मरुभुमिको कोशेली : थैलो आयो, भाग भाग


 बिमल लामीछाने                             बिगत देखिको अनबरत प्रयास र सुरुबाती थालनीको लागी दम्भ्य साहासका साथ लागी पर्नेहरुको लागि सायद त्यो दिन खुसी को नै हुनुपर्ने हो। केहि सय मानिसहरुको बिचमा उभिएर आफ्ना फराकीला सोचहरुको स्थापित मान्यताहरुलाई कुबेत स्थित सामान्य घरेलु कामदार चेली लगायत मजदुर र मार्जिनल लेबरका आबाजहरुको समिश्रणलाई सम्पुर्ण प्रबासी नेपाली मात्रको हितमा प्रयोग हुने गरी चालिएका कदमहरुको बारेमा पक्कै पनि पर्दा पछाडि बाट जिब्रो टोक्नेहरुको कमी थियन होला । सानो कोठाबाट सुरु भएको थालनी आज कुबेतका घर घर सम्मका नेपालीहरु बिचमा रमाउन थालेको छ। सस्थाको परिचय नै आजका आम श्रमजिबी कामदारको लागी साहाराको त्यान्द्रो बनेर झून्डिएको छ। ति अबोध युबतीहरु देखि लाखौको सपना देख्नेहरुको ज्बलन्त दीप बनेर चम्किरहने छ यो परिलक्षीत परिभाषाको “मरुभुमीको कोशेली” । 

कुबेतमा राजनैतीक हिसाबमा मौलाएको नेपाली समाजको बारेमा सुनिने गरेका कुराहरुको बारेमा केहि बर्ग बिषेशमा जती कुराहरु हुन्छन सामान्य श्रमजिबी मजदुर नेपाली सम्म त्यो बहसले खासै मान्यता राखे जस्तो लागेन। बिगत देखी धैरै किसिमका सम्प्रभूताबादी सरचनाको निर्माण पछि लाग्ने गरेकाहरु स्थायित्ब र समग्र हित भन्दा पनि आफ्ना निहित स्बार्थ भन्दा माथी उठेको कहिल्यै देखीएन। बिभिन्न कालखण्डमा अग्राधि एजेन्डा सहित निर्माण भएका र गठन गरीएका गुट र उपगुटहरुको बास्बिकताको बारेमा खोजमुलक अध्यायन को जरुरी नै आजको आबश्यकता हुन सक्छ। हुनत बिदेशको ठाउमा बसेर नेपाली समाजको देन र उपदेनको लागी कम्मर कसेका हरेक प्रयासहरुको बारेमा कुनै बढाई चढाई गरिरहनु पर्दैन तर पनि आजको आबाज बनेर मजदुर र श्रमजीबीका आखामा रिझाउने छ ” मरुभुमीको कोशेली”

 बिमोचनका झाकीहरुको बारेमा उपस्थित हुन नसकेका सम्पुर्ण कुबेत स्थित मजदुर तथा प्रबास अनि नेपाल तिरै रहनेहरुका लागी पनि रोमान्चकताको थप अनुभुतीहरुले सुनेर ,देखेर नै प्रफुल्लीत नै बनाएको हुन सक्छ । दर्शक बनेर दिर्घामा रहनेहरु भन्दा अतीथी बनेर मन्च मै रमाउन खोज्नेहरुको ताती देख्दा बिमोचन कार्यक्रम भन्दा पनि साधुरिएको मन्चमा आफ्नै राग गाउनेहरु भेटिन्थे तर पनि रागको स्बाद लिने तरखरमा दर्शक नदेखिए पछि ब्यस्त दैनीकी बताउदै बाहिरिने हरु पनि देखीए तथापी शुभकामना ” मरुभिमीको कोसैली”

 बर्ष २००९ को लागी आयोजित बर्ष पुरस्कारको बिधाहरुको बारेमा दशकौ पछि कुबेत बाट गरिएको नया थालनीको बारेमा कुनै बर्णन गरिरहनु आबश्यकता छैन ,यो त केबल सुरुबात हो ,यसलाई फराकिलो मान्यताका साथ समग्र कुबेत बासी नेपालीहरुको सामुहिक मान्यताको आधारमा आगामी दिनहरुमा उचित कदमका साथ अघि बढनेछ ” मरुभुमीको कोशेली” बिमोचन पछि मन्चमा हुनेहरु अतिथीहरु बक्सीस र चन्दामा हान थाप गरिरहेको भए पनि दर्शक दिर्धा तिर भने थेलो आयो भाग भाग भनेर बाहिरिनेहरु डिम लाईटमा हलको ढोका तिर आफ्ना पदचापहरु लम्ब्याईरहेको देख्दा नेपाली मानसिकताको उपज हो या आर्थिक सन्तुलनको कमि मुल्याङकनको जिम्मा पाठक लाई नै दिदै शुभकामना “मरुभुमीको कोशेली” बिमल लामीछाने कुबेत:६६५२९७३७

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: