प्रदेश बाट नेता जी लाई संदेश


नबराज पन्थी (कुबेत)
 नयाँ नेपाल गणतन्त्र नेपाल का हामी नेपाली कती भाग्यमानी मह्ङी ले आकाश छोयो बिहान् हिंडेको मान्छे बेलुका फर्किने होकी होइन कुनै टुङो छैन।  शान्ति सुरक्षा प्रधान मन्त्री माधव नेपाल गृह मन्त्री भिम रावलजी को बोली र भाषाणमा सिमित रह्यो।  हिमाल पहाड तराईमा बस्ने हामी नेपालीको भाग्य कस्तो छ है । ४४ जना को जम्बो मन्त्रि मन्डलमा त्यही छन सि डि ओ कुटने करीना बेगम, सल्लाह सुझाबको लागि कर्मचारी बोलाई जाइलाग्ने रबिन्द्र, सुन्तली धामिको बलत्कारी जोगाउने भिम रावल, सत्ताको लिसो बिजय गछदार, सुबिधा भोगी सुजाता, एल डि ओ चडकाउने कलावती। कहिले हुन्छ नेपालमा प्रगती उन्नती शान्ति ? गल्ती गर्नेलाई कारबाही गर्नलाई प्रधानमन्त्री डराउनु हुन्छ कुर्ची फुत्किन्छ भनेर हुन पनि प्रधानमन्त्री ज्युको कती बर्षको सपना बल्ल पुरा भयको छ।  तेसैले प्रधानमन्त्री र मन्त्रिहरु  जम्बो टोली लियर बिदेश भर्मण गर्दै फुर्सद छैन । गर्नुहोस् चैन रमाउनुहोस्, कमाउनुहोस् मौका परेकोछ, तपाईहरुको भाग्य खुलेकोछ, तर् यती बेला नेपाली जनताले तपाईंहरुलाई राम्रो संबिधान बनाउन पठाएका थिए । तपाईं हरुलाई त्यो सोच्ने फुर्सद पनि छैन शिह्दरबार र बालुवाटारमा बस्नेलाई के थाहा नेपाली गाँउबस्ती मा के भएकोछ भनेर नेपालीको घरमा चुलो बोलेको छ कि छैन भनेर १ छाक खाए किनै भनेर बिमारि पर्दा १ चक्की औषधी पाए किनै भनेर ? के गर्दैछन नयाँ नेपाल बनाउछु भन्ने डा-बाबुराम भट्टराई , युवाको आवाज गगन थापा विद्यार्थीको जोस राम कुमारी झाक्री किन चुप गगन राम कुमारी  जि तपाईंहरु सि डि ओ कुटीदा सुन्तली धामी माथि अन्याय हुँदा महङिले आकाश छुदा  देश दिन प्रतिदिन खोक्रिएको छ।  कि आफ्नै पार्टि सरकारमा भएकोले होला हुनत कानमा तेल मुखमा पानी राखेर बसेको हिजो अन्याय को बिरुध्ध ससक्त आवाज उठाउने गगन थापा राम कुमारी झाक्री  अव त केही गर्नु पर्यो कि तपाईंहरु पनि गिरिजा, माधव, प्रचन्ड, उपेन्द्र, बिजय, के पि, झलनाथे, रामचन्द्रे, देउबा कै पाठ सिक्दै हुनुहुन्छ ? अनी १० बर्षको जनयुद्दबाट अाउनु भएका बाबुराम, अनन्त, बादल, महरा के गर्दै हुनुहुन्छ तपाईंहरु ? कहिले बन्छ नयाँ नेपाल।।। प्रचन्ड ,मोहन को गिरिजा, माधव, केपी, झलनाथ सँग चलेको दोहोरिमै रमाउदै हुनुहुन्छ कि कसो कहिले हो नेपाली लाई हसाउने शान्तिको अनुभुती दिलाउने आफ्नो पाखुरा बजारेर खाने बातावरण बनाउने गाँस बास र कपडा को मेसो कहिले मिल्छ कि सधैं भाषाणमा मात्र सर्बहारा बर्गको भलो र उद्दार हुन्छ ? लौ है बाबुराम, गगन, रामकुमारी नेपाली जनता तपाईंहरुको आशामा बसेका छन केही गरेर देखाउनुहोस् कती आफ्नै पार्टी को गुणगान गायर मात्र बस्नुहुन्छ देशको बारेमा सोच्नु त कस्तो छ हालत ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: