नेपाल प्रहरीका लागि भन्दै भारी मात्रामा हतियार राजधानीमा


काठमाडौं८ फागुन ।

      

सरकारले सशस्त्र र नेपाल प्रहरीका लागि भन्दै भारी मात्रामा हतियार राजधानी भित्राएको छ । नवलपरासीको बर्दघाटस्थित युक्ति महाविद्यालयबाट सशस्त्र प्रहरी प्रधान कार्यालयमा तालिमका लागि २ ट्रक हतियार ल्याइएको सरकारले स्वीकार गरेको हो ।


गृह मन्त्रालयमा शनिवार पत्रकार सम्मेलन गरी गृहमन्त्री भीम रावलले सरकारले अहिले पनि सशस्त्र र नेपाल प्रहरीको लागि आवश्यक हतियार खरिद गरिरहेको र गरिरहने बताउनु भयो । उहाँले बर्दघाटबाट आज ल्याइएको गाडीमा बिष्फोटक पदार्थ रहेको स्वीकार गर्नुभयो ।
शान्ति सम्झौताको उल्लंघन नहुने गरि सरकारी निर्णय अनुसार हतियार ल्याउँदा यसलाई छेकबार लाउन खोज्नु देशको शान्ति सुरक्षाको स्थितिलाई खलल पुर् याउने र संविधान र कानुनको बिरुद्ध हुने उहाँले तर्क गर्नुभयो । बिस्तृत शान्ति सम्झौता अनुसार नेपाली सेनाले मात्रै हतियार ल्याउन नपाउने उहाँले बताउनुभयो । माओवादी पोलिटव्युरो सदस्य जनार्दन शर्मा ुप्रभाकरुले हतियार भित्राउनु शान्ति विरोधी हर्कत भएकोले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो । नेता प्रभाकरले सरकारको यो कदमको प्रतिरोध गर्न जनता र कर्मचारी प्रशासनलाई आग्रहसमेत गर्नुभयो । युएनको गाडी समेत भित्र पस्न नपाएको र पत्रकारहरुसँग कुरा गर्न खोज्दा समेत लाठा चार्ज गर्न खोज्नु गम्भिर षड्यन्त्र भएको भनाई थियो ।
प्रहरीद्वारा प्रर्दशनकारी माथि लाठीचार्ज
काठमाडौं र धादिङको सीमा नागढुङ्गामा हतियार सहितका गाडी रोक्न प्रयास गर्ने माओवादी कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन बढि घाइते भएका छन् । प्रहरीको लाठि प्रहारबाट गम्भीर घाईते भएका माओवादी काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रका ईन्चार्ज करणको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भईरहेको छ ।
घाईते करणले आफूलाई समातेर गाडीमा समेत प्रहरीले कुटपिट गरेको पत्रकारहरुलाई बताउनु भयो ।
यसैगरी माओवादी नेता लेखराज भट्ट अग्नीप्रसाद सापकोटा ुकन्चनु वाईसियल अध्यक्ष गणेशमान पुन ुरश्मीु केन्द्रीय सदस्य दिलीप प्रजापति जीवन राई लगायत नेता कार्यकर्ताहरु पनि घाईते भएका छन् । सशस्त्र प्रहरीले भारतबाट हतियार ल्याएको भन्दै एकीकृत माओवादीका कार्यकर्ताले चितवनबाट पिछा गर्दै धादिङको नौबिसेमा गाडी रोकेका थिए । भारतको सुनौली नाका हुँदै विस्फोटक पदार्थलगायतका युद्ध सामाग्री बोकेका सशस्त्र प्रहरीका बा १ ग्ा १६७६ नम्बरको ट्रक र स्कर्टिङमा रहेका ना १ झ ७२९ र ७२५ गाडी वाईसिएलले नियन्त्रणमा लिएको थियो ।
रातभर नौबिसेमा रोकिएका गाडी सशस्त्र प्रहरीले विहान बलपूर्वक राजधानी भित्राउने प्रयास गरेपछि माओवादी कार्यकर्ताहरुले नागढुङ्गामा पुनः गाडी रोकेका थिए । नौबिसेदेखि थानकोटसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
गाडीहरु सिधै सशस्त्र प्रहरी बल मुख्यालय हलचोक प्रवेश गराइएको थियो । प्रहरीले अनमिनका प्रतिनिधिहरुलाई समेत सशस्त्र प्रहरी बल मुख्यालयमा प्रवेशमा रोक लगाएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: