्नुहुन अपिल गर्दछौं । संकलित हस्ताक्षर नेपाली दूतावासका राजदूतमार्फत संबिधान सभाअध्यक्षलाई बुझाईनेछ । अन्तमा सम्पुर्ण यूएईबासी नेपालीहरुमा यस अभियानमा बिभिन्नरुपमा सहयोगपुर्याउन र राष्ट्र राष्ट्रीयता साथै एकताको पक्षमा पहलगर्न अनुरोधगर्दछौं ।
                  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: