कुवैतमा फेरि अर्की नेपाली चेलीको आत्महत्या


 
 सुजन के.सी. (कुवैत       

 २२ फेब्रुअरी , घरेलु कामदारको रुपमा कुवैतमा कार्यरत नेपाली महिलाले यही फेब्रुअरी १८ शनिबारका दिन आत्महत्या गरेकी हुन । कुवैत पुलिसका अनुसार  20  फेब्रुअरी दिन आफुले काम गरी राखेको फाहाहिल स्थित  मालिकको घर भित्र रहेको आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको जनाएको छ । मालिका परिवारका सदस्यले ढोका ठोक्दा निजले ढोका नखोले पछि मालिकले ढोका खोल्दा उनी डोरी लगाएर सिलिङमा झुण्डिएको अवस्थामा भेटएका थिए । उनको पार्थिव शरीर पोस्टमाटमको लागि पठाएको र पुलिसले घटनाको बारेमा छानबिन शुरु गरेको छ।

         उक्त दु:खद घटनाको जानकारी पाउन साथ कुवैतका लागि प्रथम राजादूत महामहिम मधुवन पौडेल कुवैतको परराष्ट्रमन्त्रालय पुग्नु भएको थियो । वहाँले आफु कुवैतको interior मन्त्रालयमा  पनि पुगि सत्य-तथ्य पता लगाउन अनुरोध गरेको बताउनु भयो । महामहिम राजदूतले कुवैत पुलिससँग रिपोर्ट मागेको छु । छिट्टै सम्पूर्ण बिबरण थाहा लाग्ने बताउनु भयो । कुवैतको एक एजेन्सीका अनुसार मृतक २००७ नोभेम्बर देखी कुवैतमा कार्यरत थिइन । मोरङ घर भएकी यि महिला २५ डिसेम्बर अर्थात ख्रिस्टमसको दिन छुट्टी मनाउन कुवैत सिटी पुगेको कुरा खुलासा भएको छ ।    abc कुमारी ढकाल नाम गरेकी यि महिला केही दिन देखी तनाबमा रहेको बताउँछन्।
       स्मरण रहोस् कुवैतमा आत्महत्या गर्ने यि पहिलो नेपाली महिला होईनन्। कत्तिले  २ तला माथिबाट हामफाल्ने त कत्तिले आत्महत्या गरे आखिरी किन ? आत्महत्या गर्नुको कारण के होला त? यसरी आत्महत्या गर्नुपर्ने प्रमुख कारण कुनै बिसम परिस्थिती सृजना भएर नै हुन सक्छ।
सुजन के.सी. (कुवैत)

2 Responses

  1. This is very Bad News for all Nepalese Community, I thinks as soon as possible, Embassy will search the fact of आत्महत्या.

  2. Sujan Sir,
    This is very sas news , every time we need to read this kind of news because of mental depressed so . now embassdor and their staff is here at kuwait they will find the truth , next accident not will take any more.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: