• nepalkuwait.com




  • photos

  • Advertise Here

कुवेतमा आयोजित पहिलो अन्तरास्ट्रिय प्रहरी सुटिङ कम्पिटिसनमा नेपालका गोल्डमेडलिस्टका साथमा प्रशिक्षक टोली:-


हरी कृष्ण न्यौपाने(घायल) कुवेत

यही फेब्रोवोरी १६ देखी २२ सम्म कुवेतको सुटिङ कम्प्लेक्समा आयोजित प्रथम अन्तरराष्ट्रिय प्रहरी सुटिङ कम्पिटिसनमा नेपाल लगाएत विश्वका ३८  राष्ट्रहरुका प्रहरी सुटरहरुको सभागिता रहेको थियो। यस पहिला सबै समुहका सुटरहरुले भाग लिने कम्पिटिसन आयोजना भएका भए पनि विश्वभरिका प्रहरी संगठनहरु बिच भाईचारको सम्न्धलाई सुमधुर बनाउने उद्देश्यका साथ सम्पन भएको यस खेलमा नेपालबाट पनि एयर राइफल(महिला) र एयर पेस्टोल(महिला) १० मिटर समुहका ४ महिला प्रहरी खेलाडिहरुले भाग लिएका थिए।

    नेपालको सुटिङ कम्पिटिसनमा ख्यातिप्राप्त चार महिला खेलाडिका साथ नेपाल सुटिङ एसोसियसनका प्रेसीडेन्ट पुष्पदास श्रेष्ठ,  बरिष्ट सुटिङ प्रशिक्षक प्रदिप खाती का साथ टिम कोअर्डिनेटर एस.एस.पि. प्रकाश आर्याल सहित सात सदस्यिय टोली हालैं कुवेत आइपुगी यस खेलमा सम्मिलित भएको थियो। क्राउन प्लाजा फर्वानियामा हामी संग भएको भेटमा उहाँहरु सार्है खुशीका साथ प्रस्तुत हुनुभएको थियो।
    नेपाल सुटिङ खेलका बरिष्ट प्रशिक्षक प्रदिप खाती :-
    जन्म घर जनकपुर तर हाल कठमान्डौं गौशाला बस्दै आउनुभएका नेपालका सुटिङ खेलका बरिष्ट प्रशिक्षक प्रदिप खाती २०३९ सालबाट नै यस खेलमा समर्पित हुनुहुन्छ। प्रस्ट बिचार  अनी हसिलो मुहारका साथमा आफ्नो उच्च प्रशिक्षण कलाका कारण २०४६ साल देखी आज सम्म पनि उहाँ यस खेलको बिकास र खेलाडिहरुको मनोबल बढाउन लागि पर्नुभएको छ। १९८२ मा एसियन खेल खेल्नुभएका प्रशिक्षक खाती नेपालमा उपयुक्त डिजिटल प्रबिधिको कमिका कारण पनि यस्ता अन्तरास्ट्रिय खेलहरुमा आफुले चाहे जस्तो सफलता पाउन नसकेको स्विकार्नु हुन्छ।   
 
एयर पेस्तोल(महिला)प्रहरी समुहमा समाबेश खेलाडिहरु:-
 
  सरस्वती बानियाँ(सई):-  
          नेपालबाट प्रतिस्प्रधामा समाबेश मध्यमा सिनियर खेलाडिको रुपमा प्रस्तुत गोर्खामा जन्मनु भएकी बानियाँले आफ्नो २० बर्षे नेपाल प्रहरी सेबाका साथमा नेपालबाट धेरै राष्ट्रमा सम्पन्न भएका अन्तरराष्ट्रिय खेलहरुमा भाग लिई सक्नु भएको छ। २०४२ सलबाट आफ्नो सुटिङ खेल सुरुवात गर्नु भएकी बानियाँले सातौं साफ गेम देखी १० औं साफ गेम सम्म निरन्तर आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नु भएको छ। त्यती मात्र नभई एसियन गेमहरुमा पनि उहाँ समाबिस्ट हुनुहुन्थ्यो। आफ्नो रिटायर्ड जिबनका साथमा सुटिङ खेलको लागि नेपालमै कुनै न कुनै रुपमा लागिरहने उहाँको चाहना रहेको उहाले बताउनु भयो।
 
सबिता बस्नेत:-
    सानै देखी सुटिङ खेलमा रुचिराख्ने र भबिश्यमा यसै खेलको माध्यामबाट चिनिने उच्च मनस्थितिका साथ २०६० साल देखी यस खेलमा औपचारिक सुरुवात गर्नुभएकी नुवाकोट स्थाई घर भाई हाल महाराजगन्ज काठमाण्डौमा बस्दै आउनुभएकी बस्नेत ले पनि नबौं साफ र हालै भएको एघारौं साफ खेलमा भाग लिई सक्नुभएकी छिन। एघारौ साफमा तेश्रो स्थान पाउन सफल बस्नेत पनि निकै मेहनत र चुनौतिका साथमा यस सुटिङ खेलमा लागिरहनु भएकी छिन।
  एयर राइफल (महिला)प्रहरी समुहमा समाबेश खेलाडिहरु:-
 
अस्मिता राई:-
   ईलामको मनमोहक गाउँमा जन्मेर पनि सुटिङ खेलमा सानै देखी रुची राख्ने अस्मिता राई पनि २०६० साला देखी यस सुटिङ खेलमा लाग्नु भएकी छिन। कम प्राक्टिस अनी नेपालमा उपयुक्त स्रोत साधनको कमिका कारण पनि आफ्नो लगनशिलता अनी जोसका कारण उनी  यस सुटिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न देशमा गईसकेकी छिन। दशौं साफमा फाइनलमा हार्नुपरेको अनी एसियन गेम कतार र पाकिस्तानमा भएको खेल अनी सिंगापुरमा भएको खेलमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुभएकी राईले नेपाल अनी नेपालीको सान लाई अझै उच्च राख्न केही गर्नु पर्ने बिचार ब्यक्त भएकी छन।
 
फुल माया क्यापछाकी :-
  २०६० साल देखी आफ्नो औपचारिक सुटिङ खेल शुरुगर्नुभएकी धनुषाकी फुल माया क्यापछाकी पनि नेपालको सुटिङ खेलकी चम्किलो ताराको रुपमा चिनिन्छिन। चिनमा भएको ओलम्पिक खेल अनी नबौं, दशौ र एघारौ साफमा अनी केही एसियन खेलमा समेत प्रतिस्प्रधामा उत्रिसकेकी फुलमाया नेपालमा हुने गरेको लोड सेडिङ अनी आन्तरिक द्वन्दले समेत यसखेलमा पुर्याएको प्रतक्ष असरका कारण आफुहरुले चाहेर पनि यस सुटिङ खेलमा चहेको जस्तो नतिजा ल्याउन सफल नभएको स्विकार्नु हुन्छ।
    कुवेतमा सम्पन्न भएको पहिलो अन्तराष्ट्रिय प्रहरी सुटिङ खेलका सबै नेपाली सहभागी अनी नेपाल सुटिङ एसोसियसनका प्रेसीडेन्ट पुष्पदास श्रेष्ठ,टोली कोअर्डिनेटर र बरिष्ट प्रशिक्षक संग कुवेतका नेपाली दुताबासका महामहिम राजदुत मधुबन पौडेल ज्युले पनि भेट्नु भएको थियो। उहाँहरुको खेल जिबन उच्च होस अनी आउँदा दिनहरुमा सुटिङ खेलबाट नेपालको नाम अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन सफल हुनुहोस नेपालकुवेत डटकम तथा मरुभुमिको कोसेली परिवार अग्रिम शुभकामना टक्र्याउदछ।
 
हरी कृष्ण न्यौपाने(घायल)
कालिका-१ सिन्धुपाल्चोक
harineupane_3@yahoo.com
हाल – रिगाइ कुवेत (९९४९८६६१)
 

 

One Response

  1. Its really nice to see nepalese Player in Kuwait and Thanks Mr. Hari for this kinds of news keep it up and we are really apriciate for Mr Hari for reporting from Iraq…Prem Ghinsing from Iraq

टिप्पणी छोड्नुहोस्