नेपाली दुतावासले पीडित नेपालीको उद्धारमा सहयोग पुर्‍याउने संघ-संस्था तथा व्यक्तिहरुलाई सम्मान


 दिनेश रेग्मी

प्रजातन्त्र दिवसको अवसरमा कतारस्थित नेपाली दुतावासले पीडित नेपालीको उद्धारमा सहयोग पुर्‍याउने संघ-संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ ।वैदेशिक रोजगारीमा आएर अलपत्र परेका नेपालीलाई स्वदेश फर्किन हवाई टीकट उपलब्ध गराउने संस्था तथा व्यक्तिलाई दुतावासको प्राङ्गणमा शुक्रबार राती आयोजित शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा सम्मान गरेको हो ।

१६ संस्था र २२ व्यक्तिले एक वर्षको अबधीमा ४० वटा टीकट उपलब्ध गराएका थिए । कुनै संस्थाले एक भन्दा बढी हवाई टीकट पनि दिएका छन् ।

कामदारलाई आउने तथा स्वदेश फर्किने टीकट कंपनीले व्योहोर्न भए पनि दलाल तथा म्यानपावर कंपनीबाट ठगीमा परेकाहरुलाई उद्धार गर्न ती संस्था तथा व्यक्तिले टीकट उपलब्ध गराएका हुन् ।

सरकारले नियोगलाई वाषिर्क रुपमा सामाजिक सेवा तथा अनुदान रकम भनेर १ लाख ५० हजार रुपैया दिने गरेको छ । जसलाई दुतावासले अलपत्र परेर आफ्नो आश्रय स्थलमा बसेकाको लागि खानामा खर्च गरेको छ । पीडितको उद्धारमा खर्च अभाव भए पछि दुतावासले नेपाली समुदायसंग सहयोगको लागि आग्रह गर्दै आएको छ ।

राजदुत डा. सुर्यनाथ मिश्रले सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गर्दै नेपाली नियोगको आग्रह अनुसार पीडितलाई नेपाली संस्था तथा व्यक्तिले गरेको सहयोगको प्रशंसा गरे । कतारबाट स्वदेश फर्किन हवाई टीकटको लागि करीव १६ हजार रुपैया तिर्नु पर्ने हुन्छ । संस्था तथा व्यक्तिले ४० वटा टीकटको लागि करीव साढे ६ लाख रुपैया बराबरको सहयोग गरेका छन् ।

दुतावासले नेपाली कला- संस्कृतिको संवर्द्धन र विकासमा सहयोग पुर्‍याउने कलाकारहरुलाई पनि सम्मान गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यवसायी, श्रमिक, पेशाकर्मीहरुको उपस्थिती थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: