समग्र हितको लागि नेपाली राजदूतावास कुवैत


 

                          

विगत र विगतका केही महिना पहिले नेपाली राजदूतावासले कुवैतमा आफ्नो पाईला टेके पछि नेपालीहरुको समग्र हितकारी योजनाहरु बुनिरहेको भन्ने ’boutमा विभीन्न स्रोतहरु जनाउँछन । तत्कालको अवस्थामा समस्यामा परेका जो कोहि नेपाली पनि आफ्ना समस्या सहित दूतावासमा सम्पर्क राख्न सक्नेछन तथा आफै सम्पर्क राख्न नसक्नेहरु कुनै माध्यम मार्फत नेपाली दूतावाससम्म पुगेर आफ्ना उपयोगिताको लागि राजदूतावास पक्षलाई झक-झक्याउने नै छन ।  हालको अवस्थामा नेपाली समाज कुवेतले बुझे जस्तो दूतावास भनेको दुख पाउने ,समस्यामा परेकोहरुलाई सहयोग तथा नेपाल पुर्याउने साधन मात्र होईन भनेर जन मानसले बुझ्नु जरुरी देखीन्छ। दूतावासका आफ्नै मान्यता तथा मुल्यहरु हुन्छन ,उनिहरु राज्य निर्देशक सिदान्तको आधारमा सम्बन्धित देशको कानुनको परिधी भित्र रहेर कार्य गर्ने गरेका हुन्छन । सायद कुवैतमा रहने गरेका नेपालीहरुले दुखे दुखका कुराहरुको ’boutमा धैरै नै सुनेकोले हुनु पर्छ सबै मानिसहरुमा दूतावास भन्ने बितिकै राहत प्याकेज हो कि भनेर हाईटीका भुकम्प पिडितले अमेरीकन सैनीकले बाँडेको राहत प्याकेट टिप्न झै दौडिरहेको पाईन्छ ,तर यथार्थमा उनिहरु आफ्ना समस्याका वास्तविकता भन्दा पनि सतहमा दौडिरहेको पाईन्छ । एकाध महिनामा राजदूतावासका अधिकारीहरु कुवैतका जेल सम्म पनि पुगेर नेपालीहरुको ’boutमा खोजबिन सुरु गरिरहेको ’boutमा दूतावास सम्बन्धित स्रोतहरु बताउँछ। एक उच्च स्तरिय स्रोतका अनुसार कुवैतमा विभिन्न माध्यमबाट सार्वजनिक भएका नेपाली युवतीहरु हराईरहेका कुराको ’boutमा कुवैत स्थित नेपाली राजदूतावासको गम्भिर ध्यान आकर्षित भएको जनाईन्छ । यस सम्बन्धमा कुवैत सरकारका सम्बन्धित निकायसँग नेपाली राजदूतावासले समन्वयका साथ उचित समाधान निकाल्ने नै छ । नेपाली दूतावासले अमेरीकी, युरोपिय तथा सम्पन्न देशका दूतावासको भन्दा भिन्न तरिकाले आफ्नो उच्च मुल्य मान्यतालाई स्थापित गर्दै नेपालीहरुको समग्र हितकारी कुराहरुको ’boutमा थालनी गर्ने कुरा सम्बन्धित अधिकारीहरु जनाउँछन । तर विश्वको अति गरिव राष्टको राजदूतावासको हैसियतको साथै नेपाली कामदारहरु बढि मात्रामा मार्जिनल लेवरको रुपमा रहेको कुवैतमा दूतावासले समग्र आर्थिक तथा राजनैतिक दुरगामी विषयमा गरेका उठानका साथ  भविष्यका लागि नेपाली दक्ष श्रमजिवी कामदारको बजारलाई महत्बका साथ कुबेतको श्रम बजारमा भित्राउनको लागि पनि सुरुबाटै उच्च स्तरको थालनी गर्ने कुराहरु विभिन्न उच्च स्तरिय स्रोतहरु जनाउँछन । विश्व परिवेशमा हामी जनमानसको आँखाबाट देखिने र सुनिने गरेका कुराहरु सँधै नकारात्मक सोचमा गएर अडकिने नेपालीपनले गर्दा नै आज देश देखि विदेशसम्म पनि नेपालीको मुल्याङकन अति निम्न रुपमा हुन थालेको प्रती सबै आम नेपालीहरु उच्च सतर्कतामा रहनु पर्छ ।समस्याको निचोड र तरलतालाई ध्यान दिंदै दूतानवासको राम्रा कामको उचित स्याबासी तथा खबरदारीको लागि समग्र कुवैतबासी नेपालीहरु बीचको एकता नै आजको मुख्य आवश्कता हुन आउँछ। नेपालीलाई नै फसाएर दलाल प्रथामा रमाउने केही बर्ग विषेशका नेपालीहरुले पनि आफुलाई सुधार्नु उचित देखिन्छ, भोलिको दिनहरुमा कुनै एक नेपाली अर्को नेपाली कै कारणले दुःखीत हुनुपर्ने दिनको अन्त्यको लागि राजदूतावास नेपालीहरु प्रति नै कडा हुनु पर्ने स्थितीको प्रति पनि हामी सबै सचेत हुनु आवश्यक छ। थालनीको बेला राजदूतावास सम्बन्धित अधिकारीहरुले आफुलाई समग्र नेपालीको हितको लागी नै प्रयोग गर्ने छन् भन्ने आशाको सु-समाचार नै सुन्नु जरुरी छ ।

बिमल लामीछाने ६६५२९७३७ 

 कुवैत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: