नेपाल कुवेतडटकमद्वारा कुवेतमा रहेर बिभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याउने ब्यक्तित्वहरु सम्मानित


       नेपाली दुताबास कुवेतका महामहिम राजदुत श्री मधुबन पौडेल ज्युबाट यही फेव्रुवरी उन्नाईसका दिन नेपालकुवेतडटकम परिवारद्वारा कुवेतको ईतिहासमा पहिलोपटक शुरुवात गरिएको नेपाली पत्रीका “मरुभूमिको कोशेली”को बिमोचन तथा कुवेतको मरुभुमिमा रहेर पनि आफ्नो कामको साथ-साथमा नेपाली समाजको हक-हितमा काम गर्दै आउनुभएका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।कुवेतमा स्थापना हुनलागेको नेपालीदुताबासका कर्मचारीहरु,बिभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेबी, कलाकार, खेलाडी, पत्रकार, साहित्यकार लगाएत कुवेतको मरुभमिमा पसिना बगाउन वाध्य धेरै नेपालीहरुका बिच मालिया स्थित एशिया-एशिया रेस्टुरेन्टमा आयोजित त्यस समारोहको प्रमुख आकर्षण नेपालकुवेत डटकम तथा मरुभुमिको कोसेलीका प्राबिधिक डिजाइनर सुशन गौतमले अत्यान्त्यै आर्कषक भिडियो ग्राफिक प्रविधीमा रोमान्चक ढंगको कला र ज्ञानको संयोजन गरी बनाएका डिजिटल पत्रीका बिमोचन ले सबैलाई चकित बनाएको थियो।

 
        कुवेतको मरुभुमिमा रहेरपनी नेपालीहरुको हक-हितका लागिपर्ने बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई नेपालकुवेत डटकम तथा मरुभुमिको कोसेली पत्रीका परिवारले गरेको सम्मान कार्यक्रमको सबै ब्यक्तित्वहरुले एक उदाहरणिय कार्यको थालनी गरेको भन्दै धेरै प्रसंशा गरेका थिए।महामहिम राजदुत  ज्युले पनि यसरी आफुले कुवेतमा रहेका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउदाँ धेरै खुशी लागेको कुरा ब्यक्त गर्नुभयो र यस्तो कार्यको खुलेर साथ सहयोग गर्ने बचन दिनु भयो भने सम्मानित ब्यक्तित्वहरु पनि निकै हर्षित हुनुहुन्थ्यो। महमहिम राज्दुत ज्युको हातबाट सम्मानित हुन पाउदाको खुशीलाई शब्दमा कसरी ब्यक्त गरौं सबै दंग हुनुहुन्थ्यो।
             अर्वाडद्धारा विभूषित हुनेहरुमा धर्मराज गिरीलाई “वर्ष २००९को उत्कृष्ट समाज सेवी” अवार्ड सम्मान गरिएको थियो। उहाँ एन.आर.एन.कुवेतका प्रथम उपाध्यक्ष हुन भने कुवेतको ईतिहासमा पुरानो खेलकुदसँग आवद्ध नेपालीहरुको संस्था सगरमाथा स्र्पोटिङ क्लबका समेत उपाध्यक्ष हुन । अवार्डद्वारा  विभुषित समाजसेवी गिरीले एनआरएनए कुवेतको प्रतिनिधित्व गर्दै संस्थाको अक्टोवर महिनामामा सम्पन्न चौथो विश्व सम्मेलनमा भाग लिएका थिए भने विशेष गरेर खेलकुदको क्षेत्रमा उनको लगाव र योगदान सर्वत्र प्रसंशनिय रहदै आएको छ।
     यसरी नै कलाकार सुश्री रत्ना वराललाई  “वर्ष २००९को उत्कृष्ट कलाकार “अवार्डद्वारा सम्मान गरिएको थियो। उहाँ कुवेतको नेपाली समुदाय बिच एक चर्चित गायीका बाट पारीचित हुनुहुन्छ। उनको सुरिलो स्वरले गाएका गित एवं भजनहरु रेडियो नेपालमा बज्ने गरेका छन । २०४७ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेकी बराल कुवैतमा गत वर्षको दिपावलीमा सम्पन्न अत्यान्त्यै सफल साँस्कृतिक कार्यक्रमको प्रमुख आर्कषणको केन्द्रमा थिईन । उक्त कार्यक्रम हुनमा उनको सोच र प्रस्ताबले निर्णायक आकार ग्रहण गरेको थियो भने सो कार्यक्रमको सफलतावाट उत्साहित कलाकार तथा आयोजकद्धारा नेपाल कुवैत साँस्कृतिक मञ्च नामक कलाकारहरुको संस्था गठन गरि संगठित समेत भएका थिए । मान्चले आफ्नो दोश्रो प्रस्तुती स्वरुप आगामी नेपाली नयाँ वर्ष २०६७ (अप्रिल ९ शुक्रबार २०१०)मा गर्न लागेको सांस्कृतिक कार्यक्रमको  रिर्हसलमा उत्रिसकेको छ ।
        यसरी नै आर.वी. बुढाथोकीको नामले चिनिएका पत्रकार राम बहादुर बुढाथोकीलाई “वर्ष २००९को उत्कृष्ट पत्रकार “अवार्डद्वारा सम्मान गरिएको थियो। उहाँ कुवेतवाट संचालित सवै भन्दा धेरै पाठक संख्या भएको वेब पत्रिका नेपालकुवेत डटकम का सम्पादक हुन भने यसैदिन बिमोचित मरुभूमिको कोसेलीका कार्यकारी सम्पादक समेत हुन । संयमित कलम भएका साहित्यका पारखी बुढाथोकीको पत्रकारितामा प्रवेश काठमाण्डौवाट प्रकाशित नयाँ विकल्प साप्ताहिकवाट भएको थियो भने हिमालय टाईम्स दैनिक हुदै हिमाल मिडियामा उहाँले समाचारदाता र बजार व्यवस्थापनमा करिब साढे चार वर्ष काम गरिसक्नु भएको व्यक्तित्व हो। प्रष्ट बिचार, खुल्ला दिल अनी सबै पाठक बर्गको मन मश्तिस्कसम्म पुग्न सक्ने उहाँको खुबी र मार्मिक लेख अनी रचनालाई सबैले सम्मान गर्नै पर्छ।
     कुवेत अनी ईराकका आफ्ना यात्राहरुमा थाकेका मन-मष्तिश्कबाट नेपाली साहित्य जगतमा लामो समय देखी केही नयाँ पन दिदै आउनुभएका समाजसेबी तथा साहित्यकार बाल कुमार गुरुङ(बालक गुरुङ)लाई “वर्ष २००९को उत्कृष्ट साहित्यकार “अवार्डद्वारा सम्मान गरिएको थियो। उहाँ नेपाली साहित्यको फाटमा एउटा गहकिलो नाम हो ।साहित्यकार तथा कवि गरुङका दुई वटा कृति प्रकाशित भईसकेका छन । केहि महिना पूर्वमात्र कुवेतमा विमोचन भएको उहाँको कविता संग्रह साथिलाई चिठठी एक चर्चित कबिता संग्रह भयो भने उहाँद्धारा लिखित उपन्यास प्रकाशोन्मुख अवस्थामा छ ।
      यसरी नै आफ्नो कुवेत बसाइ अनी यहाँको काम गराइबाट थकित आफ्नो थाकेका शरिरलाई स्फुर्त बनाउदै फुटबलखेलमा एक उदाहरणिय काम गरेका खेलाडी राजन खड्कालाई “वर्ष २००९को उत्कृष्ट खेलाडी “अवार्डद्वारा सम्मान गरिएको थियो। खड्का कुवेतमा हुने गरेको फुटवलको खेलप्रेमिहरु बिच एक चर्चित नाम हो । सन २००० बाट एम वि वमजन गोल्डकप हुदै कुवैत स्थित नेपाली समुदायमा संगठित खेलसंस्थामा आबद्ध खडकाले जहाँसुकै उत्कृष्ट खेल प्रदशन गर्दै आएका छन ।अपि्रुकन टुर्नामेन्ट होस या एशियन उनका प्रशंसकको कमी छैन।
    यसरी नै आफ्नो पट्यारलाग्दो बसाइका क्रममा बिज्ञान-प्रबिधीको क्षेत्रमा एक उदाहरणिय काम गरेका कम्प्युटर टेक्नोलोजी अनी ग्राफीक डिजाइनमा कुवेतका नेपाली बिच “कम्प्युटरका किरा” नामले पारीचित सुशन गौतमलाई “वर्ष २००९को उत्कृष्ट प्राबिधिक “अवार्डद्वारा सम्मान गरिएको थियो। पातलो शरीर अनी आफ्नो लामो डिउटीका करण थकित उहाँका मन-मस्तिश्क कहिले थाकेनन बरु आजको २१ औं शताब्दिका नयाँ-नयाँ टेक्नोलोजिलाई कसरी सबै सामु उतार्न सकिन्छ भनेर उहाँ सदैब लागिरहनु भएको छ। कहिले फेसबुक मार्फत कार्यक्रमको प्रतक्ष प्रसारण त कहिले नयाँ डिजाइनका लोगो अनी प्रोगामिङले नै आज नेपालकुवेतडटकम ले सफलता हासिल गर्न सहयोग पुर्याएको छ। बिमोचित मरुभुमिको कोसेलीको र नेपालकुवेतडटकम को प्राबिधिक डिजाइनर गौतम साच्चैं कती मेहनती थिए भने उक्त पत्रिका बिमोचन कार्यक्रमको डिजिटल प्रबिधी र त्यसमा सम्पादित द्रिश्यहरुले सबैलाई मन्त्रमुक्त गराएको थियो।
     यसरी आज कुवेत जस्तो ठाउमा रहेर आफ्नो कामका अलावा बचेका समलाई खेर नफाली नेपालीहरुकै बिच समाज परिवर्तन तिर लम्कन प्रेरित गर्ने सबै क्षेत्रका ब्यक्तित्वहरुलाई उहाहरुको कार्यकुशलता अनी सफलताको कामना सहित उहाँहरुको प्रसंशा सबैले गरेका थिए। हामी सबैको फेरी पनि उहाहरुको उतरोतर प्रगती अनी कार्यकुशलताको कामना सहित आगामी दिनहरुमा आ-आफ्नो ठाउँ अनी क्षेत्रबाट नेपाल र नेपालीहरुको मान-सम्मान र प्रतिष्टामा लागिरहन प्रेरित गारोस सबैमा शुभकामना!!!

हरी कृष्ण न्यौपाने(घायल)
कालिका-१ सिन्धुपाल्चोक
harineupane_3@yahoo.com
हाल – रिगाइ कुवेत (९९४९८६६१)

2 Responses

  1. जय जय नेपाल जय जय जनता
    अनि हाम्रा मरु भुमि मा रहेर ठुलो योगदान पुराउने कुना कुना मा रहेर
    पनि ठुलो ठुलो काम गर्ने प्यारा देस प्रेमी प्रेस जगत लाई मेरो मुरी मुरी को सुभ कामना
    कति खुसि को चिज अनि खुसि को कुरा सुन्न पाएयो
    एस मरु भुमि मा अर्का को नोकरी मा रहेर पनि
    आफ्नो देस अनि आफुले जाने का आफ्ना अन गिन्ती हरुलाई फेरी उही आफ्नै देस अनि जनता को लागि समय र साथ् दि रहेने ई हाम्रा पत्रकार साथी मित्र हरु लाई मेरो पनि मुरी मुरी को माया अनि धेरै धेरै बधाई छ
    आसा छ अझ यहाँ हरुको ठुलो योगदान निरन्तर रही रहोस
    यहाँ हरु को पैला अझ अगाडी रहोस हरेक समय मा
    शेर बहादुर कार्की रामेछाप भीरपानी ३ नेपाल
    हाल कुवैत फर्वानिया

  2. great and good job congra all of you…………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: