नेपाली सुटिङ खेलका राष्ट्रिय खेलाडीहरु कुबेतमा


   आर.बी.बुढाथोकी(कुबेत) 
                 २१ फेब्रवरी२०१०, पहिलो अन्तरराष्ट्रिय पुलिस सुटिङ च्यापेनसिप को निमन्त्रणामा नेपाल सुटिङ एसोसियसनका प्रेसीडेन्ट पुष्पदास श्रेष्ठ,नेपाल प्रहरीका एस. एस.पी.प्रकाश अर्याल(टिम प्रमुख),प्रदिप खाती(प्रशिक्षक)सहित नेपालका ४ राष्ट्रिय खेलाडीहरु यही फेब्रवरी १४ तारीख अल अरबियाको जेट बिमानमा कुबेत आइपुगेका छन।  बिश्रभरका ३८ रास्टले भाग लिएको सो खेलमा नेपाली खेलाडीहरु सरस्वती बानिया, सबिता बस्नेत, फुलमाया ख्यापछाकी, अस्मिता राइले भाग लिएका छन। उल्लेखित सम्पुर्ण खेलाडी नेपाल प्रहरीका रास्टिय स्वर्ण पदक बिजेता खेलाडी हुन। कुबेतको स्वयकस्थित सुटिङ कम्प्लेसमा यही२१ फेब्रवरी १६ देखि २२ सम्म चलेको सो खेलका सम्पुर्ण इभेन्टहरु आज पूरा भएको छ। अत्यन्त मैत्रीपुर्ण रुपमा भएको सो खेलमा नेपालीहरुले कुनै पदक हासिल नगरे पनि सहभागिता नै ठुलो कुरा हो भन्ने कुरा प्रशिक्षक प्रदिप खाती बताउनु हुन्छ। पर्वानियाको होटल क्राउन प्लाजामा हामीहरुका साथमा झन्डै ४ घन्टा बातचित गर्ने क्रममा सबै खेलाडीहरुले हामीहरु खेलमा सहभागी हुन पाएकोमा निकै हर्सित भएको र आगामी प्रतियोगितामा अबश्य नेपाललाई पदक दिने छौ सबैले एकै स्वरमा बताए। यो च्याम्पेनशिपको बारेमा हामीलाई धेरै पछाडी मात्र जानकारी भयो र अभ्यास गर्ने समय निकै कमी भएका कारण स्तरिय रुपमा प्रस्तुत हुन नसकेको प्रशिक्षक प्रदिप खाती बताउनु हुन्छ । नेपाली खेलाडीहरुले एयर पेस्तोल र एयर राइफल गरि दुई इभेन्टमा भाग लिएका थिए। सम्पुर्ण एभेन्टका खेलहरु समाप्त गरि नेपाली टोली फेब्रवरी २२ मा अल अरबियाबाटै  नेपाल फर्कदै छन। यसै सम्बन्धमा कुबेतका लागि प्रथम नेपाली राजदुत मधुबन पौडेलले सबै खेलाडीहरु तथा प्रशिक्षकलाई भेटि सफलताका लागि शुभ कामना दिनु भएको थियो।       

 

 

                  

 सुटिङ खेल एउटा शारिरिक खेल भन्दा पनि दिमागी खेल हुनाले यसमा पदक जित्न नियमित अभ्यासको अत्यन्त जरुरी हुन्छ र पुर्बाधार पनि हुन आबश्यक छ। नेपालमा लामो रेन्जको खेलहरु खेल्न पर्याप्त फिल्ड नहुनु, अहीले सम्म पनि कम्प्युरवाइज सिस्टम शुरु नहुनु, दैनिक लोड सेडिङ हुनु, द्वन्द कालमा खेलाडीहरुले नियमित रुपमा अभ्यास गर्न नपाउनु, सरकारको आर्थिक बर्षको क्यालेन्डरमा नियमित खेल नखेलानु जस्ता याबद समस्याले गर्दा नेपालमा सुटिङ खेलको बिकास तिब्र गतीले हुन सकेको छैन। बिश्रभरका खेलाडीहरुसँग प्रतिशपर्दा गर्न नेपालले निकै मेहनत र लगानी गर्नु पर्ने देखिएको छ। फुटबल भलीबल जस्ता खेलमा पर्याप्त दर्शक हुन तर सुटिङ खेलमा खेल मैदान सानो र धेरैले कम चासो दिने हुनाले प्रायोजकहरु पनि पाउन निकै कठिन हुने कुरा बताउनु हुन्छ प्रशिक्षक खाती। यही कुबेतमा आउन पनि हामीले खीलाडीहरुको प्लेन टिकेटको लागि सरकारले बेहोर्न नसके पछि प्रायोजक खोजेर ल्याउनु परेको तितो यथार्थ पनि उहाँले खोल्नु भयो। कुबेतका सेख दोयज अल सलमान अल सभाको बिशेष सहयोग र निमन्त्रणामा हामीले सहभागी सम्म हुने सुबर्ण मौका पायौ निकै खुशी लागेको छ टोलिका टिम प्रमुख बताउनु हुन्छ। यो पहिलो बिश्रस्तरको खेल हुनाले यसमा नेपाल जस्ता कम बिकशित मुलुकहरु सबैले पदको आशा कमै राखेका हुन्छन। स्मरण रहोस कुबेतका सेख दोयज अल सलमान अल सभाले नेपालको धेरै पटक भ्रमण गरि सक्नु भएको छ र नेपाल र नेपालीलाई निकै माया गर्ने उहाँ नेपालसँग राम्रो सम्बन्ध राख्न चाहनु हुन्छ।
         

  एसियन तथा सार्क खेलहरुमा निकै पटक सहभागिता देखाएर पदक समेत जितेको भएता पनि  बिश्रस्तरको सुटिङ खेलमा पहिलो पटक सहभागिता देखाएर नेपालले फेरी एक पटक नेपालमा सुटिङ खेललाई भ्युझाएको छ र पहिलो बिश्र शुटिङ प्रतियोगिताको आयोजना गर्ने सुबर्ण मौका पाएर कुबेतले पनि नेपाल सहित बिश्रभरका देशहरुसँग भाईचाराको सन्बन्ध राख्न हात भढाएको छ। यसले नेपाल कुबेतको सुमधुर सम्बन्धलाई अझ गाडा बनाउने सबैले आशा लिएका छन।

4 Responses

  1. धन्य बाद आर बि जी
    अति खुसि को कुरा सुनाउनु भयो
    हाम्रो देस अनि हाम्रो पनि चिनारी भन्दै अरु सामु अगाडी यसै गरि
    उभिन सकौ जित्नु मात्र ठुलो कुरा हैन
    अनि अरु पनि येस्तई येस्तई कुना कुना मा छरिएर लुकेर बसेका खबर
    मिठा मिठा नौला नौला कुरा एस मरु भुमि लगाएत अरु पनि देसमा रहेका हामी जस्तै सम्पूर्ण
    परदेसी दाजु भाई समू पस्कने जमर्को गर्दै गरन्नु मा जस्तै अरु पनि सम्पूर्ण हाम्रा पदेसी हरुले
    एस्त नया नौला तिता अनि मिठा खबर ले दिन भरि को थकाई मैले मेटे जस्तै अरु ले पनि मेट्ने छन्
    उही शेर बहादुर कार्की
    रामेछाप भीरपानी ३ नेपाल
    हाल होटेल क्राउन प्लाजा कुबैत

  2. नमस्कार पत्र कार आर बी बुडा थोकी जी
    सर्ब पर्थम हजुर लाई देरै देरै बधाई बेस्ट पत्रकार ओफ धा यार २००९ पाउनु बको मा र अनिया सबै पत्रकार मित्र हरूल लाई पनी .यसरी आउदो दिन हरुमा पनी हजुर हरु को हातमा अफ्नो मेडल लीएको देखना पाउन. यो बने को हजुर हरुको मेनेत्को फल हो
    र यसरी अफ्नो रास्ट्रीय को नयाँ नयाँ खबर हरु सुख दुखा सबै हामी बीदेश मा बसेका सबै नेपाली हरु ले पड़ना पौदा देरै खुसिलागियो हजुर ले अफ्नो काम पुरा गरेर बचे को समया यसरी हामी बीदेसम बसेका नेपाली हरुलाई दिनु बकोमा र हामी असा गर्छौ आउदो दीन हरुमा पनी नयाँ खबर हरु यसै गरी पड़ना पाउछु होला बन्ने.र म जस्ता हजारौ नेपाली हरुले अषा राखेको होलान !!!!!!!!!!!!!!!!!!!!!!!!!
    उही लाक्पा दोर्जे शेर्पा
    ताप्लेजुंग नाल्बु १ नेपाल
    हाल क्राउन प्लाजा होटेल कुवैत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: